ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

तरकारीको बोटमा ‘लाखका नोट’

१५ जेष्ठ २०७८, शनिबार
१५ जेष्ठ २०७८, शनिबार

खेतमा लटरम्म तरकारी फलाएका लोकेन्द्र रानालाई हिजोआज कमै फुर्सद छ । कोरोना महामारीको समयमा तरकारी बालीको गोडमेल गर्ने, तयार भएका तरकारी टिप्ने र बिक्री गर्ने कामले उनलाई फुर्सद नमिलेको हो ।

उनको खेतमा तोराय, काक्रा, फर्सी, घिरौला फलिरहेको देख्न सकिन्छ ।

भरत थापा पनि खेतमा लगाएको तरकारी खेतीमै ब्यस्त छन् । उनले पनि खेतमा तयार भएको करेला, फर्सी, टमाटर गाउँबाटै बिक्री गरिरहेका छन् । तरकारी फलेको देख्दा मन नै खुसी हुन्छ भरतले भने, ‘हामी किसानका लागी तरकारी फल्नु नै सबैभन्दा ठूलो कुरा हुँदो रहेछ ।’

तरकारी फल्नु नै हाम्रो मिहिनेत देखिनु हो उनले, ‘थपे आखिर तरकारी बेचेपछि त बल्ल हातमा पैसा आउने हो ।’

लोकेन्द्र र भरत मात्र होइन पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. २ बोटे गाउँका किसानहरु अहिले तरकारी खेतीमै व्यवस्त छन् । तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि उनिहरु तकारी खेतीतर्फ लागेका हुन् । कुलोबाट खेतमा ल्याएको सिस्ने खोलाको पानीले हिउँद बर्षा सिंचाई सुबिधा र उत्पादित तरकारीको बजारमा समस्या नभएपछि किसानको लगन खेरा जाने गरेको छैन् ।

उक्त गाउँका किसानहरु पैसाका लागि गाउँ छाड्नेहरुका लागि उदाहरण बनेका छन् । गाउँका अधिकांश किसानले बारीमा तरकारी फलाएका छन् । त्यही तरकारीको आम्दानीबाट घर व्यवहार चलाउने मात्रै होइन भैपरी आउदाका लागि राम्रो बचत पनि गर्ने गरेका छन् । हामीका लागी खेत नै बिदेश हो, यहिबाट पैसा फलिरहेको छ किसानको भनाई छ ।

गाउँमा उत्पादन भएको तरकारीका लागि बुटवल नजिक भएको हुँदा बजारको समस्या हुने गरेको छैन् । जति उत्पादन भएपनि बजार नजिक भएको हुँदा बिक्री भैहाल्छ भरतले भने, ‘अहिले त फेरि पैचो पसलको गाडी तरकारी लिनको लागी गाउँमै आउँछ । थोक मूल्यमा पैचो पसलले गाउँमै पुगेर किसानको उत्पादन किनिदिने हुँदा लकडाउनमा तरकारी बिक्री नभई खेर नगएको उनले बताए ।’ जति फलाएपनि पैचोले किनिदिन्छ उनले भने, ‘लकडाउनमा पनि तरकारी बजारको समस्या छैन् ।’

उत्पादन भएको तरकारी बिक्री हुँदा र गाउँमा खेतबारीमा काम गर्नमा समस्या नभएको हुँदा कोरोना महामारीको कारण भएको लकडाउनले आफुहरुलाई प्रत्यक्ष रुपमा असर नगरेको उनीहरुको भनाई छ । लोकेन्द्रले यो सिजनमा करिब ५ लाख ६५ हजारको तरकारी बिक्री गरिसकेको बताए । उनका अनुसार उनले टमाटर २ लाख ४० हजार, करेला १६ हजार, फर्सी ७५ हजार, काक्रा ४० हजार र तोराय ५० हजारको बिक्री गरिसकेका छन् । उनका खेतमा अहिले पनि तोराय, करेला, फर्सी लटरम्मै छ भने टमाटर सकिने अवस्थामा पुगेको छ । त्यसैगरी अर्का किसान भरत थापाले करिब ४ लाख १० हजारको तरकारी बिक्री गरिसकेका छन् । उनले टमाटर १ लाख, फर्सी १ लाख २० हजार, फर्सीको मुन्टा ३० हजार र करेला १ लाख ६० हजार बराबरको बिक्री गरेको बताए ।

गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले उक्त गाउँका किसानको काम अरु गाउँका लागि पनि सिक्न योग्य भएको बताए । उहाँहरु रोजगारीका लागि गाउँ छाड्नेका लागि उदाहरणीय हुनुहुन्छ अध्यक्ष घर्तीले भने, ‘हामीले पालिकाका त्यस्ता किसानको संख्या बढाउन प्रोत्साहन गरिरहेका छौं ।’

उक्त गाउँमा ३ दर्जन बढी किसान व्यावशायीक तरकारी खेतीमा आबद्द रहेको गाउँपालिकाका प्रवक्ता एंव वडा नं. २ का वडाध्यक्ष राजेश श्रेष्ठ बताउँछन् । उनीहरुलाई तरकारी खेतीतर्फ प्रोत्साहित गर्नका लागि पालिकाले मल बीउ र प्रविधिमा सहयोग गरिरहेको उनले बताए । हामीले किसानका लागि प्रोत्साहनको काम शुरु गरेका छौं उनले भने, ‘आउने बर्ष थप किसानलाई प्रोत्साहन गर्ने योजना छ ।’ तरकारी खेतीका लागि सिस्ने खोलाको पानीले हिउँद बर्षा सिंचाई सुविधा छ भने कुलोको मर्मतमा पालिकाले सघाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?