ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

शिवराजमा निःशुल्क शिक्षाको अभ्यास

निःशुल्क शिक्षा लागू भएकोमा आम नागरिकले सकारात्मक पाटोको रूपमा लिएका छन् । सर्वसाधारणका बालबालिकाहरू समेत शिक्षासँग जोडिने अवसर पाएका छन् । विद्यालयमा शुल्क तिर्न नपरेपछि दिउँसोभरी काम गरेर गुजारा चलाउने नागरिकका लागि त झनै सहज भएको छ ।
१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार

चन्द्रौटा (कपिलवस्तु), १२ बैशाख । २०७९ साल बैशाख ५ गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो । हरेक उम्मेदवार आ–आफ्नो पार्टी तथा स्थानियस्तरमा देखे, भोगेका समस्यालाई मध्यनजर गर्दै चुनावी एजेन्डा बनाएका थिए । जसमा कतिपयले पुरा गरे त कतिपय तयारी थालेका छन् । यस्तै उदाहरण बनेका छन् कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापा । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका हुन् ।
उनले निर्वाचनको बखत निःशुल्क शिक्षाको मुख्य एजेन्डा बनाएका गाउँगाउँ पसेर आम नागरिकलाई सुझाई बुझाई मेयर पदमा निर्वाचित भएका छन् । यतिबेला देशैभरिमा निःशुल्क शिक्षा लागू भएको शिवराज नगरपालिका दोस्रो नगरपालिका हो । निःशल्क शिक्षा लागू हुनु आफैमा एकदमै सराहनीय विषय हो । देश, समाज तथा मानवीय जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन शिक्षाको महŒवपूर्ण भूमिका हुने गर्छ । शिवराज नगरपालिकामा निःशूल्क शिक्षा लागू भएको झन्डै एक बर्ष भएको छ ।

निःशुल्क शिक्षा लागू भएकोमा आम नागरिकले सकारात्मक पाटोको रूपमा लिएका छन् । सर्वसाधारणका बालबालिकाहरू समेत शिक्षासँग जोडिने अवसर पाएका छन् । विद्यालयमा शुल्क तिर्न नपरेपछि दिउँसोभरी काम गरेर गुजारा चलाउने नागरिकका लागि त झनै सहज भएको छ । शिवराज नगरपालिका वडा नम्बर ५ घर भएका दुःखराम थारुले भने : “आफैलाई गासवास कपास जुटाउन गाह्रो भएको बेला नगरपालिकाले निःशुल्क शिक्षा लागू गरेर सहजता प्रदान गरेकोमा नगरपालिकाप्रति धन्यवाद छ” उनले थपे “तर निःशुल्क त भयो तर अझै पनि कतिपय बालबालिका विद्यालयको पँहुचभन्दा बाहिर रहेका छन् निःशुल्क मात्रै हो कि अनिवार्य पनि हो ?”

शिवराज नगरपालिका वडा नम्बर ९, बानियाभारमा रहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बिक्रम केसीले नगरपालिकाले निःशुल्क शिक्षा गर्दा सिमान्तकृत वर्गका आम नागरिकका बालबालिकालाई समेट्न सकेको बताए । अत्यन्तै कम दरबन्दी भएको स्थानमा विगतका दिनमा शिक्षक परिपूर्ति गर्न थुप्रै किसिमका समस्याहरू झेलेको स्मरण गर्दै अहिले त्यसबाट छुटकारा पाएको उनी बताउँछन् । विद्यालयले भोग्दै आएको शिक्षक व्यवस्थापनका समस्याहरू किनार लागेको बताउँदै नगरको निर्णय सकारात्मक रहेको प्राधनाध्यापक केसीले बताए । विद्यार्थीको अनुपातमा शिक्षक व्यवस्थापन नहुँदा गुणस्तरिय शिक्षामा नागरिकको प्रश्न उठ्न थालेका उनले जिकिर गरे ।

निःशुल्क शिक्षामा नगरपालिका अघि बढेको प्रसंसायोग्य रहेको बताउँदै बालमैत्री वडामा समेत अझै अधिकांश विद्यार्थीहरू विद्यालयको पहँुच बाहिर रहेको उनको भनाई छ । केसीका अनुसार विद्यालय बाहिर रहेका विद्यार्थीहरूलाई विद्यालयसँग जोड्न सके मात्रै निःशुल्क शिक्षा कार्यान्वयन हुने छ । नगरपालिकाले निःशुःल्क र अनिवार्य शिक्षा हो भने त्यसरी नै अघि बढ्न आवश्यक छ । कतिपय अभिभावकहरूमा बालबालिका विद्यालय पठाउनु पर्छ भन्ने सोँच पनि नभएको पाईन्छ तर्सथ सचेतनामूलक कार्यक्रम गर्न नगरपालिकाले तत्र्पता देखाउन महत्वपूण रहेको देखिन्छ ।
निःशुल्क शिक्षाले समाजमा सकारात्मक प्रभाव देखिए पनि व्यवहारमा चुनौतीपूर्ण छ । एकतिर विद्यालयहरूले निजी स्रोतका शिक्षकहरूलाई व्यवस्थापन गर्दा निकै सकस परेको थियो पालिकाले लागू गरेपछि समस्याबाट छुटकारा भएको अधिकांश विद्यालयका शिक्षकहरू बताउँछन् । अर्कोतिर गुणस्तरीय शिक्षाको सवालमा नागरिकको प्रश्न उठ्न थालेपछि नगरपालिकालाई हम्मेहम्मे परेको छ ।
एक शिक्षकले करिब करिब १ सय बराबर विद्यार्थीहरूलाई अध्यापन गराउँदा समस्या हुने गरेको देखिन्छ । नगरपालिकाले विद्यार्थीको अनुपातमा हरेक विद्यालयलाई शिक्षक व्यवस्थापन समेत गर्न नसक्दा असहज भएको जनगुनासो व्यापक छ । निःशुल्क शिक्षा लागू गर्दा कतिपय विद्यालयमा कक्षाको स्तर घटाएकोमा स–साना बालबालिकालाई विद्यालयसम्म पुग्न गाह्रो हुने गरेको छ । यातायातको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जान नसक्दा समस्या बढेको बताईन्छ ।

