ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

उच्च गर्मी, तापक्रम र लु बाट जोगिने घरेलु उपाय

२९ जेष्ठ २०८०, सोमबार
२९ जेष्ठ २०८०, सोमबार

बिगत केही दिनदेखि अत्यधिक मात्रामा बढ्दै गएको गर्मीको कारण जनजीवन निकै प्रभावित बनिरहेको छ । त्यसकारण उच्च गर्मी र लु बाट जोगिन निम्न अनुसारका उपायहरु अपनाउन आम जनमानसलाई अनुरोध छ ।

– तातो हावा लु बाट हुने सम्भावित असरहरुमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाँउडिने, चक्कर आउने, बेहोस हुने मांसपेशीहरु दुख्ने, बान्ता हुने जस्ता लक्षणहरु देखिन सक्ने भएकाले यस्ता समस्या देखिएमा नजिकको स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्कमा रही आफ्ना समस्याको समाधानको लागि थप सल्लाह सुझाव लिने गर्नु पर्दछ ।

– उच्च गर्मी तापक्रम र लु बाट बच्नको लागि अत्यधिक गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा बस्नु पर्दछ ।

– नियमित रुपमा पानी तथा झोलिलो पदार्थ फलफुलको रस, जुस तथा सर्वत प्रशस्त मात्रामा पिउनु पर्दछ ।

– खेतबारीमा तथा अन्य मेलापातका कामहरु सकभर बिहान वा बेलुकाको समय मिलाएर गर्नु पर्दछ ।

– सम्भब भएसम्म रुखको छहारी मुनि, सितल ठाँउमा, चिसो ठाउँमा वा पँखा भएको ठाँउमा बस्नु पर्दछ ।

– उच्च गर्मी तापक्रम र लु बाट जोगिनको लागि चिसो पानीले नुहाउने, आवश्यकता अनुसार चिसो पानी पट्टीको प्रयोग गर्नुपर्दछ ।

– उच्च गर्मी तापक्रम र लु बाट बच्नको लागि सकभर दिउँसोको समयमा घर अफिसबाट बाहिर ननिस्कने, यदि बाहिर निस्कनै परेमा पातलो कपडाले टाउको छोप्ने, हल्का तथा सुतिका कपडा लगाउने, टोपी लगाउने वा छाताको प्रयोग गर्ने ।

– मदिरा सेवन, चिया कफी सोडा जस्ता पेय पदार्थ, चिनिको मात्रा बढी भएका झोल पदार्थ सकभर प्रयोग नगर्ने ।

– लामो समय सम्म फ्रिजमा राखिएका खाद्य पदार्थहरु, धेरै चिसो बनाएर राखेको पानी कोक फेन्टाहरुको प्रयोग पनि सकभर नगर्ने ।

– गर्मीको समयमा बिहान वा बेलुका एक पटक पकाएर फ्रिजमा राखेको दाल, भात, रोटी, तरकारी जस्ता खाद्य पदार्थहरु साँझ बिहान प्रयोग नगर्ने । जस्ता सावधानी अपनायौं भने उच्च गर्मी, तापक्रम वा लु लाग्ने समस्याबाट घरयासी तहबाटै बच्न वा जोगिन सकिन्छ ।।

स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?