ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

अनमी कुट्नेलाई कारबाही होला त ?

१६ पुष २०७५, सोमबार
१६ पुष २०७५, सोमबार

कपिलवस्तुको थुन्हिया बर्थिङ सेन्टरकी अनमी उषा केसीलाई कुटपिट गर्ने प्रतिबादी यतिबेला प्रहरी खोरमा छन् । कुटपिटपछि फरार शिवराज नगरपालिका ११, थुन्हिया घर भएका ३४ वर्षीय मोहफुज मुसलमान स्थानीयको सहयोगमा पक्राउ परे ।
कुटपिट गर्ने मुसलमानलाई स्थानीय र प्रहरीले खोजतलास गर्दा तत्काल फेला परेनन् । घटनाको अर्को दिन मात्र स्थानीयले फेला पार्न सफल भई प्रहरीलाई बुझाएका थिए । पक्राउ परेका मोहफुजलाई प्रहरीले शुरुमा ३ दिनको गरेको र पछि १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक ज्ञानेन्द्र चौधरीले जानकारी दिए ।
कुटपिटमा संलग्न मोहफुजलाई सोधपुछ गर्दा कुटपिट गरेको स्वीकार गरे कारणबारे कुनै प्रतिक्रिया जनाउँदैन, प्रहरी निरीक्षक चौधरीले बताए । उनले भने –नबोल्ने पनि कानुनी अधिकार छ, टर्चर दिएर सोध्न मिलेन । पीडित पक्षले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दर्ता गरेकाले सोही अनुसार प्रक्रिया अगाडि बढ्छ, उनले बताए । तर मुसलमानले अहिलेसम्म कुटपिटको कारणबारे प्रतिक्रिया नदिंदा कारबाही होला त भन्ने सवालमा पीडित पक्ष सशंकित छन् ।
कुटपिट गर्ने मोहफुज मुसलमानलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने पीडित पक्षको अडान छ । यता अनमी केसीमाथि भएको कुटपिटको विरोधमा शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी विरोधमा उत्रिएका छन् । उनीहरुले केसीलाई ज्यान मार्न खोज्ने मुसलमान कुनै पनि हालतमा छुट्न नहुने जोडदार माग गर्दै आएका छन् । यसका साथै चन्द्रौटा क्षेत्रका विभिन्न संघसंस्थाले समेत संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पीडित केसीको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै कुटपिट गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरेका छन् ।
मानवअधिकार तथा शान्ति समाजका रुपन्देही अध्यक्ष डिपि खनालले घटनाको पिडित र प्रहरीलाई भेटी घटनाबारे जानकारी लिएका छन् । उनले घटनाको अनुसन्धान गरी दोषीलाई कार्वाही गर्नका लागि प्रहरी समक्ष अनुरोध गरेका छन् ।
घटना गत पुस ९ गते सोमबार करिब साढे १० बजेको हो । रात्रिकालिन ड्युटीपछि सुत्ने तरखरमा रहेकी अनमी केसी सुत्ने कोठाको ढोका फोरेर भित्र प्रवेश गरी मुसलमानले निर्घात कुटपिट गरेका थिए । घटनाबाट केसीको बायाँ हात भाँचिएको छ । केसीको टाउकोमा लठ्ठी प्रहार गरी मार्न खोज्दा हातले छेकेर बायाँ हात भाँचिएको केसी बताउँछिन् ।
घटना भएको बेलुका बर्थिङ सेन्टरमा एकजनाको सुत्केरी गराएर घर पठाएपछि उनी क्वाटरमा सुत्ने तरखरमा थिइन् । विस्तरामा बसेर मोबाइल चलाउँदै थिइन् । राति करीब साढे १० बजेको समयमा मोहफुज मुसलमानले ढोका फोरेर केसीमाथि आक्रमण गरेको थियो ।
