ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

एमाले बुटवलले बनायो वार्षिक कार्ययोजना

१७ असार २०८०, आईतवार
१७ असार २०८०, आईतवार

बुटवल, १७ असार ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले पार्टीको वार्षिक कार्ययोजना निर्माण गरेको छ । आइतबार बसेको नगर कमिटीको १० औ पुर्ण बैठकले कार्ययोजना तय गरेको हो । पार्टी केन्द्र, प्रदेश र जिल्ला कमिटी लगायतका नेताहरुको सुझाव र पार्टी जिल्ला कमिटीले जारी गरेको परिपत्रको आधारमा वार्षिक कार्ययोजना बनाइएको एमाले नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।

कार्ययोजना अन्र्तगत असार महिनालाई सदस्यता नविकरण अभियान ,साउनमा पार्टी सदस्यता विस्तार, भदौ महिना प्रशिक्षणको महिना, असोज महिना युवासंग पार्टी अभियान, पार्टी तथा जनसंगठन सुढृढीकरणक, पुनर्मिलनलगायत महिनामा कम्तिमा एउटा विकास निर्माण, सुशासन, सेवा प्रवाह र भ्रष्टाचार विरुद्धको दबाब, जागरण र पैरवी सम्बन्धी कार्यक्रमम समावेश गरिएको छ ।

बैठकले हालसम्म ८ वटा विभागहरुको बैठक सम्पन्न भईसकेको अवस्थामा आगामी असार मसान्त भित्रमा नगर सल्लाहकार परिष्द, नगर जेष्ठ कम्युनिष्ट मञ्च, विभाग र नगर स्तरिय जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।

आगामी साउन मसान्त सम्ममा पार्टी बुटवल उपमहानगरपालिका कमिटीको लेखा परीक्षण सम्पन्न गर्ने, आगामी साउन मसान्त सम्ममा सम्पूर्ण वडाहरुको बैकिङ्ग खाता सञ्चालन र लेखा परिक्षणको काम अनिवार्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको कमिटीका सचिव मेघराज भट्टराईले जानकारी दिए ।
साथै पार्टी एकता तथा पार्टी प्रवेशको पक्रियाबाट आएका हिरा केसी, विनोद बिक, शालिकराम शर्मा पौडेल, सूर्य प्रसाद न्यौपाने र हेमराज शाहीलाई पार्टीको बुटवल उपमहानगरपालिका कमिटीको वैकल्पिक सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

हालका लागि नगर कमिटी सदस्य विनोद पौडेललाई शाखा कमिटी ३ को इन्चार्जको जिम्मेवारी प्रदान गर्ने र नगर कमिटीका सदस्य रामकृष्ण चापागाई र हेमन्त घिमिरेलाई नगर कमिटीको सचिवालय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकलाई संबोधन गर्दै एमाले पोलिटब्युरो सदस्य तथा बुटवल उपमहानगर इन्चार्ज दधिराम न्यौपानेले एमाले मात्रै एउटा बलियो पार्टी भएको बताउदै यस क्षेत्रका महत्वपूर्ण योजनाका काम नेकपा एमालेको नेतृत्वमा सम्पन्न भएको बताए ।

“कम्युनिस्ट पार्टी भनेको अविरल बगिराख्ने समुन्द्र हो, यो पार्टीको सदस्य कहिले पनि निराश हुन हुँदैन, एमाले संग अन्य पार्टी डराईरहेका छन्, निरन्तर लागिरहेका छन्, देश निर्माणका लागि एक्लै उभिने पार्टी एमाले हो, सबै पार्टी पंक्ति निरन्तर सकारात्मक ढंगबाट लागौ”– न्यौपानेले भने ।

वडातह, टोलटोलबाटै एमाले नेतृत्वको सरकारले गरेका कामका बारेमा जानकारी दिन आवश्यक रहेको बताउदै न्यौपानेले पार्टीमा आवद्ध सदस्यहरुले आ आफ्नो जिम्मेवारीका साथ सदस्यता नविकरण गर्न अनुरोध गरे । न्यौपानेले कोही कसैको एक्लो प्रयासले मात्रै कुनै पनि ठाउँमा सफलता हासिल गर्न नसकिने बताउँदै पार्टीमा आवद्ध सबै सदस्यहरु जुझारु हुन आवशयक रहेको बताए ।

पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पार्टीको निर्णयलाई सबैले मान्नुपर्ने बताउँदै बडा कमिटीदेखि आफ्ना आनीबानी संस्कार बदल्न जरुरी रहेको बताए । सोही क्रममा पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियानको नगर कमिटीको प्रतिवेदन नगर कमिटी अध्यक्ष ज्ञवालीले जिल्ला अध्यक्ष केसीलाई हस्तान्तरण गरे ।

जिल्ला कमिटी सचिवालय सदस्य तथा बुटवल इन्चार्ज ऋषिराम पाण्डेले असार ४ गते बसेको जिल्ला कमिटी बैठकले गरेका निर्णयहरुका बारेमा जानकारी गराएका थिए । पाण्डेले रचनात्मक र सिर्जनात्मक अभियान निरन्तरता दिदै पार्टी अगाडी बढ्नुको बिकल्प नभएको बताए । बैठकमा एमाले नेताहरु जिल्ला सचिव यज्ञ गैरे, एकराज बिश्वकर्मा , जिल्ला कमिटी सचिवालय सदस्य स्कुल बिभाग प्रमुख युवराज घिमिरे, जिल्ला कमिटी सचिवालय सदस्य निबर्तमान नगर अध्यक्ष बाबुराम पन्थी, नारायण भट्टराई, कमिटी सदस्य राजेन्द्र ढकाल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?