ट्रेंडिंग:

>> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी >> ‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य >> तिलोत्तमा–३ मा ७ दिने उदघोषण तालिम सकियो >> पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपियाँ घट्यो

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा योजनामा

३१ श्रावण २०८०, बुधबार
३१ श्रावण २०८०, बुधबार

बुटवल,३१ साउन । अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिक पनि आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेटिएका छन् ।

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ अनुसार अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार क्षेत्रका श्रमिक समेटिएका हुन् ।

समाजिक सुरक्षा कोषले एक समारोहबीच अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्ने कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवालीका अनुसार अधिकांश सुविधा औपचारिक क्षेत्रमा रहेका श्रमिकले जस्तै पाउनेछन् । अनौपचारिक क्षेत्र र स्वरोजगारमा संलग्न योगदानकर्ताका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन हुनेछ ।

अनौपचारिक क्षेत्रमा श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत र सरकारबाट ९।३० प्रतिशत रकम थपेर कोषमा २०।३७ प्रतिशत रकम जम्मा गरिनेछ । तर, सरकारले जम्मा गर्नुपर्ने रकमभन्दा कम जम्मा गरिने वा त्यस्तो रकम जम्मा नगरिदिने अवस्थामा आफैंले योगदान गर्ने गरी सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाइने कोषले जनाएको छ । जम्मा भएको रकममध्ये १०।३७ प्रतिशत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता र आश्रित परिवार सुरक्षा योजना र १० प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा हुनेछ ।

स्वरोजगारमा रहेका व्यक्तिले न्यूनतम आधारभूत पारिश्रमिक र यसको अधिकतम तीन गुणा ३१ प्रतिशत रकम योगदान गर्नुपर्नेछ । त्यस्तो रकममध्येबाट कोषले एक प्रतिशत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४० प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०.३३ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा हुनेछ ।

सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्न अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना भएको मितिअघिको १२ महिनामा कम्तीमा ९ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्नेछ । तर, वृद्ध अवस्था सुरक्षा योजनाको सुविधा प्राप्त गर्न भने योगदानकर्ता वैदेशिक रोजगारी वा विदेशको स्वरोजगार अन्त्य गरी नेपाल फर्किएको हुनुपर्नेछ ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत औषधोपचार तथा स्वास्थ्य सुरक्षा योजना र योगदानकर्ता वा योगदानकर्ताको पत्नीलाई मातृत्व सुरक्षा योजना सञ्चालन गरिनेछ । अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका योगदानकर्तालाई अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा औषधोपचार गर्दा लागेको खर्च स्वास्थ्य सुविधाबापत प्रदान गरिनेछ । त्यस्तो रकम सम्बन्धित अस्पताललाई सीधै भुक्तानी गरिनेछ । योगदानकर्ताको पत्नी तथा नवजात शिशुको उपचार खर्चसमेत स्वास्थ्य सुविधाबापत प्रदान गरिनेछ ।

अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्थाबाहेकका योगदानकर्तालाई चिकित्सकको प्रेस्क्रिप्सनबमोजिम वार्षिक २५ हजार रुपैयाँसम्म सुविधा दिइनेछ । महिला योगदानकर्ता वा पुरुष योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा शिशु स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम आधारतभूत पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ । यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ ।

सामाजिक सुरक्षा कोषका निर्देशक डा रोशन कोजुका अनुसार अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अनलाइन प्रणालीबाटै समावेश हुन सक्नेछन् । त्यसका लागि श्रमिकसँग डिजिटल फोटो, मोबाइल नम्बर, प्यान नम्बर, बुवा र हजुरबुवाको नाम, बैंक खाताको नाम, शाखा कार्यालय र बैंक खाता नम्बर अनिवार्य हुनुपर्नेछ । यस्तै अनौपचारिक क्षेत्रका लागि सम्बन्धित क्षेत्रमा कार्यरत रहेको स्थानीय तह वा वडाको सिफारिस, स्वरोजगारका लागि कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको प्रमाणपत्र र इच्छाएको व्यक्तिको नाम, जन्म मिति र मोवाइल अनिवार्य हुनुपर्नेछ ।

