ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

व्यंग्यकार केपी ओली आफै व्यंग्यका पात्र

३ श्रावण २०७५, बिहीबार
३ श्रावण २०७५, बिहीबार

दिल साहनी
हाम्रा गाउँमा साइला खत्री भन्ने एकजना व्यक्ति थिए । उनी कुनै पढे लेखेका थिएनन् । उनमा अक्षरको कुनै ज्ञानसमेत थिएन । उनका जमानामा कुनै पाठशाला थिएन । त्यसैले पनि होला उनले क ख पनि पढ्न पाएनन् । साउँ अक्षर पनि चिन्न पाएनन् । नपढे पनि उनी बडो चतुर र बुद्धिमानी व्यक्ति थिए । यत्ति हो उनी हाम्रा मुलुकका प्रधानमन्त्री जस्तो जथाभावी बोल्दैनथे । वास्तवमा उनी बोल्दै बोल्दैनथे भन्दा पनि हुन्थ्यो । भनौं उनी निकै कम बोल्दथे । बोल्दा बिचार पुराएर बोल्दथे । सोंचेर सम्झेर बोल्दथे । उनी प्रायजसो व्यंग्यको भाषामा बोल्दथे । व्यंग्य नगरी उनलाई बोल्न मन लाग्दैनथ्यो । यसो पनि भन्न सकिन्छ उनको व्यंग्यको भाषामा बोल्ने बानी थियो । उनी आफ्ना छर छिमेकीसित मात्र होइन आफ्नै छोरा बुहारीसित पनि व्यंग्यको भाषामा बोल्दथे । उनले आफ्नै आफ्ना छोरा बुहारीलाई छोरा बुहारी नभनेर बाच्छा बाच्छी भन्दथे । उनले कमरेड ओलीलेजस्तै अरुलाई हँसाउँथे । तर आफु भने कहिले हाँस्दैनथे । गंभीर भएर बस्दथे ।
त्यतिबेला हाम्रा गाउँमा ठकुरीहरूले आफूलाई राजा ठान्दथे । ठकुरी बाहेकका अरु जुनसुकै जात जातिका मान्छेलाई पनि होंचाएर बोल्दथे । अरुहरूले भने उनीहरूलाई राजासाहेब वा बाबुसाहेब भनिदिनु पर्दथ्यो । हाम्रै गाउँँ बामियाका सुवेदार गजेन्द्रबहादुर मल्लमा पनि ठकुरीपन जीवित नै थियो । उनी देश खाई शेष पल्टेको भए पनि उनमा अन्तर्निहित ठकुरीपन गएको थिएन । उनी हाँसो रंग मन पराउने खालका व्यक्ति थिए । उनले कसैलाई खसालेर बोल्नको पछाडि केवल एउटै उद्देश्य रहेको थियो हाँसो रंग गर्नु । आफू पनि खित्खिताएर हाँस्नु । अरुलाई पनि खित्खिताएर हाँस्ने विन्दुमा पुराउनु । उनी पारि बामियाबाट हुलुवा खोला वारि आँगाखेतमा स्थित हाम्रो दोकानमा प्रायः आइरहन्थे । त्यहाँ आउने जाने मान्छेहरूसित गफ गरेर घण्टौं बिताउँथे । उनले कहिले भने नजिकैको लामपाटे गुरुङ दाइको भट्टी पसलमा बसेर कोदोको रक्सी पिउने पनि गर्दथे । त्यतिबेला क्षेत्री ठकुरीहरूले पनि खुल्लम खुला रक्सी पिउने चलन थिएन । कसैले लामपाटे गुरुङ दाइका भट्टीमा उनकी आमाले पारेको रक्सी पिउन पर्यो भने कुनै एउटा कुनामा बसेर अझ ढोका समेत थुनेर रक्सी पिउँथे । क्षेत्री ठकुरी वाहुनले रक्सी खाएमा उसको जात जान्छ भन्ने मान्यता रहेको थियो । यो कुरा होइन कि त्यतिबेला गाउँ घरमा कुनै पनि क्षेत्री ठकुरीले रक्सी पिउँदैनथे । यत्ति हो थोरैले पिउँथे । उनीहरू रक्सी पिएपछि सार्वजनिक भए पनि त्योभन्दा पहिले भूमिगत नै हुन्थे ।
सुवेदार गजेन्द्रबहादुर मल्ल प्रायःजसो आँगाखेतमा हाम्रो दोकानमा गफ गर्न बसे पनि उनको खास तार्गेट लामपाटे गुरुङ दाइको भट्टी पसलमा पसेर रक्सी सेवन गर्ने नै हुने गर्दथ्यो । यो कुरा पक्का थियो । दोस्रो विश्वयुद्धमा व्रिटिशको तर्फबाट लडाईमा सामेल भएका सुवेदार गजेन्द्रबहादुर मल्ल एक दिन हाम्रो दोकानमा बसेका रहेछन् । तिनै साइला खत्री हटिया गएर घरतिर फर्किंरहेका रहेछन् । खत्री बूढा हाम्रा नाता सम्बन्धका मान्छे भए पनि उनी कहिले पनि एकछिन उभिएर कसैसित पनि भलाकुसारीका कुराकानी गर्दैनथे । खुरु खुरु आफ्नो बाटो हिंड्दथे । उनी हाम्रो दोकानको बाटो हुँदै घरतिर लाग्न थाल्दा सुवेदार गजेन्द्रबहादुर मल्लले उनीमाथि कमरेड केपी ओलीले जस्तै व्यंग्य कस्दै भनेछन्– होइन तिमीलाई त गौंदी खोलामा पुराए भन्दथे । कहाँबाट यहाँ पो देख्दैछु है मैले त ?
