ट्रेंडिंग:

>> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी

निःशुल्क प्राविधिक शिक्षा पढ्दै छोरीहरु

२८ पुष २०७८, बुधबार
२८ पुष २०७८, बुधबार

तुलसीपुर उपमहानगरपालिका ६ की पुजा गुरुङ्गले महेन्द्र मावि तुलसीपुरबाट एसईई दिइन् । सानै उमेरमा बुबा गुमाएकी पुजालाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो । आर्थिक कारणले सोचेको कुरा पढ्न पाइदैन की भन्ने चिन्ता बढ्दै गइरहेको थियो । तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुलाई निशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएपछि मेरो प्राविधिक शिक्षा पढ्ने सपना पुरा भएको छ । कुशल खाद्य विज्ञ वन्ने सपना देखेकी पुजाले तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा फुड एण्ड डेरी पहिलो सेमेस्टरमा पढिरहेकी छिन् ।

तुलसीपुर ४ रक्षाचौरकी खुसी परियारको सानैदेखि कृषि विज्ञ वन्ने सपना थियो । उनको सपना पनि अहिले साकार भएको छ । “निशुल्क रुपमा आफुले चाहेको विषय पढ्न पाउँदा असाध्यै खुसी छुँ” उनले खुसी व्यक्त गरिन् । वालमितेरी मावि भोजपुरबाट एसईई दिएकी अरुणा चौधरीको मेकानिकल इन्जिनियरिङ्ग पढ्ने सपना पनि यतिवेला सार्थक भएको छ । “बाबा आमाले पढ्न सकिदैन भन्नु भएको थियो तर पूर्ण छात्रवृत्ति पाएपछि अहिले पढ्न सम्भव भएको छ” चौधरीले भनिन् । तुलसीपुर ३ की आइसा ढकालको इलेक्ट्रिकल इन्जिनियरिङ्ग पढ्ने सपना पनि सार्थक भएको छ । “३ वर्ष पढेर आत्मनिर्भर वन्न सकिन्छ भन्नेमा ढुक्क छुँ” ढकालले खुसी व्यक्त गरिन् । यी केही प्रतिनिधि खुसी मात्रै हुन् । दर्जनौ छोरीहरुले यतिवेला प्राविधिक विषयको अध्ययन गरिरहेका छन् । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रकारुपमा विकास गर्ने लक्ष्यका साथमा स्थानीय सरकारले शिक्षालयको स्थापना गरेको हो । शिक्षालयमा सामुदायिक विद्यालयबाट एसईई उत्तिर्ण गरेका पालिका भित्रका सबै छात्राहरुलाई निशुल्क अध्यापन गराउँने गरिएको शिक्षालयका प्रमुख वसन्त आचार्यले जानकारी दिए । आचार्यका अनुसार निशुल्क पढ्ने सबै छात्राहरुको शुल्क भने पालिकाले तिर्ने गरेको छ ।

उपमहानगरपालिकाले छात्रवृत्ति दिएर अहिले १ सय छात्राहरुले शिक्षालयमा विभिन्न प्राविधिक विषय अध्ययन गरिरहेको पनि आचार्यले वताए । “सामुदायिकमा पढ्ने जुनकुनै छात्राले अध्ययन गर्न चाहेपनि हामीले पूर्ण छात्रवृत्ति दिने गरेका छौँ” उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए । उनले छात्रवृत्ति दिन थालेपछि प्राविधिक शिक्षा पढ्ने छात्राहरुको संख्या उल्लेख्यरुपमा बढेर गएको पनि बताए । “हामीले छात्रवृत्ति दिनुभन्दा पहिले यहाँ प्राविधिक शिक्षा अध्ययन गर्ने छात्राको संख्या निकै न्युन थियो” प्रमुख भण्डारीले भने । उनले सामुदायिक विद्यालयमा अध्ययन गरेका छात्राहरुलाई निशुल्क प्राविधिक विषय अध्यापन गराउन थालेदेखि सामुदायिक विद्यालयमा छात्राहरुको संख्या बढेर गएको समेत वताए ।

नगरप्रमुख घनश्याम पाण्डेले छोरीहरुले प्राविधिक शिक्षा अध्ययन गरेमा अरुको मुख ताक्नुनपर्ने बताउछन् । नगरले छोरीहरुलाई स्मार्ट वनाउनका लागि शिक्षामा जोड दिएको पनि बताए । “छोरीहरुलाई आत्मनिर्भर वनाउनका लागि मुख्य गरेर सीपमुलक शिक्षामा ध्यान दिनुपर्नेछ” नगरप्रमुख पाण्डेले भने । उनले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि स्थानीय सरकारकै पहलमा शिक्षालयको स्थापना गरेको बताए । आजको जमानामा प्राविधिक शिक्षाले बेरोजगारीको समस्या अन्त गर्न सक्ने भन्दै नगरप्रमुख पाण्डेले विभिन्न संघसंस्थासँग सहकार्य गरेर छोटो अवधिको तालिम समेत सञ्चालनमा पालिकाले ध्यान दिएको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?