निर्देशक कोजुका अनुसार यति प्रमाण भएपछि श्रमिकले सामाजिक सुरक्षा कोषको वेवसाइटमा गएर अनौपचारिक क्षेत्र सूचीकरण र स्वरोजगार क्षेत्र सूचीकरण जुनमा आफु हो त्यसैमा गएर नयाँ दर्ता गर्नुपर्नेछ । त्यसपछि व्यक्तिगत फाराम भर्दै आफू कृषि, यातायात, निर्माण र घरेलु कुन क्षेत्रमा कार्यरत हो त्यो छान्नुपर्नेछ । त्यसपछि सामाजिक सुरक्षा कोषले अनलाइनमार्फत भरेको फाराम रुजू गरिसकेपछि सामाजिक सुरक्षा नम्बर श्रमिकको इमेल आइडीमा उलब्ध गराइनेछ । त्यसपछि स्वमय श्रमिकले अनलाइन प्रणालीबाटै आफ्नो पासपोर्ट रिसेट गर्नुपर्नेछ । त्यसपछि लग इन गरिसकेपछि कलेक्सन मेनुमा गएर कति महिनाका लागि योगदान गर्ने हो, बढीमा २४ महिनाका लागि एक पटक जम्मा गर्न पाइनेछ । जसमा मासिक ९३८५ भन्दा कम नहुनेगरी आधारभूत तलब उल्लेख गर्नुपर्नेछ र ९३८५ को तीन गुाणको ३१ प्रतिशत भन्दा बढी पनि जम्मा गर्न नपाइने निर्देशक कोजुले जानकारी गराए । त्यति गरिसकेपछि अनलाइनमा नै जम्मा गर्ने रकमको भौचर तयार हुनेछ । त्यो भौचरलाई विभिन्न अनलाइन पेमेन्टको प्रक्रियाजस्तै कनेक्ट आइपीएस, इसेवा, खल्ती, लगायतका माध्यमबाट रकम जम्मा गर्न सकिनेछ ।

अनौपचारिक तथा स्वरोगारका क्षेत्रका कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनका लागि पहल गर्ने संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसीसीका अध्यक्ष बिनोद श्रेष्ठले प्रतिवद्धता जनाएका छन् । उनले योगदानमा अधारित सामाजिक सुरक्षा योजनामा अझै पनि रोजगारदाताबाट उल्लेख्य मात्रामा नसमेटिएको भन्दै अदालतको आदेश लिएर यसलाई स्वेच्छिक बनाउन खोजिनु दुखद भएको बताए । अध्यक्ष श्रेष्ठले त्रिपक्षीय सम्झौताबाट नै योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका कानून तथा नीति नियम भनेको भन्दै यो स्वेच्कि हुन नहुने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने, आवद्ध भएर पनि रकम जम्मा नगर्नेलाई कानूनी कारवाही गर्नुपर्ने र कम्पनी दर्ता, नविकरण, कर चुक्ता, लगायतका कार्य कोषमा आवद्ध नभएको हकमा रोक लगाउनुपर्नेमा जोड दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले अनौपचारिक तथा स्वारोजगारका क्षेत्रका कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराएर सरकारले धेरै श्रमिकमाथी न्याय गरेको दाबी गरे । उनले सरकारी निकायमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउनका लागि नीतिगत निर्णय पहिले नै भइसकेको भए पनि कार्यान्वयन हुन नसकेको बताए । तर, त्यसको सुरुवात भने सामाजिक सुरक्षा कोषमा कार्यरत अस्थायी, ज्यालादारी तथा करारका कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराएर सुरु गरिसकेको बताए । यसलाई अब क्रमस सरकारका सबै निकायमा कार्यरत अस्थायी, ज्यालादारी र करारका कर्मचारीको हकमा पनि लागू गर्ने र त्यसका लागि प्रधानमन्त्रीसँग छलफल भइरहेको श्रममन्त्री भण्डारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?