ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

सहकारीले बेच्यो दुई हजार बढी खसीबोका

१६ कार्तिक २०७७, आईतवार
१६ कार्तिक २०७७, आईतवार

लमही नगरपालिका ७ की बबिता चौधरीको घरमा दसैमा विक्रिका लागी १३ वटा खसी तयार थिए । कोरोनाको डरले खसी बिक्दैन कि भन्ने चिन्तामा रहेकी चौधरीकोे दसैँ अघि घर बाटै खसीबोका बिक्री भएपछि खुसी भईन् । खसी विक्रि भएपछि दशै खर्चको जोहो गर्ने सोचमा रहेकी उनले आफु आबद्ध भएकै सहकारीबाट विक्रि गरेकी हुन् । “सहकारीबाट खसी बिक्री भयो, पहिला त व्यापारी आउथे उनीहरुको आफ्नै मूल्य हुन्थ्यो, नाफाघाटा थाहा हुदैनथ्यो अहिले सहकारीले जोखेर ज्युदोको मुल्य गरेर लैजान्छ” चौधरीले भनिन् ।

लमही नगरपालिका भित्र चार ओटा सामाजिक उद्यमी महिला सहकारी संस्था छन् । यी सहकारीहरुले व्यवसायिक बाख्रा पालनको लागि किसानमा लगानी गरेका छन् । निलकमल, कर्मठ, दिपन, समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस वर्ष आठ सय खसी बोका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गरेका छन् भने १ हजार २ सय जिल्लाका विभिन्न मासु पसल तथा जिल्ला वाहिर पनि विक्रि गरेको जनाएका छन् । यस वर्षको दसैँमा दाङको लमही नगरपालिकामा रहेका चारवटा सामाजिक उद्यमी महिला सहकारीका सदस्य किसानले यस वर्ष मात्रै दुई हजार बढी खसी बोका सहकारी मार्फत बिक्री गरेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहकारीबाट मात्रै ८ सय खसी बोका खरिद गरेको हो । दाङबाट यस वर्ष एक हजार खसी बोका खरिद गरेर कम्पनीले काठमाडौँ पठाएको हो । ८ सय खसीवोका सहकारीवाट र थप २ सय खसी बोका किसानहरुवाट खरिद गरेर काठमाडौँ पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए । “जिल्लामा गतवर्षपनि सहकारीहरुवाटै खरीद गरेर खसीवोका काठमाण्डौ पठाईएकोले यसवर्षपनी दाङलाई १ हजार खसीवोका खरीदगरेर पठाउने जिम्वेवारी आएको थियो, त्यो हामीले पुरा गर्यौ” चौधरीले भने । सहकारीहरुले उत्पादन गरेका खसीवोका राम्रा स्वस्थ्य भएका कारण खरीद गर्न समस्या नभएको उनले बताए । जिउँदो खसी प्रति किलो ५ सय ३० रुपैयाँ देखि ५ सय ५० रुपैयाँमा खाद्य संस्थानले किन्ने गरेको छ । सहकारी संस्थाले किसानबाट प्रति किलो ५ सय ३० रुपैयाँसम्म किन्ने गरेको छ । सहकारीले लिने सेवा शुल्क खोप तथा औषधि कार्यक्रम मार्फत किसानलाई नै फर्काउने गरिएको छ ।

आठ वर्ष अघि साविकको सतबरिया गाविस हाल लमही नगरपालिका वडा नम्बर ७, ८ र ९ नम्बर वडामा साना किसान उद्यमी सुदृढीकरण परियोजना लागु भएको थियो । पछि साविक सोनपुर गाविस हाल लमही नगरपालिकाको वडा नम्बर १, २ र ३ मा पनि सोही कार्यक्रम लागु भएको हो । यी क्षेत्रलाई समेटनेगरी चारवटा सामाजिक उद्यमी महिला सहकारीहरु क्रियाशिल छन् । चारवटा सहकारी मार्फत किसानले व्यवसायीक बाख्रा पालन गर्दै आएका छन् । ति सहकारीहरुमा गत वर्षको दसैँमा पनि अहिलेकै हाराहारीमा खसी बोकाको कारोबार भएको थियो । “खसी बोकाको उत्पादन बढ्यो, बजारको लागि जिल्ला बाहिर पठाउन थालेका छौ, सहकारी मार्फत कारोबार गर्दा सुरक्षित र उचित मूल्य पाउने भएकाले कारोबार बढ्दै गएको छ” कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देविमाया थापाले भनिन् ।

किसानले सहकारीबाट खसी बोकाको कारोकार गर्दा प्रदेश सरकारले अनुदान दिन थालेपछि सहकारीबाट कारोबार गर्नेहरुको संख्या पनि बढेको छ । लुम्बिनी प्रदेश सरकारले जिउँदो खसी बोकाको प्रतिकिलो २५ रुपैयाँ गत वर्ष अनुदान वाडेको थियो । यस वर्ष पनि किसानले अनुदान पाउने भएका छन् । “पहिला किसानले खसी बोकाको उत्पादन थोरै गर्नुहुन्थ्यो, व्यवसायीक उत्पादन थिएन, आठ वर्षको अन्तरालमा व्यवसायीक किसानको संख्या बढेकोले जिल्ला बाहिर निर्यात गर्न सफल भएका छौ” हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पोख्रेलले भने । सहकारीबाट किसानले प्राविधिक सेवा लिने, उत्पादन गरेको कृषि र पशुपक्षी जन्य वस्तुको कारोबार गर्दा सरकारले समेत सहयोग गर्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?