ट्रेंडिंग:

>> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने

कपिलवस्तु राष्ट्रिय मूर्ती कार्यशाला स-यो

२२ चैत्र २०७९, बुधबार
२२ चैत्र २०७९, बुधबार

लुम्बिनी, २२ चैत ।

लुम्बिनी विकास कोषले विभिन्न संस्थाहरुको साझेदारीमा चैत २३ गतेबाट कपिलबस्तुको पर्यटकीय स्थल सगरहवामा गर्ने भनेको कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सरेको छ । सगरहवा पुरातात्विक महत्वको स्थल भएकाले हेरिटेज प्रभाव मूल्यांकन प्रतिवेदन नआई सकेका कारण कार्यशालाको मिति पछाडि सार्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष एंव कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

कार्यशालाका संयोजक कपिलवस्तु नगरपालिका नगरप्रमुख सुदिप पौडेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भटराई, कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेती सहित मुर्तिकारहरुको टोलीले मंगलबार स्थलगत अवलोकन समेत गरेको थियो ।

अवलोकन पश्चात ढुंगा व्यवस्थापनको पूर्णता र बिद्युत व्यवस्थापन हुन बांकी रहेको, मुर्तिकारहरुले ढुंगाको थ्रिडी तस्वीर प्राप्त गरेपश्चात मात्र मूर्तीको म्याकेट पठाउनुपर्ने भएकाले प्राविधिक रुपमा पनि समय सार्नुपर्ने अवस्था आएको आयोजकहरुको भनाई छ । कार्यशालाको नयाँ कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।

सगरहवाको एतिहासिक तथ्य सम्बन्धी मुर्तिकारहरुलाई प्रदान गरी अध्ययनका लागि चैत्र ३० सम्मको समय दिइएको छ । मूर्तिकार एंव विज्ञ समुह, बौद्ध धर्मगुरु, बिश्व बिद्यालयका सम्बन्धीत बिषयका प्रोफेसर सहितको भर्चुअल कार्यशाला २०८० वैशाख ४ गते गरिनेछ । भर्चुअल संवाद पछि बैशाख १० गते भित्र मूर्तिकारहरुसंग सगरहवाको बौद्धकालिन कथामा आधारित म्याकेट प्रदान गर्ने र वैशाख १२ देखि १५ गते भित्र म्याकेट फाइनल गरी छनौट भएको मुर्तिकारसंग सम्झौत गर्ने कार्यसुची तय गरिएको कोषाध्यक्ष भट्टराईले बताए ।

म्याकेट तयार भएपछि मात्रै मात्रै मूर्तिकला कार्यशाला आरम्भ गर्ने मिति तय हुने जनाइएको छ । कार्यतालिकामा भएको हेरफेरले साझेदार र सहयोगी संस्थाहरुप्रति पर्न गएको असुविधा कपिलबस्तु राष्ट्रिय मूर्तिकार्यशालाका तर्फबाट निर्देशक समितिले क्षमा याचना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?