गल्कोटमा सयौं खोला छन् । सबभन्दा ठूलो खोला दरम खोला हो । शायद दुई नम्बरका खोलामा गौंदी खोला पर्दछ । दक्षिणबाट निस्केर पश्चिम बग्दै पहिले हटिया हुँदै लमाइको फाँटनेर दरम खोलामा मिसिने पुग्ने गौंदी खोला गल्कोटको आर्यघाटजस्तै हो । गाइकोजस्तो मुख भएको मुहानबाट निस्किने हुनाले यस खोलाको नाम गौंदी खोला राखिएको रहेछ । गल्कोटमा कुनै सम्पन्न धनी व्यक्तिको मृत्यु भएमा भरसक बाग्लुङ बजारमुनिबाट बग्ने काली गण्डकीमा पुराई दाह संस्कर गर्ने परम्परा छ । गरीब व्यक्तिको मृत्यु भएमा दरम खोला र गौंदी खोलाको दोभानमा पुराएर दाह संस्कार गरिन्छ । यसैले गल्कोटेहरूले गांैदी खोला भनेपछि आर्यघाट नै बुझ्दछन् । सुवेदार गजेन्द्रबहादुर मल्लले गहतेका खत्री बूढालाई गौंदी खोला पुराएको भन्नुको अर्थ उनको मृत्यु भैसकेको छ भन्नु हो । उनको दाह संस्कार भइसकेको छ भन्नु हो । त्यसको जबाबमा साइला खत्रीले नहाँसी जबाब दिएछन्– सुवेदार साहेबलाई अघि नलगाई म के गौंदी खोला जान्थेँ र ?
केपी ओलीले नेपाली जनतामा सपना बाँड्नको लागि आजै भोलि नेपालमा रेल र पानी जहाज चल्ने कुरा गरे । रेल र पानी जहाज ल्याउने कुरा गरे । दीर्घकालीन रुपमा नेपालमा रेल र पानी जहाज पनि ल्याउन सकिन्थ्यो होला । ल्याउनु नै पर्ने छ होला । यो कुरा आफ्नो ठाउँमा छँदै छ । तर यो न नेपाली समाजको तत्कालीन माग हो । न त आवश्यकता हो । न प्राथमिकताको कुरा हो । न त सजिलै संभव कुरा पनि । फेरि पनि फोस्रो गफ छाँटेर केपी ओलीले सस्तो लोकप्रियता हासिल गर्न खोजे । नेपालमा पानी जहाज ल्याउने कुरा गरे । रेल ल्याउने गरे । नेपालमा पानी जहाज ल्याउने कुरा त वी पी कोइरालाले पनि भनेका थिए । उनलाई कसैले पनि व्यंग्य गरेनन् । किनकि उनले नेपालमा पानी जहाज आज वा भोलि नै ल्याउने कुरा गरेका थिएनन् । बरु त्यस्तो माग राखेका थिए । उनले भनेका थिए हामीले नेपालका नदीहरूलाई एक ठाउँमा डोलाएर समुद्रसम्म नेपालको झण्डा हल्लाउँदै पानी जहाज चलाउन पाउनु पर्दछ । भारतले हामीलाई बाटो उपलब्ध गराउनु पर्दछ । तर के पी ओलीहरू राष्ट्रघाती महाकाली सन्धि, राष्ट्रघाती अपर कर्णाली सन्धि र राष्ट्रघाती अरुण तेस्रोको सम्झौता गरेपछि वी पीको नेपालले पानी जहाज चलउन पाउने संभवानामाथि पनि तुराषापात भैसकेको अवस्था छ ।
के पी ओलीले भारतसित गरेको राष्ट्रघाती अरुण तेस्रोको राष्ट्रिय गद्दारीलाई लुकाउन रेल र पानी जहाजका कुराकानी गरेका थिए । यो उनको हवाई कुरा थियो । अहिले मान्छ्ेहरूले मिया की जुती मिया के शिर भने जस्तै व्यंग्यकार के पी ओलीमाथि व्यंग्य वाण प्रहार गर्दै भन्न थालेका छन् । नेपालमा चारैतिर बाढी आएको सन्दर्भमा गाडी पानी माथि कुदाउँदा ओलीको पानी जहाज भन्दै व्यंग्य वाण गर्दा त्यसले खुदै ओलीलाई नदुखे पनि उनका कट्टर समर्थकलाई भने साह्रै नै दुखेको छ । पोलेको छ । भित्र भित्रै भुट्भुटिने गराएको छ । मुरमुरिने गराएको छ । यसैले उनीहरू यसरी व्यंग्य बाण कस्नेहरूलाई साइबर कानून अन्तर्गत दण्डित गर्ने कुरा गर्दैछन् । जेल हाल्ने कुरा गर्दैछन् । वास्तवमा ओलीका फोस्रा कुरा मन नपराउने मान्छेले मिया की जुती मिया के शिर का पाराले उनीमाथि व्यंग्य प्रहार गर्नु कुनै राष्ट्रघात गर्नु जत्तिको गंभीर अपराध त निश्चय होइन । यसैले ओलीका कट्टर समर्थकहरू सिस्नुले पोल्यो मन मनैको पाराले बस्दा राम्रो हुँदो हो । उनीहरूले यो कुरा स्वयं ओलीका अगाडि बिन्ती बिसाए शायद उनले बोक्सिनीको आरोप लागेकी आमाले छोरा छोरीलाई जवाव दिएजस्तै जबाव दिंदै भन्दथे होला –भन्न देऊ । जस्तो देख्छन् त्यस्तै भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?