ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

रुपन्देहीका ग्लोरियस,सनसाइन,स्वर्णिम सगरमाथा र सुर्यपुरा सहित १७५ कलेजले गरेनन् नवीकरण, खारेज हुनसक्ने चेतावनी

मर्ज हुन चाहने क्याम्पसहरूले असार मसान्तभित्र निवेदन पेस गर्न सक्ने
२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

बुटवल,२९ असार । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त कलेज र क्याम्पसहरूलाई पटकपटक सम्बन्धन नवीकरण गर्न ताकेता गरे पनि नवीकरण नगरेपछि एक सय ७५ कलेज र क्याम्पसको नामावली सार्वजनिक गरेको छ। जसमा रुपन्देहीको बुटवलको ग्लोरियस क्लेज,भैरहवाको सनसाइन कलेज, देवदहको स्वर्णिम सगरमाथा र सुर्यपुराको सुर्यपुरा वहुमुखी क्याम्पस सहित अन्य १७१ रहेका छन् ।

त्रिविले बुधबार नवीकरण नगर्ने उक्त क्याम्पसहरूको नाम सार्वजनिक गरेको हो। सार्वजनिक गरेको सूचीअनुसार ५३ कलेज तथा क्याम्पस काठमाडौं उपत्यकामा सञ्चालित छन् भने अन्य क्याम्पसहरू उपत्यकाबाहिर जिल्लाका रहेका छन्।

उपत्यकाभित्र सञ्चालन भएका तर नवीकरण नगरेका आदर्श कन्य क्याम्पस,अनमोल राष्ट्रिय कलेज,आशीर्वाद कलेज,बागमती कलेज,बासु कलेज,भानुभक्त मेमोरियल कलेज,बौद्ध मल्टिपल क्याम्पस छन्।

यस्तै,ब्राइट भिजन इन्टरनेश्नल कलेज,क्यानोपी कलेज,क्यानभास इन्टरनेश्नल कलेज,क्यापिटल कलेज,छिन्नामस्त कलेज,गिताञ्जली कलेज,गोल्डेन स्राइन कलेज,ग्रामर कलेज,हिरालाल क्याम्पसले पनि नविकरण गरेको छैन।

जनमैत्री क्याम्पस,कान्तिपुर कलेज,काठमाडौं क्याम्पस,काठमाडौं उत्कृष्ट क्याम्पस,ललितपुर नर्सिङ क्याम्पस लगायत छन्। यी कलेजहरूलाई यसअघि नै त्रिविले सार्वजनिक सूचना जारी गरी नवीकरण गर्नु भनेको थियो। तर, क्याम्पसहरू भने अटेर गरिरहे।

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, योजना निर्देशनालयको सूचनामा त्रिविबाट सम्बन्धन प्राप्त तर सम्बन्धन नवीकरण नगरेका क्याम्पस र कलेजहरूको सूची मिति २०८० असार २७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी हाल सञ्चालनमा रहेका क्याम्पस र कलेजहरूलाई गोरखापत्र मार्फत पटक पटक सम्बन्धन नवीकरण गर्नका लागि सूचित गरी नवीकरण नगरे किन सम्बन्धन खारेज नगर्ने भन्ने सूचना सम्प्रेषण गर्दा पनि सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरूको सूची त्रिविको वेबसाइटमा प्रकाशित गरिएको भनिएको छ ।

त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका उक्त क्याम्पसहरूलाई त्रिवि नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने त्रिविले जनाएको छ। तर,त्रिविले नविकरणको लागि समय भने दिएको छ। पुनश्चः यदि कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ,’सूचनामा उल्लेख छ।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देशक प्राडा ध्रूवकुमार गौतमले तोकिएको समयमा नविकरण नगर्ने क्याम्पसहरू स्वात खारेज गर्ने जानकारी दिए।

उनका अनुसार नवीकरण गर्नको लागि केही समय दिइएको छ। उक्त समयमा पनि नविकरण नगरे क्याम्पस खारेज गरिने छ। पछिल्लो समय त्रिविले सम्बन्धन प्राप्त कलेजहरूलाई कडाइ र कम विद्यार्थी भएका कलेज व्यवस्थापनमा लागेको छ।

त्रिविले सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पसहरू पूर्ण रूपले आपसमा समायोजन मर्ज गर्ने योजना पहिलो पटक कार्यान्वयन ल्याउँदै छ। त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले मर्ज हुन चाहने त्यस्ता क्याम्पसहरूले असार मसान्तभित्र निवेदन पेस गर्न सक्ने व्यवस्था गरेको छ।

गत जेठ ३० गते प्रकाशित सूचनाअनुसार आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई ०८० असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न सकिनेछ। समायोजन बापत कुनै शुल्क नलाग्ने त्रिविले जनाएको छ।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देशक प्राडा गौतमका अनुसार पहिलो पटक सम्बन्धन प्राप्त क्याम्पसहरूलाई त्रिविले मर्ज गराउने तयारी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?