ट्रेंडिंग:

>> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश

तिलोत्तमामा २ सय ५० बस अट्ने प्रादेशिक बसपार्क

२५ जेष्ठ २०७८, मंगलवार
२५ जेष्ठ २०७८, मंगलवार

संघीय सरकार र प्रदेश सरकारको सह–लगानीमा रुपन्देहीको तिलोत्तममा बस टर्मिनल निर्माण हुने पक्कापक्की भएको छ । प्रादेशिक बस टर्मिनलको लागि संघीय सरकारले बजेट सुनिश्चित गरेपछि निर्माण हुने पक्का भएको हो ।

नगरपालिकाकाको वडा नं. १३ र १४ टिकुलगढमा निर्माण हुने प्रादेशिक बस टर्मिनलको टेण्डर प्रक्रियाको लागि संघीय सरकारले १ करोड ६६ लाख बजेट छुट्टाएको छ ।

अत्याधुनिक सुविधासहितको बन्ने बस टर्मिनलका लागि आन्तरिक स्रोतले मात्रै नपुग्ने भएकाले संघीय र प्रदेश सरकारको सह–लगानीमा निर्माण प्रस्ताव गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

प्रदेशस्तरीय बसपार्कको लागि नगरपालिकाले प्रस्ताव गरेअनुरूप संघीय सरकारले ७० प्रतिशत र लुम्बिनी प्रदेश सरकारले ३० प्रतिशत लगानी साझेदारी रहनेछ ।

नयाँ बजेटमा संघीय सरकारको अर्थ मन्त्रालयबाट विनियोजन भएको बजेट लुम्बिनी प्रदेश सरकारको प्रदेश सहरी विकास कार्यालयमा आएको नगरप्रमुख घिमिरेले बताए ।

१८ विगाहा क्षेत्रफलमा टर्मिनलस्थल
तिनाउ नदिले उकास बनाएको १८ विगाहा क्षेत्रमा बस टर्मिनल निर्माण गर्न लागिएको हो । बस टर्मिनलस्थल गौतमबुद्ध विमानस्थल, बुद्धजन्मस्थल लुम्बिनी, बुटवल, भैरहवालगायत रूपन्देहीका धेरैजसो पालिकालाईसमेत पहुँच पुग्ने स्थानमा रहेको नगरपालिकाले दाबी छ ।

निर्माण हुन लागेको बस टर्मिनल निर्माणस्थल बेलहीया बुटवल ६ लेन सडकको पत्थरडाँडाबाट ६ किलोमिटर पश्चिम दक्षिणमा पर्छ भने गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थलदेखि पनि ६ किलोमिटर उत्तरमा रहेको छ ।

बस टर्मिनल निर्माण सम्पन्न गर्न १ अर्बभन्दा धेरै लाग्ने भए पनि बहुवर्षे कार्यक्रम अन्तर्गत हरेकवर्ष संघ र प्रदेश सरकारले बजेट छुट्टाउने भएकोले बस टर्मिनलको लागि रकम अभाव नहुने घिमिरेको भनाई छ ।

यसअघि नगरपालिकाले चालु आर्थिक वर्षमा नै एक करोड रुपैयाँ विनियोजन गरि जग्गा तारबारको काम शुरु गरिसकेको छ ।

बस टर्मिनलमा के के रहन्छन त ?
सुविधासम्पन्न, प्रविधियुक्त र स्तरीय सेवासहितको बस टर्मिनलमा पेट्रोलपम्प, आवास गृह तथा होटल, रेष्टुरेन्ट, इलेक्ट्रिक चार्जिङ स्टेसन, लामो र छोटो दूरीका सवारीसाधनको लागि अलग्गै पार्किङ क्षेत्र, सुरक्षा चौकी रहनेगरी डिजाइन तयार गरिएको छ ।
त्यसैगरी बस टर्मिनलभित्र यात्रु तथा सवारी साधनका चालकलाई छोटो समय आराम गर्न मिल्ने गरी प्रतिक्षा कक्ष तथा आराम कक्ष, सुरक्षा पोष्ट, स्वास्थ्य चौकीसमेत रहने छन् ।

काठमाण्डौंको डेकोर स्टुडियोले तयार पारेको आर्किटेक्ट डिजाइन अनुसार बस टर्मिनलमा डिजिटल प्रविधिसहितको टिकट काउन्टर, गाडीको रुट र समय चार्ट राखिने छ ।

त्यस्तै किनमेल सुविधाका लागि एक हजार वर्गमिटर क्षेत्रफलमा विभित्र थरिका ३० वटा पसल समेत बस टर्मिनलभित्रै निर्माण हुनेछन् ।

२ सय ५० बस पार्क गर्न मिल्ने
बस टर्मिनलमा एकैपटकमा १० वटा गाडी मर्मत सम्भार गर्न मिल्नेगरि वर्कसप, एकैपटकमा २ सय ५० वटा बस लामो समय पार्क गर्न मिल्ने पार्किङ क्षेत्र तथा ३० वटा बसले यात्रु सेवा प्रवाह गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np