ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने
कृषिका कुरा

बजार भाउले अलैंचीमा किसानमा फक्रिएन मुस्कान

गत वर्षभन्दा करिव आधा कम मुल्यमा अलैची विक्रि गर्नुपरेपछि यहाँका किसान निराश छन् ।
२ फाल्गुन २०७९, मंगलवार
२ फाल्गुन २०७९, मंगलवार

सल्यान -सल्यानको करिव १५ हेक्टर जमिनमा अलंैची खेती हुने गर्छ । तर गत वर्षभन्दा करिव आधा कम मुल्यमा अलैची विक्रि गर्नुपरेपछि यहाँका किसान निराश छन् । अलैंचीले बजार भाउ नपाएपछि किसान सस्तो मूल्यमै बिक्री गर्न बाध्य भएका हुन् । गत वर्ष एक हजार १०० रूपैयाँ प्रतिकिलोसम्म मूल्य पाएको अलैंची यस वर्ष मुस्कीलले प्रतिकिलो ५०० रूपैयाँमा विक्रि हुनेगरेको छ ।
कुमाख गाउँपालिका–६ गोलकपुरका किसान चन्द्र वलीले गत साल २४० किलो अलैची बिक्री गरेर दुई लाख ६५ हजार रुपैयाँ आम्दानी गरेका थिए । तर यस वर्ष बजार मूल्य नहुँदा एक लाख ५० हजार रूपैयाँमात्र आम्दानी भएको उनले बताए । उनले भने, ‘राम्रो मुल्य पाइन्छ की भनेर केही समय त कुरेर बसेँ । तर घरव्यवहार चलाउनु नै पर्याे, सस्तो मुल्यमा विक्रि गरेँ ।’ २०७२ सालदेखि व्यावसायिक अलैंची खेती गर्दै आएका वलीले आफूले उत्पादन गरेको २ सय ६९ किलो अलैंची ५६० का दरले बिक्री गर्न बाध्य भएको बताए ।
विगतमा व्यापारिहरु अलैंची खरिदका लागि किसानहरुको घरमै आउने गर्दथे । तर अहिले अलैंचीको मूल्य घटेसँगै व्यापारिहरु आउन छाडेका छन् । गत वर्षको अनुपातमा यस वर्ष अलैंची उत्पादन पनि कम भएको कृषक हरिराजसिंह राठौरले जानकारी दिए । उनले यस वर्ष अलैचीको प्रतिकिलो ७०० रूपैयाँ हात पारे । यस वर्ष उत्पादन र बजार मूल्य दुवै घटेको बताउँदै उनले कौडीको भाउमा अलैची बिक्री गर्नुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे ।
पहाडी भूभागमा वर्षातमा बढी पानी पर्ने र हिउँदमा बढी तुषारो र खडेरी पर्ने गरेकाले पनि अलैंची खेती गर्ने किसानहरुको आम्दानी मौसम अनुसार घटबढ हुने गरेको अर्का कृषक हरिबहादुर बुढाथोकीले बताए । कृषि विकास कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष ०७९÷८० मा जिल्लाभर १५ हेक्टर क्षेत्रफलमा १७ मेट्रिक टन अलैंची उत्पादन भएको थियो ।
खोल्सीको सुन पनि भनिने अलंैची विभिन्न जडिबुटि तथा मसलाको रुपमा पनि प्रयोग गरेको पाइन्छ । सामान्य गोडमेल र रेखदेख गरे पनि पुग्ने जस्ता कारणले किसानहरूको यसतर्फ आकर्षण बढेको पाइएपनि ह्वात्तै मुल्य घटेपछि यसवर्ष किसानहरु निराश भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?