Logo
१४ जेष्ठ २०८०, आईतवार
मुख्य खबर

७० घरधूरीका लागि ७२ लाखको सिंचाइ योजना


सल्यान  चैत–७० भन्दा बढी किसानको खेतियोग्य जमिनमा सिंचाइ सुविधा पुर्याएर कृषि उत्पादन वृद्धि गर्ने उद्देश्य सहित सल्यान बागचौर नगरपालिकामा योजनाको निर्माण कार्य सुरु भएको छ । बागचौर नगरपालिका वडा नम्बर २ मा संचालन हुने उक्त सिंचाइ योजनाको लागि साढे ७२ लाख बढी खर्च हुने छ । फारुला, तिवाचौर, पाँचगैरे, सिचाइ योजनाको निर्माण कार्य सुरु भएको नगरपालिकाले जनाएको छ ।
योजनाको लागि नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणले ५८ लाख ८० हजार ६२६ र बागचौर नगरपालिकाले दुइ लाख ५९ हजार ३४४ रुपैया बजेट विनियोजन गरेको छ । यसमा जनश्रमदान ११ लाख १८ हजार ४४२ रुपैयाँ गरी कुल ७२ लाख ५८ हजार ४१२ रुपैयाँ लागतमा सिँचाइ योजना सम्पन्न गर्ने लक्ष्य रहेको छ । चिल्ढालेको तल्लो भाग शारदा नदिबाट सुरु हुने सिँचाइ नहर बागचौरको जिउलासम्म पुग्ने छ ।
यसबाट ७० भन्दा बढी घरधुरीले प्रत्यक्ष सिंचाइको सुविधा पाउने नगर प्रमुख जनकराज गौतमले बताए । कृषि क्षेत्रको विकासको लागि यस योजनाले किसानलाइ धेरै सहयोग पुर्याउने अपेक्षा राख्दै उनले समयमै योजना सम्पन्न गर्न निर्माण समितिलाइ आग्रह गरे । आगामी असार १५ गते सम्म योजना सम्पन्न गर्ने गरि काम भईरहेको निर्माण समितिका अध्यक्ष दिपक डिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग   >>   रेशम चौधरीलाई आममाफी दिन सरकारको  सिफारिस   >>   लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयक पेश हुँदै   >>   भारत भ्रमणबारे प्रधानमन्त्रीले सामूहिक छलफल गर्दै   >>   कोशी प्रदेश नामाकरणविरुद्ध प्रदेश सभाको बैठक अवरुद्ध गर्ने प्रयास,२३ जना पक्राउ