ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

अस्पतालकै भेन्टिलेटर प्रयोगविहिन

९ श्रावण २०८०, मंगलवार
९ श्रावण २०८०, मंगलवार

बर्दघाट, ९ साउन ।  विशेषज्ञ डाक्टरसहित दक्ष जनशक्तिको अभावमा आईसियु बेडसहित भेन्टिलेटर प्रयोग विहिन भएको छ । पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा रहेको ५ आइसियु बेड सहित २ वटा भेन्टिलेटर जनशक्ति अभावमा प्रयोगमा आउन सकेको छैन । हाल अस्पतालमा रहेको आइसियु र भेन्टिलेटर नियमित सँचालनको लागि कन्सल्टेन्ट डाक्टर, ५ जना फिजिसियन डाक्टर, १ जना एनेस्थेसियोलिष्ट, ५ जना मेडिकल अफिसर र कम्तीमा २५ जना नर्सिङ स्टाफ आवश्यक रहने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नुरुल होदाले बताए ।

सङ्घीय सरकारबाट आर्थिक बर्ष ०७८/०७९ मा कोरोना महामारीका समयमा देशभरका जिल्ला अस्पतालहरूलाई आइसियु सहितको भेन्टिलेटरका लागि बजेट बिनियोजन गरिएको थियो । सोहि बेला अस्पतालमा आएका सामाग्रीहरु हालसम्म प्रयोगमा आउन सकेका छैनन ।

कोरोना महामारीका बेलाबाट ई–टेन्डर मार्फत खरिद गरिएको करोडौँ मूल्यका उक्त उपकरण यतिकै थन्किएका छन् जनशक्ति अभावमा यहाँको जिल्ला अस्पतालमा ती उपकरणहरू थन्किएर बसेका हुन । “सरकार मार्फत उपकरण त आयो तर यसलाई सञ्चालन गर्न हामीसँग जनशक्ति नै छैन” — अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर होदाले भने ।

आइसियुमा रहेका बिरामीलाई कृत्रिम श्वासप्रस्वासका लागि भेन्टिलेटर राखिएपनी प्रयोग हुन नसक्दा गम्भीर प्रकृतिका बिरामीहरूलाई बुटवल, भैरहवा र नारायणगढ लैजानुपर्ने बाध्यता रहेको छ ।

सञ्चालनका लागि पहल गरिएपनी सुनुवाई नभएको र भएका उपकरणहरू प्रयोग विहीन बन्दा समयमै उपचार नपाएर बिरामीको ज्यानै जान सक्ने जोखिम उतिकै बढ्दो छ । यता अत्यधिक गर्मीसँगै जिल्लामा सर्पदंसको जोखिम पनि उस्तै छ । आइसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने बिरामीलाई समेत उपकरण हुँदा हुँदै अन्यत्र रिफर गर्नु पर्ने अवस्था रहेको छ । जिल्लामै हुने उपचार सेवाबाट यतिबेला आम नागरिक वञ्चित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?