ट्रेंडिंग:

>> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री

‘विधिको शासनमाथि सरकारको मजाक’

२१ आश्विन २०८०, आईतवार
२१ आश्विन २०८०, आईतवार

रिगल भनिने गुण्डा नाईके योगराज ढकालको बाँकी कैद मिनाहा गर्ने नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले कानुनी शासनको धज्जी उडाएको भन्दै सरकारको उक्त निर्णयको चौतर्फी आलोचना भएको छ । मन्त्रिपरिषदले निर्णय गरि पठाएको फाईल राष्ट्रपतिले सदर गरेपछि रिगल रिहा भैसकेका छन् । सम्मानित राष्ट्रपतिले समेत कुन प्रकृतिको फाईल सदर गर्ने भन्ने निर्णय लिन नसक्दा राष्ट्रपतिमाथि पनि प्रश्न खडा भएको छ । नेपालगञ्जका चेतन मानन्धरलाई दिनदहाडै खुँडा प्रहार गरी रिगलले हत्या गरेको प्रमाणित भई सजाय भुक्तान गरिरहेको अवस्थामा सरकारले एकाएक मुद्दा फिर्ता लिने गलत निर्णयले कानुनको शासन अन्त्य हुने हो कि भन्ने भान भएको छ । गम्भीर प्रकृतिको मुद्दामा २० बर्ष सजाय भुक्तान गरिरहेका रिगललाई आठ बर्ष नहुँदै मुक्त गरिनुले अहिले पीडित परिवार झनै पीडामा छ । यो बिषयमा सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ । गंभीर प्रकृतका अपराजधन्य मुद्दा समेत फिर्ता लिने अभ्यासले मुलुक अराजकतातिर धकेलिएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । रिगलको रिहाईले सीमित व्यक्ति खुसी होलान तर विधिको शासन हरण भएको अनुभूति हुन थालेको छ । अदालतको फैसलालाई चुनौति दिने काम भएको छ । राष्ट्रिय दिवस तथा महत्वपूर्ण अवसरमा विदेशमा समेत कैदीको बाँकी कैद मिनाहा गर्ने परम्परा छ ।

नेपालमा पनि यो परम्परा बर्षौदेखि छ । तर कस्तो प्रकृतिको दोषीलाई रिहाई गर्ने वा बाँकी कैद मिनाहा गर्ने भन्ने कुरा महत्वपूर्ण बिषय हो । गंभीर प्रकृतिका हत्या र अपराधजन्य जस्ता मुद्दामा माफी मिनाहा नगर्ने अन्तर्राष्ट्रिय प्रचलन छ तर नेपाल सरकारले २० बर्ष कैद भुक्तान गरिरहेकालाई पनि माफी दिने जुन काम गरेको छ, त्यसले सरासर न्यायलाई मृत्युशैयामा पु¥याउने प्रयास भएको छ । उता जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई कैद माफी मिनाहा गरिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गंभीर चिन्ता प्रकट गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । संविधान दिवसको अवसरमा नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा चारको खण्ड (घ) एवम् मानव अधिकारको मूल्य मान्यताविपरीत हुने गरी कैद माफी मिनाहा गरेको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । रिगललाई माफी दिने कार्य मानव अधिकारको दृष्टिकोणबाट उपयुक्त नदेखिएको आयोगको ठहर छ । दण्डहीनतालाई प्रश्रय दिने यस प्रकारका कार्य हुन नदिन सरकारको प्रतिवद्धता देखिनु जरुरी छ ।

आयोगले नेपाल सरकारबाट विगत केही समय अघिदेखि अदालतबाट कसुर ठहर गरी सर्वस्वसहित जन्मकैद गरेका फौजदारी मुद्दामा सजाय माफी मिनाहा दिने कार्य निरन्तर भइरहेको प्रति चिन्ता समेत प्रकट गरेको छ । सरकारले रिगललाई रिहाई गरेर कानुनी शासनको उपहास गरेको छ । त्यस प्रकारको माफी मिनाहा कुनै न कुनै रूपमा राजनीतिक पहुँच भएका व्यक्तिले पाउने गरेको दृष्टान्तले मुलुकमा पहुँच भएकाहरूले जे गरेपनि हुन्छ भन्ने नजिर स्थापित हुने खतरा देखिएको छ । राजनीतिक पहुँचकै आधारमा माफी मिनाहा पाउने अवस्थाले मुलुकमा शान्ति र न्यायपूर्ण वातावरण सिर्जना हुन सक्दैन् । तसर्थ सरकारले रिगललाई रिहा गरेर पीडित परिवारलाई आहत दिएको मात्र छैन, दण्डहीनतालाई बढावा दिने काम समेत गरेको छ । पीडितका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा समेत परेकोले सम्मानित अदालतले यो गंभीर प्रकृतिको बिषयलाई नयाँ नजिर स्थापित गरि पीडित परिवारलाई न्याय दिने काम गरोस् । सत्ता, शक्ति र पहुँचका आधारमा जस्तोसुकै अपराध गरेपनि उन्मुक्ति पाउने गलत परम्पराको अन्त्य होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np