यस्तै शिवराज नगरपालिका वडा नम्बर १, शिवपुरमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले निःशुल्क शिक्षा लागू गर्नु सकारात्मक रहेको बताए । कार्य गर्दै गर्दा चुनौती आउँछ तर गरे असम्भव केही नरहेको उल्लेख गर्दै निःशुल्कमात्रै नभएर अनिवार्य गर्न समेत जरुरी रहेको जनाए । शिक्षाको शुल्क मात्रै नभएर गुणस्तर, शिक्षक, विद्यार्थी लगायत भौतिक संरचनामा समेत ध्यान पु्याउनुपर्ने उनको भनाई छ । विद्यालयभन्दा दुरी टाढा रहेको विद्याथीहरूका लागि पालिकाले सवरी साधनको व्यवस्थापन गर्न उनले सुझाएका थिए ।
यता नगरपालिकाका प्रमुख अजय थापाले स्थानियहरूको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले निःशुल्क शिक्षा लागू गरिएको बताए । यसलाई प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउँदै पालिकाले अझै अब्बल बनाउने योजना रहेको उनले जनाए । आफूले चुनावको बखत बनाएको चुनावी एजेन्डालाई समेत पूरा गरेको थापाले जिकिर गरे । शिवराज नगरपालिकाका सबै विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकहरूको व्यवस्थापन भएको उनको दाबी छ ।

हरेक सामुदायिक विद्यालयले निजी स्रोतका शिक्षक पालनको लागि भइरहेको समस्याहरूको अन्त्य भएको जनाउँदै शिक्षक अब पूर्णरूपमा अध्यापनमा मात्रै ध्यान केन्द्रित गर्न आग्रह समेत गरे । शिवराज नगरपालिकाले नगरको सबै क्षेत्रभन्दा शिक्षामा लगानी बढी गरेको नगर प्रमुख थापाको भनाइ छ । उनका अनुसार समाजका आम नागरिक शिक्षाको पहँुचमा नभएसम्म समाज परिवर्तन नहुने बताउँछन् । सिमान्तकृत वर्गका नागरिकहरूलाई शिक्षाका मूलधारमा ल्याउन आवश्यक छ । विद्यालयका भौतिक संरचना लगायतको अन्य क्षेत्रमा समेत पालिकाले निगरानी तथा अनुगमन गरेर शिक्षा क्षेत्रमा नौलो आयम ल्याउन खोजेको सर्वधितै रहेको विद्यमान छ । भौतिक संरचना सम्पन्न रहेको स्थानमा शिक्षकसमेत पूर्णरूपमा व्यवस्था छ । कहिकतै देखिएका समस्यालाई पालिकाले सुल्झाउने प्रतिबद्ध रहेको र विशेषगरी ग्रामिण भेगमा विद्यालयको पँहुचमा नरहेका बालबालिकाहरूलाई शिक्षासँग जोड्न अभिभावकसँग अन्र्तक्रिया, सचेतनामूलक कार्यक्रम र सरकारी सेवा सुविधमा रोक लगाइ विद्यालय जाने उमेर समूहका बालबालिकालाई जाने गरी पहल गर्ने योजना छ । विद्यालयभन्दा घरको दुरी टाढा रहेका विद्यार्थीका लागि साईकल वितरण गर्ने कतै गाडीको व्यवस्थ नगरले गर्ने छ ।

निःशुल्क शिक्षा लागू भएदेखि ५ देखि १० कक्षासम्मको सामुदायिक विद्यालयमा विद्यार्थीहरूको चाप बढेको छ । सामन्य परिवारका नागरिकले समेत आफू खाइ नखाई निजी विद्यालयमा अध्यायपन गराइरहेका थिए । अहिले निःशल्क भएदेखि संख्या बढेको बढेको देखिन्छ । आगामी दिनमा गुणस्तरीय र सीपमूलक पढाईमा जोड दिँदै आधुनिक शिक्षामा पालिकाले प्राथमिकता दिने योजना छ । कार्यपालिकाको निर्णयबाट निःशुल्क शिक्षासँगै सार्वजनिक पद धारण गरेका जनप्रतिनिधी तथा कर्मचारीहरूले आफना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । तर पनि अहिले पनि कतिपय जनप्रतिनिधि तथा कर्मचारीले निजी विद्यालयमा पढाउने गरेका मेयर प्रमुख थापा बताउँछन् । निःशुल्क शिक्षा शिवराज नगरपालिकामा लागू हुन नदिन राजनीतिकरण गरेको उनको आरोप छ । आफैले बनाएको नीति पालन नगर्नेलाई कानुनी प्रक्रियामा जाने समेत उनको भनाई छ । शिवराज नगरपालिकामा हालसम्म सामुदायिक तथा धार्मिक गरी विद्यालय ७८ वटा, विद्यार्थी २१ हजार ७ सय ६९ जना र शिक्षक ४ सय २ रहेका छन् । जसमध्ये १३५ स्थायी, ६४ राहत, ५ अस्थायी र स्वंयसेवक शिक्षक १ सय ९८ जना शिक्षक रहेको नगरपालिकाले जनाएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?