ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी

बजेटको पूर्ण सदुपयोग हुने गरि काम गर्न स्वास्थ्यमन्त्री खनालको निर्देशन

गतआर्थिक वर्षमा प्रगती ६२.६३ प्रतिशत
८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

दाङ, ८ साउन ।  लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आबश्यक निर्देशिका/कार्यविधि साउन महिनाभित्रै बनाइसक्न महाशाखा प्रमुखहरुलाई निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालयको गत आर्थिक वर्ष २०७९/८० को प्रगती समिक्षा तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना माथिको छलफल कार्यक्रम सम्बोधन गर्दै स्वास्थ्यमन्त्री खनालले कार्यविधि नभएको वा अन्य कुनै बाहनामा बजेट कार्यान्वयनमा ढिलाई नगर्न निर्देशनसमेत दिए ।

चालु आर्थिक वर्ष कार्यान्वयन हुने गरि स्वास्थ्यमा नयाँ कार्यक्रम आएको भन्दै उनले यसको कार्यान्वयनका लागि आबश्यक निर्देशिका यो महिना भित्र बनाएर भदौदेखी कार्यान्वयनमा जान निर्देशन दिएका हुन् । स्वास्थ्यमन्त्री खनालले मन्त्रालय मातहतका अस्पतालमा प्रदान गरिएका उपकरणहरु सम्बन्धित अस्पतालमा प्रयोग भएनभएको समेत अनुगमन गर्न निर्देशन दिए । छलफलकै क्रममा मन्त्रालयबाट खरिद गरि अस्पतालहरुमा दिईएको सामग्री प्रयोगमा नआएको विषय उठेपछि उनले सुझाव दिए ।

विनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य गर्न खर्च नहुनुको कारण पत्ता लगाई भएका समस्या समाधान गरेर समयमै बजेट खर्च भई उपलब्धी हाँसिल गर्नतर्फ लाग्न कर्मचारीहरुलाई आग्रह गरे । स्वास्थ्यमन्त्री खनालले डेँगी लगायत मौसमजन्य रोग फैलन सक्ने भन्दै त्यसका लागि तयारी अबस्थामा रहन निर्देशनालय तथा आपूर्ति व्यवस्थापन महाशाखालाई आग्रह गरे । कार्यक्रममा स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले बढि प्रतिफल आउने गरि एकआपसमा समन्वय गरेर काम गर्न महाशाखाहरुका प्रमुखहरुलाई सुझाव दिए । उनले बजेट कार्यान्वय नहुने स्थानीय निकायलाई जिम्मेवार गराउने गरि अनुगमनको पाटोलाई पनि ख्याल गर्न आग्रह गरे ।

स्वास्थ्य निर्देशक डा. विनोद गिरीले बजेट कार्यान्वयनको तयारीका सबै काम छिटै सकेर ठोस उपलब्धी आउने गरि योजना कार्यान्वयनलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । समिक्षा कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तरगत विभिन्न शाखा महाशाखाले गतआर्थिक वर्षमा गरेका कार्यहरुको प्रगति विवरण पेश गरेका थिए । गत आर्थिक वर्षमा मन्त्रालय स्थानान्तरण, कर्मचारी अभाव, भवन निर्माणको जिम्मा लिएका निकायले समयमै काम नगर्नु लगायतका कारण मन्त्रालयले लक्ष्य अनुसारको काम गर्न नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयको समग्र प्रगती ६२.६३ प्रतिशत रहेको मन्त्रालयले प्रस्तुत गरेको प्रगति विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?