ट्रेंडिंग:

>> एमाले बागमति अध्यक्षमा कैलाश र सचिवमा नवराज विजयी >> थानकोटबाट झर्दै गर्दा >> परीक्षामा कम नम्बर ल्याएको भन्दै निर्घात कुटपिट >> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना
कृषि

भारतबाट किसानले मल ल्याउने वातावरण मिलाउँछौंः मन्त्री पाण्डेय

१३ जेष्ठ २०८०, शनिबार १९:५३
१३ जेष्ठ २०८०, शनिबार १९:५३

सुनवल, १३ जेठ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले भारतबाट किसानले रासानियक मल सहज रुपमा ल्याउन सक्ने बताएका छन् । शनिबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा लोकतान्त्रीक समाजवादी पार्टी लोसपाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले सिमा क्षेत्रका सबै जिल्लामा सहज रुपमा मल ल्याउने वातावरण बनाईने बताए ।

लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका पाण्डेयले रासायनिक मलको समस्याका विषयमा कार्यकर्ताले कुरा उठाएपछि प्रहरीलाई आँखा चिम्लिन आग्रह गरिसकेको बताएका हुन् । “सबै खुल्ला छ भनेर नभन्ने तर किसानले मल ल्याउँदा शान्त बसिदिने, जनताले आफ्नै हिसाबले मल ल्याउछन्”–मन्त्री पाण्डेयले भने । यस विषयमा आइतबार हुने लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरु संगको छलफलमा पनि आफुले स्पष्ट रुपमा मल ल्याउँदा आँखा चिम्लन सुरक्षा निकायलाई अनुरोध गर्ने मन्त्री पाण्डेले बताए ।

नवलपरासीको सन्दर्भमा सुरक्षा निकायसँंग कुरा भईसकेको बताउँदै मन्त्री पाण्डेयले बाली लगाउने समयमा मल अभावको समस्या समाधान गर्न आवश्यक समन्वय गर्ने बताए । साथै उनले सरकार बजेट निर्माणको क्रममा रहेको बताउदै जनभावनालाई समेटर बजेट ल्याउने बताए । जिल्लाका नेता कार्यकर्तालाई जनताको नजिक भएर काम गर्न निर्देशन दिदै उनले पार्टी एजेन्डा स्थापित गरी ठुलो पार्टी बन्ने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सो क्रममा लोसपाका केन्द्रीय सदस्य पुरन चौधरीले पार्टीलाई सहि रुपमा अगाडि बढाउनु गम्भीर बन्नुपर्नेमा जोड दिए । पार्टीका नेताहरु जिल्लामा आउँदा थाहा नहुनु दुखद पक्ष भएको बताउँदै चौधरीले यस विषयमा नेतृत्वको ध्यानाकर्षण गराए ।

सो क्रममा लोसपाका नेता कार्यकर्ताले मलखादको समस्या, स्वास्थ्य सेवा, महिला सशक्तिकरण लगायतका विषयमा पार्टी लुम्बिनी प्रदेश अध्यक्षको ध्यानाार्कषण गराएको लोसपाका जिल्ला अध्यक्ष मुकुरजी गिरीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?