ट्रेंडिंग:

>> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने

शंकर सरकार नढल्दै नयाँ मन्त्री बन्ने दौड

१४ श्रावण २०७८, बिहीबार
१४ श्रावण २०७८, बिहीबार

लुम्बिनी प्रदेश सरकार परिवर्तन गर्ने चर्चासंगै मन्त्री बन्ने पात्रको चर्चा हुन थालेको छ । शंकर पोख्रेल नेतृत्वको सरकार अल्पमतमा परेको भन्दै विपक्षी गठवन्धन राजिनामा माग गर्दै आएका छन् ।

प्रदेश सभावाट विश्वासको मत लिन नसकेको खण्डमा पोख्रेल नेतृत्वको सरकार परिवर्तन हुनेछ । आर्थिक मामिला तथा योजना मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले उपयुक्त समयमा सभाबाट विश्वासको मत लिने बताई सकेका छन् ।

अहिले प्रदेश सभामा सत्तारुढ दल नेकपा (एमाले) को ३८ जना प्रदेश सभा सदस्य रहेका छन । लुम्विनी प्रदेशमा जनता समाजवादी पार्टी नेपालका ६ जना सदस्य मध्ये ३ जनाले सरकारको समर्थन गरेका छन । बाँकी तिन जना सदस्य संयुक्त गठवन्धनमा छन । उपेन्द्र यादव नेतृत्वको जसपाले वैधानिकता पाएपछि महन्थ ठाकुर समूहका अहिले मन्त्री रहेका तिन जना सदस्यको पद धरापमा परेको छ । उक्त पार्टीले उनिहरुलाई कारवाहीको प्रकृया समेत अघि बढाई सकेको जनाएको छ ।

नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का १९ (सभामुख सहित), राष्ट्यि जनमोर्चाका १ गरी जम्मा ८३ सदस्य प्रदेशसभामा सदस्य रहेका छन । मुख्यमन्त्रीले विश्वासको मत लिन वहुमत सदस्य चाहिन्छ । विपक्षी गठवन्धनमा सभामुख वाहेक ४१ जना सांसद रहेका छन । मुख्यमन्त्रीको पक्षमा जसपाका ३ सहित ४१ जना सांसद रहेका छन । वरावरको अवस्थामा सांसदलाई प्रलोभनमा पार्न दुवै पक्ष लागि परेको देखिन्छ । सांसदहरु तानतानबाट लुम्बिनी प्रदेश अछुतो रहन सकेन ।

प्रदेश सरकारले विश्वासको मत पनि नलिने र अध्यादेशवाट वजेट ल्याउने कार्यले मुख्यमन्त्री अल्पमतमा परेको स्पष्ट भएको विपक्षी गठवन्धनका नेताहरुले दावी गरेका छन । ‘विश्वासको मत लिन नचाहनु, अध्यादेशबाट वजेट ल्याउनुको कारण के हो ?’ नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तिमगर भन्छन– हामीले भन्नै पर्देन, उहाँहरु अल्पमतमा हुनुहुन्छ ।‘

शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकार विश्वासको मत ल्याउन असफल भएमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसीले सरकारको नेतृत्व गर्नेछन । विपक्षी गठवन्धनले एकमतका साथ पुर्व मन्त्री समेत रहेका केसीलाई अगाडी बढेको छ । उनको नेतृत्वमा को को मन्त्री वन्ने भन्ने चर्चा अहिले चल्न शुरु भएको हो । यद्यपी उनी प्रदेश सभाको पूरा समय मुख्यमन्त्री हुने छैनन् । अहिले कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाएर सरकार निर्माण गरेपनि आधा समय बितेपछि काग्रेसका विरेन्द्रकुमार कनौडियाले मुख्यमन्त्री बन्ने दुई दलबीच सम्झौता भएको नेताहरु बताउँछन्

