ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

६५ कन्याको सामूहिक बेल विवाह

२४ माघ २०८०, बुधबार
२४ माघ २०८०, बुधबार

सुजिता श्रेष्ठ

बुटवल, २४ माघ ।

नेवा सेवा समितिको आयोजनामा यही माघ २० र २१ गते २ दिने ईहि र कयटा पुजा नेवारी समूदायको चलनचल्ती, रितिरिवाज र परम्पराको विधिवत सभ्य रुपमा सम्पन्न भएको छ ।

नेवारी मूल्य मान्यता अनुसार संस्कृति र परम्पराको जगेर्ना गरी नेवारी समूदायका कन्याहरुलाई रजस्वला हुनुभन्दा अघि वेल विवाह गरी कर्म चलाउने परम्परागत मान्यतालाई विधिवत सामूहिक रुपमा वेल विवाह भन्ने गरिएको हो । नेवाः बालिका रजश्वला हुनुभन्दा अगाडि इहि गराउने प्रचलन रहेको छ । “इ“भनेको नेपाल भाषामा समय र “हि“ भनेको रगत हो ।

रगत देखा पर्नु अगाडि गरिने नेवारी संस्कारको कार्य विधि इहि हो । इहि गर्ने क्रममा कन्याहरु दिनभरि ब्रत बसेर बेल लगायत कलश, बज्र, चक्र आदिको पूजा आजा गर्दछन् । इहि अर्थात बेल विवाहपछि नेवाः कन्याहरुलाई उनीहरुको विजोर वर्षमा बाह्र दिनसम्म बाह्र गुफाबास राखेपछि सूर्य दर्शन गराउने प्रचलन रहेको छ । नेवारी समूदायमा कन्याहरुको वेल विवाह र सूर्यदर्शन तथा बटुकहरुको कयटा अर्थात चुडाकर्म ब्रतबन्धलाई जिवन संस्कारका रुपमा लिइन्छ । शनिबार र आइतबार २ दिने सामूहिक वेलविवाहसँगै कयटा पूजा अर्थात वटुकहरुको व्रतबन्ध समेत गरिएको हो । सामूहिक वेलविवाहमा ६५ जना कन्याहरुलाई सहभागी गराई ईहि कार्यक्रम गरिएको र १५ जना बटुक हरुको व्रतबन्ध सम्पन्न गरिएको श्री नेवा सेवा समितिका सह सचिव तथा संयोजक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

बालक परिवारमा योग्य हुनका लागि वयस्क अवस्थामा पुगेर अनुशासन पालना गरी सन्तुष्ट जिवन यापनका लागि समाजमा असल नागरिक बन्न अनिवार्य शिक्षा दिक्षाको आवश्यकता पर्ने भएकाले नेवारी संस्कार अनुसार विधिवत रुपमा गरिने चुडाकर्मलाई नेवारी समूदायमा कयटा पूजा भनिन्छ । विभिन्न जिल्लाबाट आएर नेवारी समूदायका कन्याहरुलाई सामूहिक वेल विवाहमा सहभागी गराई साथ र सहयोग गर्ने कन्या र उनीहरुका अभिभावकलाई धन्यबाद ब्यक्त गर्दै श्री नेवा सेवा समितिका अध्यक्ष चिरन्जीवी श्रेष्ठले सम्मान व्यक्त गरे । उनले नेवारी संस्कृति निकै महत्वपूर्ण रहेकाले यसलाई सामूहिक पहिचानका रुपमा परिचित गराउने र समाजमा यस्ता कार्य गर्दा कन्या र बटुकहरुका अभिभावकहरुको कम खर्चमा सजिलै कर्म सिद्धि हने भएकाले सामूहिक वेलविवाहसँगै व्रतबन्ध आयोजना गरिएको बताए ।

इहिका लागि प्रतिकन्या ३ हजार ५०० रुपया दर्ता शुल्क लिईएको र कयटा पूजाका लागि प्रति बटुक १० हजार रुपैयाँ शुल्क लिईएको र सोही शुल्कमा खाना, फूल प्रसाद र पूजाका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन गरिएको आयोजक समितिले जानकारी दिएको छ ।

नेवारी समूदायका कन्याहरुको वेल विवाह गरिसकेपछि सूर्यदर्शन गराउने चलन छ । नेवारी कन्याहरुलाई अनिवार्य रुपमा यी दुई कर्म चलाउने नेवारी संस्कृति अनुसार परम्परा रहिआएको नेवा सेवा समितिका सचिव शारदा श्रेष्ठले बताइन् ।

कार्यक्रममा सहभागी सम्पूर्ण कन्या र बटुकहरुका अभिभावकलाई सामूहिक रुपमा सहभागी गराई बिधिवत रुपमा कार्यक्रमको समापन भएको श्री नेवा सेवा समितिका उपाध्यक्ष डिल्ली कुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?