ट्रेंडिंग:

>> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सरकारी जग्गा कब्जा गरि भौतिक संरचना

१४ श्रावण २०७५, सोमबार
१४ श्रावण २०७५, सोमबार

कपिलवस्तु नगरपालिका वडा नम्बर १२ बेलभरियामा नेपाल सरकारका नाममा रहेको करिब ५ बिगहा जग्गा दशकौ देखी व्यक्तिले कब्जा गरेको खुलासा भएको छ । साबिक सौरहा ३ बेलभरिया (हाल कपिलवस्तु नगरपालिका १२) का स्थानियले अतिक्रमित जग्गा खाली गराउनका लागी कपिलवस्तु नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा पुगेर सो बिषयको जानकारी गराए सगै जग्गा अतिक्रमणको खुलासा भएको हो ।
स्थानियको अगुवाईमा आएको टोलीले सोहि गाँउका ६० बढि हस्ताक्षर सहितको ज्ञापनपत्र सरोकारवाला नियमक निकायमा दिने तयारी गरेको खुल्न आएको छ । बेलभरियाको बन बयर उल्लेख गरिएको कित्ता नम्बर ८८७ र ९९६ को नेपाल सरकारको नाममा रहेको ५२ बिगहा प्रर्ति जग्गा मध्य ५ बिगहा बढि जग्गाको क्षेत्रफलमा स्थानिय हजरत अली गद्दिले अतिक्रमण गरेको स्थानियको आरोप छ । गद्दिले बिना स्विकृतीको पक्की भौतिक संरचना निर्माण गरेका छन । निज गद्दिले मुस्लिम समुदायले प्रयोग गर्दै आएको करवलाको संरक्षण गर्ने भन्दै २०६९ चैत्र २१ गते हजरत करवला संरक्षण समिती दर्ता गराई सो सरकारी जग्गाको संरक्षण गर्ने भन्दै स्थानियको सहयोग लिए पनि पछिल्लो समय त्यस क्षेत्रको जग्गा अतिक्रमण सगै बिना स्विकृती भौतिक पुर्वाधार निर्माण गरे सगै स्थानियले बिरोध जनाएका हुन ।
सो समितीको अध्यक्षमा गद्दी आफै छन भने समितीका ११ मध्य ९ जना गाँउ बाहिरका व्यक्ति रहेको स्थानियको आरोप छ । यस अघि सोही स्थानमा गाँउमा गठित नबि सार्वजनिक जग्गा व्यवस्थापन समितीको अगुवाई तथा रिम्स नेपाल र किड्स कपिलवस्तुको संयुक्त साझेदारीमा सो क्षेत्रको १३ हेक्टर जग्गामा बृहत बृक्षारोपण गरेको भए पनि अतिक्रमण गर्दै आजका गद्दीले ति बिरुवाहरु मासेर जग्गा अतिक्रमण गरेको व्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र सिंहले आरोप लगाए । सो समय संस्थाको साझेदारीमा सो क्षेत्रमा सिसौ सहगुन, अर्जुन, अमला, आप र लिचीका बिरुवाहरु लगाईएको जनाईएको छ । आफुहरुले बिरुवा मासेको बिषयमा २०७२ फागुनमा जिल्ला वन कार्यालयमा कारवाहीको लागी उजुरी दिए पनि जग्गा अतिक्रमण गरेका उनी माथी कारवाही नभएको अध्यक्ष सिंहले बताए । शुरुमा करवला (मुहर्रममा ताहजिया बिसर्जन गर्ने स्थान) संरक्षण गर्नका लागी गाँउलेको सहमतीमा करवला संरक्षण समिती गठन भएको भए पनि पछिल्लो समय निज गद्दीले बृक्षारोपण गरिएका बिरुवा मासि पक्की भौतिक संरचना निर्माण गरेको स्थानिय समिमुल्लाह डफालीले बताए । “शूरुमा करवलाको संरक्षण गर्ने र त्यहाँ व्यक्तिले दान दिएका रकमलाई मस्जिद र मदरसामा सहयोग गर्ने शर्तमा संरक्षण गर्न दिएका थियौ । तर अहिले भने अबैध रुपमा ५ बिगहा बढि जग्गा कब्जा गरेर पक्की भौतिक पुर्वाधार निर्माण गरे पछि बाध्य भएर सो बिषयको बिरोधमा उत्रिएका हौ ।” उनले भने । “जग्गा अतिक्रमण मात्रै नभई सरकारी जग्गा आफनै नाममा दर्ता गराउन समेत उनले चलखेल गरेको सुन्नमा आएको छ ।” डफालीले भने ।
