Logo
२३ जेष्ठ २०८०, मंगलवार

वसन्त र अस्मिताको ‘एउटा मुटुमा’ वर्षा र सुनिल


बुटवल, ८ चैत ।

गायक तथा संगीतकार वसन्त लम्साल तथा गायिका अस्मिता अधिकारीको स्वरको नयाँ यूगल गीत ‘एउटा मुटु कसलाई पुर्याउने’ सार्वजनिक भएको छ ।

लोक भाकाको यो गीतलाई संगीतकार वसन्त लम्सालले संगीतबद्ध गरेका छन् भने नविन मल्लले यो गीत रचना गरेका हुन् । विश्वास नेपाल यो गीतका संगीत संयोजक हुन् । सुनिल क्षेत्रीद्वारा कोरियोग्राफी तथा निर्देशन गरिएको यो गीतको म्युजिक भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी तथा निर्देशक क्षेत्रीले आकर्षक अभिनय तथा नृत्य गरेका छन् । दुर्गा पौडेलद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?