ट्रेंडिंग:

>> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण

प्रतिमा बस्नेत स्मृति सहयोगी संस्थाको साधारणसभा

२९ कार्तिक २०७५, बिहीबार
२९ कार्तिक २०७५, बिहीबार

प्रतिमा बस्नेत स्मृति सहयोगी संस्थाको छैठौं साधारणसभा तथा सातौं प्रतिमा जयन्ती समारोह सम्पन्न भएको छ । सो अवसरमा बिभिन्न बिद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार ३० जना बिद्यार्थीलाई छात्रवृति प्रदान गरिएको थियो ।
साथै समाजका बिभिन्न क्षेत्रमा कृयाशिल रहि उत्कृष्ट योगदान पुराए बापत बिभिन्न समाजसेवी, शिक्षापे्रमी महानुभावहरूलाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोहि अवसरमा पत्रकारिता क्षेत्रबाट सवारी दुर्घटना न्यूनिकरण, महिला तथा बाल अधिकारका क्षेत्रमा योगदान पुराए बापत पत्रकार सन्जु पौडेललाई प्रतिमा बस्नेत महिला पत्रकारिता पुरस्कारबाट सम्मान गरियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ र संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतले पुरस्कृत पत्रकार पौडेललाई पुरस्कार राशी नगद रु. ५ हजार, दोसल्ला र प्रसंसा पत्र प्रदान गरेका थिए । साथै लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान पुराए वापत बुटवल माबिका प्रधानाध्यापक मो. महवुव खाँलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रूपन्देहीका अध्यक्ष प्रेमलाल उदास, समाजसेवी तथा बुटवल नगरपालिकाका पूर्व उपप्रमुख बिमल बहादुर शाक्य, पुरस्कृत पत्रकार सन्जु पौडेल, सम्मानित ब्यक्तित्व मो. महवुव खाँ, समाजसेवी छवि नेपाल, वडा अध्यक्ष महेन्द्र लिगल, संस्थाका अध्यक्ष नरेन्द्र बस्नेत लगायतले संस्थाको कार्यक्रम, उद्देश्य र महत्वबारे चर्चा गरेका थिए ।
कार्यक्रममा उमेरले बृद्धबृद्धा भएपनि नागरिकता नपाएका कारण बृद्धभत्ता पाउन बन्चित भएका ४ जनालाई संस्थाले बार्षिक २ हजार ४ सयका दरले बृद्धभत्ता उपलब्ध गराएको थियो । सवारी दुर्घटनामा परि अल्पायु मै जीवन गुमाउन पुगेकी आफ्नी छोरीको स्मृतिमा स्थापना गरिएको सो संस्थाको आयोजनामा हालै रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?