एकातर्फ सरकारी जग्गाको अतिक्रमण अर्का तर्फ झारफुक गर्ने भन्दै गाँउबाहिरका व्यक्तिको अनावश्यक उपस्थितीले सबै गाँउलेले असुरक्षाको महसुस गरेको अर्का स्थानिय शल्लु डफालीले बताए । “पछिल्लो समय गाँउमा अनावश्यक व्यक्तिहरु रात बिरात आउने क्रममा बृद्धि भएको छ । सो बिषयले गाँउमा समेत शान्ति सुरक्षामा खलल पर्ने भन्दै सबैमा त्रासको बातावरण श्रृजना भएको छ ।” डफालीले भने । आफनो समुदायले पुर्खा देखी नै प्रयोग गर्दै आएको करवलाको जग्गा बाहेक अन्य अतिक्रमित जग्गा खालि गराउन आवश्यक रहेको उनले बताए । अतिक्रमण गरिएको भनिएको क्षेत्रमा टुडेकर्मी पुग्दा अतिक्रमणको आरोप लागेका गद्दिले कुनै पनि निकायको स्विकृती बिना १ सय बर्ग फिट बढिको पक्की घर र तिन स्थानमा छुट्टा छुट्टै अन्य कच्ची भौतिक संरचना खडा गरेको भेटिएको छ । त्यति मात्रै नभई उनले आफनै लगानीमा सो स्थानमा पुग्नका लागी सडकको समेत निर्माण गराएका छन । झारफुक र ईस्लामिक धर्म अनुरुपको पुजापाठ गर्ने भन्दै हरेक बिहिबार ठुलो संख्यामा मानिसहरुको जमघट हुने र महिलाहरु समेत झारफुकका लागी दिनरात बस्न थाले पछि स्थानियमा सुरक्षाको बिषयलाई लिएर चिन्ता र चासो बढेको अर्का स्थानिय असगरअली डफालीले बताए ।
नेपाल सरकारको नाममा भएको जग्गामा रहेको करवला संरक्षण गर्ने बहानामा जग्गा अतिक्रमण गरिएको बिषयमा प्रतिक्रिया लिदा अतिक्रमण गर्दै आएका हजरत अली गद्दिले गाँउलेकै स्विकृतीमा आफुले दशौ बर्ष अघि देखी सो स्थानमा करवला संरक्षण समितीका नाममा सो स्थानको संरक्षण गरेको बताए । स्विकृती बिनाको पक्की भौतिक संरचना निर्माणको बिषयमा बुझदा उनले सो भौतिक संरचना निर्माण गर्न कुनै पनि सरकारी निकायबाट स्विकृती नलिएको स्विकार गरेका छन । कपिलवस्तु नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ओम प्रकाश पाण्डेयले नेपाल सरकारको नाममा रहेको ५ बिगहा जग्गा व्यक्तिले कब्जा गरेको भन्ने बिषयमा त्यहिका स्थानियले लिखित र मौखिक उजुरी दिएको बताए । स्थानियले अतिक्रमण नहट्दा बिभिन्न बहाना स्थानियको सुरक्षामा नै प्रश्नचिन्ह उठेको गुनासो गरेकाले आफुले सो बिषय नगर प्रमुखलाई जानकारी गराई आवश्यक पहलका लागी अनुरोध गरेको जानकारी दिए । “पहिल्लो समय गाँउ र समुदायकै व्यक्तिले अतिक्रमण हटाउन पहल गरिदिन माग र अगुवाई गरेका छन । धेरै बर्ष अघिको अतिक्रमणलाई साम्प्रदायिक सदभावको बिषयका रुपमा लिएकै कारण अतिक्रमण हट्न सकेको थिएन ।” वडा अध्यक्ष पाण्डेयले भने । स्थानियबाट जग्गा अतिक्रमणको मौखिक सुचना आए पनि हाल सम्म लिखित सुचना नआएको नगर प्रमुख किरण सिंहले बताए । “नेपाल सरकारको नामको जग्गा अतिक्रमण रोक्ने जिम्मेबारी स्थानिय तहको हो । जग्गा अतिक्रमण गरिएको भेटिए आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउछौ ।” नगर प्रमुख सिंहले भने । सरकारका नाममा रहेको जग्गा कोही कसैले पनि अतिक्रमण वा कब्जा गर्ने कार्य कानुनको बर्खिलाप रहेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए । तत्कालै सो क्षेत्रमा गरिएको अतिक्रमण हटाउने बिषयमा नगरपालिकाले मागेको सहयोग अनुरुप आफुहरुले आवश्यक सुरक्षाको व्यवस्था मिलाउने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?