ट्रेंडिंग:

>> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी >> ‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य

कपिलवस्तुमा साढे पाँच सय एचआईभी संक्रमित

१६ मंसिर २०७५, आईतवार
१६ मंसिर २०७५, आईतवार

कपिलवस्तु जिल्लामा ५ सय ५१ एचआईभी संक्रमित फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत साउनसम्म सो संख्या पत्ता लागेको हो । गत साउनसम्म १सय १६ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये ५सय १ जनाले आयू लम्बाउने एआरटी नामक औषधी सेवन गर्दै आएको समर्पण सहयोग समूहका रामबहादुर भरले जानकारी दिए ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा ३१औं एचआईभी, एड्स दिवसको अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुद्वारा जिल्लाको चन्द्रौटामा आयोजित अन्तरक्रिया कार्यक्रममा भरले सो विषयमा जानकारी गराएका हुन् । उनले भने – “एचआईभी संक्रमितमध्ये ५६ जना बालबालिका छन् । संक्रमित बालबालिकाहरूले मासिक १ हजार रकमका दरले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।” कूल संक्रमितमध्ये ६० प्रतिशत महिलाहरू रहेको समर्पण समूहका भरले बताए । उनका अनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार ७सय ४७ रहेको छ ।
जिल्लामा एक हजार बढी एचआईभी संक्रमित भएपनि समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्दा अधिकांश संक्रमित खुल्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएकोछ । खुलेका मधये ९० प्रतिशत बढी रोजगारीका लागि भारत जाँदा असुरक्षित यौन सम्पर्क गर्दा संक्रमित भएको स्वास्थ्य कार्यालयको तथ्यांकलाई उदृत गर्दै समर्पण समूहका भरले बताए । संक्रमित पतिबाट पत्नीमा संक्रमण सरेको अनुसन्धानले देखाएको भरको भनाई छ । खुला सीमाका कारण नेपाली नागरिक एचआईभीको जोखिममा परेको विभिन्न तथ्यांकले देखाएको वताइएको छ । साथै गाउँगाउँमा एचआईभीबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन भएपछि पछिल्लो समय संक्रमितहरू खुल्न थालेको उनको भनाई छ ।
“नेपालमा लैंगिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार” भन्ने नारासहित गत मंसिर ९ गतेदेखि २७औं अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियानमा दुई दर्जन बढी संघसंस्थाहरूले ऐक्यबद्धता जनाएका छन् । अभियानकै क्रममा एचआईभी एड्स दिवसमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको अगुवाईमा कार्यक्रम गर्नुपर्ने भएकाले अभिमुखीकरण कार्यक्रम राखिएको संघका अध्यक्ष गोपाल बहादुर क्षेत्रीले बताए । जसको व्यवस्थापन वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्तीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले एचआईभी संक्रमण न्युनीकरणका लागि जनचेतना कार्यक्रम आवश्यक रहेको वताइन् । हाम्रो समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्दा अझैपनि कतिपय संक्रमित खुल्न नसकेको उपप्रमुख थारुले बताइन् । समाजमा पुरुषबाट मात्र नभई महिलाबाट नै हिंसा भएको न्यायिक समितिमा कतिपय उजुरीहरू पर्ने गरेको उनले सार्वजनिक गरिन् ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव नरबहादुर खडकाले आजैबाट आफू, आफ्नो घरपरिवार र कार्यालयमा कुनै पनि किसिमका हिंसा हुन नदिने प्रण गरेका थिए । यसैगरी कार्यक्रममा राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका जिल्ला सभापति विष्णुप्रसाद खतिवडा, महिला मानव अधिकार रक्ष सञ्जालकी जिल्ला अध्यक्ष मीना परियार लगायतले महिला हिंसा अन्त्यका लागि आफैंबाट शुरुवात गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा शिवगढी साहित्य संगमका अध्यक्ष अर्जुन पौडेलले महिला हिंसा र एचआईभीका बारेमा रचना बाचन गरेका थिए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?