गठवन्धनमा आवद्ध दलहरु विच मन्त्रालयको वाँडफाँड नभएपनि मन्त्री बन्न चाहना राख्नेहरुले आफ्नो दल र दलका केन्द्रिय नेतृत्व समक्ष लविङ्ग शुरु गरेका छन । नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने भएकाले माओवादीका सांसदहरुले बढि मन्त्रालय दावी गर्ने मनीस्थतीमा छैन । स्रोेतका अनुसार माओवादी केन्द्रमा मन्त्री वन्ने आकंक्षीहरुको संख्या भने कम छैन । मन्त्री बन्ने आंकाक्षीमा तुलाराम घर्ति, सुदर्शन वराल, इन्द्रजित थारु, कृष्णा केसी, दामा कुमारी शर्मा, तेजबहादुर वली, दिपेश चौधरी लगायत रहेका छन । नेकपाबाट चुनाव लडेर निर्वाचित विमला कुमारी खत्री पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेकी छन । उनलाई मन्त्री वनाउनु पर्छ भन्ने चर्चा माओवादी केन्द्रमा चलेको छ ।

तर सचेतक घर्ति मगरले आफ्नो संसदीय दलमा पात्रको विषयमा कुनै चर्चा नभएको दावी गरे । ‘हाम्रा सवै सांसदहरु मन्त्रीको लागि योग्य हुनुहुन्छ सवै उम्मेदवार, आकाक्षी पनि हुनुहुन्छ ।’ उनले भने– गठवन्धनमा समेत मन्त्री र मन्त्रालयको छलफल नै भएको छैन, पात्र को हो भन्ने कुरा प्राथमिकता होईन । माननीय कुल प्रसाद केसीको नेतृत्वमा सरकार बन्छ ।‘

लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले सांसद भएपछि मन्त्रीको चर्चा चल्नु स्वभाविक भएपनि अहिले औपचारिक रुपमा मन्त्रालय वाँडफाँड र पात्रको विषयमा कुनै छलफल नभएको बताए । उनले भने – मुख्य कुरा वर्तमान सरकार विस्थापनको कुरा हो हाम्रो दलमा त्यस्तो कुनै छलफल भएको छैन , आकाक्षा त १९ जना सांसदको नै छ नी ।

नेपाली कांग्रेसका विरेन्द्रकुमार कनौडिया, बीरबहादुर राना, डिल्लीबहादुर चौधरी, अष्टभुजा पाठक, निर्मला क्षेत्री, फकरुद्धिन खान, बैजनाथ कलवार, रमा अर्याल लगायतका प्रदेश सभा सदस्यहरु आंकाक्षी देखिएको स्रोतको भनाई छ ।

जसपाका सहसराम यादव, पुर्मती ढेगा, सुमन शर्मा रायमाझी मध्ये आकाक्षा सबैको भएपनि प्राथमिकता महिलालाई दिने सम्भावना देखिएको छ । यो प्रदेशमा राष्ट्यि जनमोर्चा सरकारमा सामेल भए तारा जिसी निर्विकल्प मन्त्री वन्नेछिन । लुम्बिनी प्रदेशमा ११ वटा सम्म मन्त्रालय बनाउन सकिन्छ । चार दलको संयुक्त गठवन्धनमा दलिय प्रतिनिधित्वको आधारमा मन्त्रालयको वाँडफाँड गर्ने अनौपचारिक सहमती भएको नेताहरु बताउँछन् ।

जो जति दौडमा भएपनि नेपाली काग्रेसका मन्त्रीहरु रुपन्देहीका गृहमन्त्री बालकृष्ण खाँडले, माओवादी केन्द्रको मन्त्रीहरु रोल्पाका बर्षमान पुनले र जसपाका मन्त्रीहरु उपेन्द्र यादवले खल्तीबाट पठाउनेछन् । मन्त्री पदका लागि प्रदेश सभा सदस्यहरु प्रदेशमा मात्र होइन केन्द्रमा समेत पहुँच पुर्याउन लविङ शुरु गरेका छन् । मन्त्री बन्ने आंकाक्षीहरु धेरै देखिएको हुँदा मन्त्रीमण्डल गठनपछि उक्त गठबन्धनमा असुन्तीको चाङ बढेर जाने देखिएको छ ।

हालै सरकारबाट प्रदेश प्रमुखमा नियुक्त अमिक सेरचनले पदभार ग्रहण गरेपछि सरकार परिवर्तनलाई जोडतोडले उठान गर्ने तयारी गठवन्धन दलका नेताहरु गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?