ट्रेंडिंग:

>> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस्

निःशुल्क रगतले बिरामीलाई राहत

१ असार २०८०, शुक्रबार
१ असार २०८०, शुक्रबार

बुटवल, १ असार ।

बुटवल १६ बस्ने लक्ष्मी कठरिया गर्भवती भइन् । उनको अत्यधिक रक्तश्राव भयोे । चिकित्सकको सल्लाह अनुसार उनलाई रगत चढाउनु पर्ने भयो । तर उनीसँग रगत किन्ने पैसा थिएन । बुटवल उपनगरपालिकाले निःशुल्क रगत दिने सुविधा ल्याएको अस्पतालले जानकारी दियो । रक्त सञ्चार केन्द्र बुटवलमा उनको परिवार पुगे लगत्तै नेपाल स्वयंसेवी रक्तदाता समाज मार्फत आफ्नो नागरिकता, विवाह दर्ताको आधारमा बिरामीलाई आवश्यक पर्ने निःशुल्क रगत प्राप्त गरेको उनी बताइन् । निःशुल्क रगत पाएर आपनो ज्यान जोगिन सफल भएकोमा उनी निकै खुशी छन् ।

त्यसैगरी बुटवल ३ ज्योतीनगर बस्ने सरस्वती पोखरेल पनि गर्मी बढेसँगै ज्वरोको कारणले लामो समय अस्पताल भर्ना भइन् । लामो समय अस्पतालमा हँुदा स्वास्थ्य अवस्था कमजोर भयो । डक्टरको सल्लाह अनुसार रगत चढाउनु पर्छ भने लगत्तै उनका श्रीमानले आफन्त सँग बुझे र बुटवलमा रहेको रक्तसञ्चार केन्द्रमा विवाह दर्ता, वडाको सिफारिस पत्र लगायतका परिचय खुल्ने कागजातका आधारमा बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क लिएको बिरामीका श्रीमान खगीश्वर न्यौपानेले बताए । यसरी बुटवल उप महानगरपालिकाले गरीब, असहाय, विपन्न परिवारका ब्यतिmहरुलाई मात्र नभएर बुटवल बसोवास गर्ने सबै नागरिकहरुलाई यसरी निःशुल्क रगत वितरण गरेकोमा धन्यवाद दिदै यस्ता स्वास्थ्य सम्बन्धी अझ बढी काम गर्न पर्ने उनले बताए ।

बुटवल उपमहानगरपालिकाले बुटवलभित्र सरकारी वा निजी दुबै अस्पतालमा उपचार गर्न बिरामीहरुका लागि निःशुल्क रगत उपलव्ध गराएको छ । बुटवल उप महानगरपालिकाका १९ वटा वडामा बसोबास गर्न जुनसुकै वर्गका नगरिकहरुको लागि कुनै पनि ब्यक्ति बिरामी भएर रगतको अभावले मृत्यु हुन नपरोस् भन्ने उद्देश्यका साथ बुटवल उपमहानगरपालिका र बुटवलमा रहेको नेपाल रेडक्रस सोसाइटीबिच सम्झौता गरी २०७९ माघदेखि बिरामीका लागि आवश्यक पर्ने रगत निःशुल्क दिने गरेको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले बताइन् । स्थानीय तहको निर्वाचनबाट चुनिएर पदभार ग्रहण गरेको जेठ ९ देखि विभिन्न संघ संस्थाको सहकार्यमा महत्वपूर्ण कामहरु भैरहेको उनको भनाई छ । अर्यालका अनुसार बुटवल वडा नं. १७ को मोतीपुर र वडा नं. १३ को बेलबासमा स्वास्थ्य क्षेत्रमा बुटवललाई अगुवा बनाउनका लागि दुईवटा सुविधा सम्पन्न अस्पताल सञ्चालनको तयारी अवस्थामा पुगेको र यसले बुटवको स्वास्थ्य क्षेत्रमा अहम भुमिका खेल्ने उनी बताउँछिन् ।

सरकारी वा निजी अस्पतालमा उपचार गर्ने दुर्घटनाका बिरामी, गर्भवती महिला, रक्तअल्पता, उच्च रक्तचाप, किटनिक डाइनोसिस, अन्य अप्रेशनका जुनसुकै बिरामीहरुको लागि पनि रक्ततत्व आवश्यक हँुदा निःशुल्क रगत दिने गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज तथा नेपाल रेडक्रश सोसाइटीका अध्यक्ष कुष्ण चौहानले बताए । उनले आर्थिक बर्ष २०७९।८० का लागि बुटवल उपमहानगरपालिकासँग सम्झौता गरी यो कार्यक्रम गरेको जानकारी दिए ।

२०८० बैशाख मसान्त सम्म सेवाग्राही ३०० देखी ४०० जनाले यो सेवा प्रयोग गरी ४५१ युनिट रगत बिरामीलाई दिइएको छ । एक पोका रगतको मूल्य ९५० रहेको र अहिले सम्म ४ लाख २८ हजार चार सय ५० रुपैयाँको बराबरको रकमको भुक्तmान बुटवल उपमहानगरपालिकाले दिएको उनले बताए । “नेपाल स्वयंसेवी रक्तदाता समाजले निःशुल्क रगत दिएको छ, यसलाई उच्च मूल्यमा बिक्री गरेको हामीले हेर्न सकिदैन, यसमा राज्य र सरोकारवाला संवेदनशील हुनुपर्छ । बुटवल उपमहानगरपालिकाले निःशुल्कको रगत वितरण अभियान गर्ने, अर्कोतिर उच्च मुल्य बृद्धिको घोषण हुने, मनोमानी तरीकाले रगतको मुल्य बृद्धिमा नेपाल स्वयंसेवी रक्तदाता समाजलाई मान्य हुनेछैन रगत निःशुल्क हुनुपर्छ”–उनले भने । प्रदेश सरकारले सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई मात्र निःशुल्क रगत दिने सम्झौता गरेको थियो भने अहिले बुटवल उपमहानगरपालिकाले सरकारी र निजी दुबै क्षेत्रमा उपचार गर्न बिरामीलाई रगत दिंदा सेवाग्राही खुशी भएका छन् ।

बुटवल उपनगरपालिकाभित्रका बिरामीलाई रगत आवश्यक पर्ने भए चिकित्सकको सिफारिस नागरिकता खुल्ने परिचय पत्र, विवाह दर्ता र वडा कार्यलयबाट सिफारिस लिएर रक्तसञ्चार केन्दले पूर्णरुपमा निःशुल्क रगत उपलब्ध गराउने गरी बुटवल उपमहानगरपालिकामा पेश गरे अनुसार रकम भुक्तान गरिने बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए । यसअघि रगत नपाई बिरामीले आफ्नो ज्यान गुमाउने अवस्था आएको हुँदा अहिले बुटवल उपमहानगरपालिका र रेडक्रस सोसाइटीबिच सम्झौता गरी यो कार्यक्रम ल्याएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np