ट्रेंडिंग:

>> किन गरिन्छ पितृहरुको लागि श्राद्ध कर्म ? >> एमाले बागमति अध्यक्षमा कैलाश र सचिवमा नवराज विजयी >> थानकोटबाट झर्दै गर्दा >> परीक्षामा कम नम्बर ल्याएको भन्दै निर्घात कुटपिट >> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी
प्रदेश खबर

चोरीएको मोटरसाईकल फिर्ता पाउदाँ खुसी

२२ श्रावण २०७५, मंगलवार ०१:४३
२२ श्रावण २०७५, मंगलवार ०१:४३

आफन्तले दुई महिना अघि नेपाल आउदाँ तौलिहवा बजारमा चोरी भएको मोटर साईकल फेला पर्ला भनेर भारतको उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बढनी थानामा कार्यरत भान्से प्रहरी शिव कुमार प्रजापतिले कल्पना समेत गरेका थिएनन । तर कपिलवस्तु प्रहरीले बरामद भएका चोरीका मोटरसाईकलको ईन्जिन र चेचिस नम्बर भारतिय प्रहरीलाई उपलब्ध गराएको थियो । प्रहरीले बरामद गरेको युपी ५५ पि ५२१२ नम्बरको स्पलेष्डर मोटरसाईकलको बिवरण पाए सगै प्रजापतिले आफनो मोटर साईकल कपिलवस्तु प्रहरीले बरामद गरेको जानकारी पाए । आफनो मोटरसाईकल फिर्ता पाउन मोटरसाईकलका आवश्यक काजगात बोकेर प्रजापति जिल्ला प्रहरी कपिलवस्तु आए । प्रहरीले सम्पुर्ण कागजात र मोटरसाईकलको ईन्जिन र चेचिस नम्बर मिलाउदाँ सबै बिवरण मेल खायो । यस पछि कपिलवस्तुका प्रहरी उपरिक्षक मनोज कुमार यादवले प्रजापतिलाई उनको मोटरसाईकलको चाबी हस्तान्तरण गरे । मोटरसाईकल फिर्ता पाएका भारतिय प्रहरीमा कार्यरत प्रजापतिले नेपालको कपिलवस्तु प्रहरीलाई धन्यबाद दिए । “दुई महिना अघि चोरी भएको मोटरसाईकल भेटिएला भनेर आशा मारेको थिए । तर मेरो मोटरसाईकल बरामद गरि हस्तान्तरण गरेकोमा नेपालको कपिलवस्तु प्रहरीलाई धन्यबाद दिन चाहन्छु । ” उनले भने ।
कपिलवस्तु प्रहरीले पछिल्लो एक महिनाको अबधीमा चोरीका १८ वटा सवारी साधन बरामद गरेको छ । बरामद भएकामा १६ थान मोटरसाईल र २ थान स्कुटी रहेका छन । प्रहरीले बिषेश सुचनाका आधारमा मोटरसाईल चोरीमा संलग्न गिरोहका ६ व्यक्तिलाई नियन्त्रणमा लिए सगै चोरीका उक्त परिमाणको मोटरसाईकल बरामद भएको हो । बरामद अधिकांस मोटरसाईकलमा नक्कली नम्बर प्लेट र भारतिय नम्बर प्लेट राखेको भेटिएको छ । प्रहरीले मोटरसाईकल चोरी गर्ने गिरोहका ६ व्यक्तिलाई चोरी मुद्दा चलाई आवश्यक अनुसन्धान अगाडी बढाएको प्रहरी नायब उपरिक्षक रवि रावलले बताए । उनले नम्बर नखुलेका र नम्बर फेरिएका नेपाली प्लेटका मोटरसाईकलको ईन्जिन र चेचिस नम्बर क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवललाई उपलब्ध गराई सम्बन्धित सवारी धनी पत्ता लगाउने कार्य अघि बढाईएको रावलले बताए । त्यसै गरि भारतिय प्लेटका बरामद मोटरसाईकलको ईन्जिन र चेचिस नम्बर भारतिय प्रहरीलाई उपलब्ध गराई सम्बन्धित सवारी धनिलाई आवश्यक कागजात सहित सम्पर्क गर्न जानकारी गराईएको उनले स्पष्ट पारे । पछिल्लो समय आफुहरुले मोटरसाईकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिई २ थान स्कुटी र १६ थान मोटरसाईकल बरामद गर्न सफल भएको कपिलवस्तुका प्रहरी उपरिक्षक मनोज कुमार यादवले जानकारी दिए । उनले नागरिकले अपराधका घटनाको सुचना प्रहरीलाई दिने कार्यले यस्ता अपराधलाई निरुत्साहित पार्ने प्रष्ट पारे । “प्रहरीलाई नागरिकले समयमै सुचना दिए यस्ता अपराधलाई निरुत्साहित गर्न सकिन्छ भन्ने बिषयमा हामी ढुक्क छौ । ” उपरिक्षक यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?