अनमी केसी भन्छिन्ः “म आफ्नै क्वाटरमा मोबाइल चलाएर बसेकी थिएँ । त्यहाँ एक जना महिला स्वीपर र कार्यालय सहयोगीसहित हामी ३ जना थियौं । स्वीपर दिदीले त्यो दिन मदिरा सेवन गरेकीले बिस्तारामा पुगेको एकै छिनमा निदाउनु भयो । बाहिरबाट ढोका ढक्ढकाएको आवाज आयो । एक दुई पटक ढोका ढक्ढक्याउँदा समेत मैले ढोका खोलिनँ । रात छिप्पिन लागेको थियो, मलाई डर लागेको थियो । बिरामी आउने ठाउँ भएकाले पनि ढोका खोल्ने कि नखोल्ने, दोधारमा परें । बाहिरको आवाज सुन्दा पनि बिरामी लिएरै आएजस्तै स्वर सुनिन्थ्यो ।”
आफूलाई असुरक्षित महसुस गर्दै वडाध्यक्ष रामेश्वर बर्मालाई फोन गरेको उनले बताइन् । तर बाहिरबाट ढोकामा लात्ती बजारेर ढोका नै फोरेर मुखमा मास्क लगाएको अग्लो मान्छे भित्र प्रवेश गरी हातपात गर्न खोजेको उनले बताइन् । प्रतिकार गर्दा लठ्ठी निकालेर हान्न थालेको उनको भनाई छ ।
सुरक्षित हुन हारगुहार माग्दा तत्काल कोही आएन उनले भनिन् । घटनाकै समयमा कार्यालय सहयोगी शौचालय पसेका थिए । बाहिरबाट त्यहाँ आएको मान्छेले चुकुल लगाइदियो । स्वीपर दिदी डरले भागेर लुकेकाले तत्काल कोही बचाउन आएनन् उनले बताइन् ।
वडाध्यक्ष रामेश्वर बर्मालाई फोन गर्दा मान्छे कोठामा प्रवेश गरेर आफूमाथि जाइलागेको उनले बताइन् । केही समयपछि वडाध्यक्ष रामेश्वर बर्मासहितको टोली आइपुगेपछि कुटपिट गर्ने व्यक्ति भाग्यो उनले दुःखी हुँदै भनिन् । वडाध्यक्षकै कारणले आफूलाई जीवनदान मिलेको अनमी केसी बताउँछिन् । यदि वडाध्यक्ष अलि ढिला गरेको भए मेरो प्राण नै जाने थियो । धन्न उहाँ आउनु भयो उनले भनिन् । आफू बच्नका लागि जबरजस्ती उसको मास्क झिक्न सफल भई मान्छेलाई चिन्न सकें उनले भनिन् ।
अनमी केसीका अनुसार गत पुस २ गते हेल्थपोस्टमा काम गरिरहेको अवस्थामा एक अपरिचित व्यक्ति आएर ढोकामा लात्तीले हानेको आवाज आएपछि आफूलाई असुरक्षित ठानी साथीलाई सुनाएको बताउँछिन् । पछि हेल्थपोस्ट ईन्चार्ज राजेश कुँवरसँग सुनाउँदा इन्चार्ज कुँवरले ‘त्यो मान्छे ठीक छैन, त्यस्तासँग के बोल्ने’ भनेपछि आफू चुप लागेको बताउँछिन् । फेरि पुनः ४ गते त्यो मानिस आएर हेल्थपोस्टमा दिनभर बसेर घर गएको थियो । उसँग आफ्नो कुनै व्यक्तिगत रिस इबी नभएको बताइन् । आफूलाई एक्लो पाएर गलत नियतले आक्रमण गरेको हुनसक्ने उनको भनाई छ । प्रतिरक्षाको क्रममा उसलाई चिनेपछि मार्न खोजेको हो कि ? केसी बताउँछिन् ।
अनमी केसीको घर शिवराज नगरपालिका वडा नं. ४ बनकट्टीमा पर्छ । उपचारपछि अहिले उनी आफ्नै घरमा आराम गर्दैछिन् । उनको बायाँ हात प्लास्टर गरिएको छ । शुरुमा हिँड्न समेत सकेको थिएन अहिले केही सुधार भएको छ, उनी बताउँछिन् । उसलाई कारबाही नहुने हो भने त्यहाँ गएर काम गर्न सहज नभएको केसीको भनाई छ ।
यता अनमी केसीका बुवा हेम केसीले छोरीलाई कुटपिट गर्ने व्यक्तिलाई कारबाही नभएसम्म छोरीले न्याय पाएको अनुभूति नहुने बताउँछन् । उनले कुटपिट गर्ने व्यक्ति कुनै पनि हालतमा छुट्न नदिन सबैले पहल गर्न अपिल गर्दै आएका छन् । यदि त्यसले छुटकार पायो भने फेरि पनि यस्ता घटना दोहोरिन सक्ने भन्दै उनले छोरी जस्ता अन्यको समेत जीवधनको रक्षाको लागि कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?