ट्रेंडिंग:

>> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त

मदन भण्डारीको सम्झनामा वृक्षारोपण

१४ असार २०८०, बिहीबार
१४ असार २०८०, बिहीबार

सल्यान, १४ असार ।

राप्ती लोकमार्ग र कपुरकोट बजारलाई उच्च जोखिममा पारेको खारा महिरो नियन्त्रणका लागि विहिबार वृक्षारोपण गरिएको छ । नेकपा एमालेका तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा कपुरकोट खारा पहिरो क्षेत्रमा वृक्षारोपण गरिएको हो । राष्ट्रिय युवा संघ नेपाल सल्यानको आयोजनामा आर्थिक महत्व बोकेका विभिन्न प्रजातीका १५० बढी विरुवा रोपिएको संघका जिल्ला अध्यक्ष रुपक बुढाले जानकारी दिए । कर्णालीको प्रवेशद्वार कपुरकोट बजार र सल्यान जिल्लाको जीवन रेखाको रुपमा रहेको राप्ती लोकमार्ग पहिरोको उच्च जोखिममा रहेको भन्दै उनले पहिरो रोकथामका लागि वृक्षारोपण गरिएको बताए । वृक्षारोपणका लागि तेजपात, काउलो, रिठा, मलागेडी, लप्सी लगाएतका विरुवा उपलब्ध गराएर वनस्पति अनुसन्धान केन्द्र सल्यानले सहयोग गरेको थियो ।

मदन भण्डारी फाउण्डेशनका कर्णाली प्रदेश सदस्य तथा एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले वृक्षारोपण गर्दै मदन भण्डारीको वहुपक्षीय योगदानको चर्चा गरेका थिए । मदन भण्डारीले अघि सारेका नविनतम र श्रृजनशिल विचार एवम् मान्यताहरुको अध्ययन गरेर हरेक सामाजिक कार्यलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने सेनको भनाई छ ।

वृक्षारोपण पश्चात कपुरकोटमा मदन भण्डारी फाउण्डेशन गठनका लागि एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै एमाले सल्यानका सचिवालय सदस्य ओम बहादुर बुढा, एमाले युवा मोर्चा सल्यानका इन्चार्ज महेश देवकोटा, अनेम संघ सल्यानका उपाध्यक्ष भिमा बुधाथोकी, मदन भन्डारी फाउन्डेसन सल्यानका सदस्य अरुणा खत्री, जिल्ला कमिटी सदस्य तेज बहादुर राना, एमाले कपुरकोटका अध्यक्ष द्रोणकेसी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य केशरी बस्नेत, प्रदेश सदस्य डिल्लि खड्का, जिल्ला सचिव प्रबिन घर्ती, उपसचिव दिलिप रावत लगाएतले मदनले देखाएको बाटोमा लाग्नुपर्नेमा जोड दिएका थिए । यसैविच कपुरकोट गाउँपालिकामा मदन भण्डारी फाउण्डेशनको पालिकास्तरिय कमिटी गठन गरिएको छ ।

यस्तै नेकपा एमाले कालिमाटी गाउँपालिकाले पनि मदन भण्डारीको जन्मजयन्तीका अवसर पारेर वृक्षारोपण सम्पन्न गरेको छ । गंगामाला भगवति मन्दिर परिसरमा वृक्षारोपण गरेर जन्मजयन्ती मनाइएको एमाले कालिमाटीका अध्यक्ष केशर बुढाले जानकारी दिए ।

कार्यक्रममा मदन भण्डारी फाउण्डेशन सल्यानका सचिव दान बहादुर केसीले नेपालको राजनीति, कम्युनिस्ट आन्दोलन र नागरिकहरुसँग राजनीतिक दल र नेताहरुको सम्बन्धका बारेमा मदन भण्डारीले दिएका सन्देशहरु महत्वपूर्ण भएको बताउँदै तीनै सन्देश र मदन भण्डारीले उत्पादन गर्नु भएको जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने गरी पार्टी लाग्नुपर्ने बताए । एमाले सल्यानका उपसचिव तथा कालिमाटी गाउँपालिकाका अध्यक्ष समेत रहेका उनले मदनको विचार प्रेरणादायिक र अहिलेपनि जिवीतै रहेको बताए ।

कार्यक्रममा मदन भण्डारी फाउण्डेशन सल्यानका सदस्य राधा सुनार, जितबहादुर यरी, एमाले कालिमाटीका सचिव बेल बहादुर चन्द, कालिमाटी २ का एमाले अध्यक्ष शशि वली लगाएतले बोल्दै रोपिएका विरुवाको संरक्षण गर्नुपर्ने बताए ।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो । उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?