ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

स्कुल यस्तै भए…

२१ मंसिर २०७५, शुक्रबार
२१ मंसिर २०७५, शुक्रबार

धेरजसो बालबालिकाहरू विद्यालय जान आनाकानी गर्ने प्रशस्त उदाहरण भेटिन्छन् । विद्यालय गएपछि घर फर्किन उनीहरूलाई अझ हतार हुनेगर्छ । कतिपय अभिभावकहरूलाई आफ्ना सन्तानलाई विद्यालय पु¥याउनै मुश्किल पर्ने गरेको समेत अनुभव देखिन्छन् । तर, ज्योती प्राथमिक विद्यालय माण्डवी गाउँपालिका–५ चकचके प्यूठानका बालबालिकाहरू घरमा भन्दा विद्यालयमै रमाउन बढी लालायित हुन्छन् । कारण,‘बालमैत्री बातावरण ।’
विद्यालयले बालमैत्री संरचना निर्माण गरेपछि बालबालिकाहरू आकर्षित हुँदै जान थालेका हुन् । दुइवर्ष अघि विद्यालय प्रांगणमै बनाइएका बालमैत्री विभिन्न संरचनाले उनीहरूको मन तानेको छ । विद्यालय आँगनमा पिङ, चिप्लेटी, टायरको टनेल, बालमैत्री पानीका धारा निर्माण भएका छन् । ‘घरमा भन्दा विद्यालयमै बालबालिकाहरू धेरै समय बिताउन चाहान्छन्’, बालविकासमा कार्यरत शिक्षिका विष्णुमाया बस्नेतले भनिन्,‘ईन्टरवलमा बालवालिकाहरूले समय बिताएको पत्तो पाउँदैनन् ।’ बालमैत्री संरचनाले गर्दा बालबालिकाहरूको विद्यालयमा उपस्थिति नियमित हुँदै गएको उनको भनाइ छ । विद्यार्थीको समग्र सिकाइ उपलब्धीलाई समेत यसले साथ दिएको उनी बताउँछिन् ।

बालविकासदेखि कक्षा पाँचसम्म ९६ जना बालवालिकाहरू अध्ययनरत रहेको प्रधानाध्यापक केशवराज शर्माले जानकारी गराए । गाउँपालिकाभित्र पर्ने सिमलचौर, कालीखोला, चकचके लगायतका बालबालिकाहरू यहाँ पढ्न आउने गरेका छन् । ‘बालबालिकालाई रमाइ रमाई पढ्ने वातावरण मिलाएका छौँ’,उनी भन्छन्,‘घरभन्दा स्कुल प्यारो लाग्न थालेको छ ।’ बालबालिकाहरूको सिकाइ उपलब्धी ६६ प्रतिशत रहेको उनले सुनाए ।

‘गर्दै–सिक्दै, खेल्दै–सिक्दै’को अवधारणा अनुसार विद्यालय प्रशासन अघि बढेको उनी बताउँछन् । तीन कक्षासम्म विद्यार्थीका लागि भुइँबसाइँको समेत व्यवस्था मिलाएको उनले जनाए । ‘दण्डरहित बातावरणमा पढ्ने व्यवस्था मिलाएका छौँ’,शर्माले भने,‘बालबालिकालाई गाली गरेर होइन, मायाँ गरेर पढाउने गर्छौ ।’ बालमैत्री भौतिक संरचना बनाउनका लागि अभिभावकहरूले समेत साथ दिएको शर्माले जानकारी गराए । गत जेठमा विद्यालको स्तरोन्नतीका लागि महायज्ञ समेत संचालन गरेर रकम बचत गरेको शर्माले जानकारी दिए । गाउँघरमा सन्तान जन्माउने चलनमा कमी आउँदा विद्यार्थी भर्नाको दर कमीहुँदै गएको उनी बताउछन् । विद्यालयमा बालविकासका दुई जना सहित सातजना शिक्षकहरू कार्यरत रहेका छन् । शिक्षक अनुपातमा विद्यार्थी संख्यामा कमी भएको बताउँदै शर्माले आगामी शैक्षिक शत्रमा भर्ना दरलाई बढाउने योजनाका साथ अघि बढेको उल्लेख गरे । बालमैत्री संरचनामा विद्यालय अघि देखिएको माण्डवी गाउँपालिकाका स्रोतव्यक्ति बोधिराज घिमिरले जानकारी गराए । उनका अनुसार गाउँपालिकाभरी २६ सामुदायिक र दुइवटा संस्थागत विद्यालय संचालनमा छन् । शिक्षक अनुपातको तुलनामा विद्यार्थी कम भएकाले संख्या बढाउन पहल गर्न उनले विद्यालयलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?