ट्रेंडिंग:

>> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी

देवकोटा मावि सुनवलमा राष्ट्रपति रनिङ्ग शिल्ड हुँदै

२ माघ २०७९, सोमबार
२ माघ २०७९, सोमबार

सुनवल, २ माघ ।

पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । अगामी बुधवारदेखि तीन दिन सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको सोमबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

सुनवलका सामुदायिक र संस्थागत गरी ५५ वटा विद्यालयका विद्यार्थीले भाग लिने प्रतियोगितामा १७ ओटा विधामा छात्रछात्राका लागि छुट्टाछुट्टै ३४ वटा खेल हुने देवकोटा माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले जानकारी दिए । राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत भलिबल, विभिन्न दुरीको दौड, हाई जम्प, लङ्ग जम्प, ट्रिपल जम्प, सटपुट, कबड्डी, ज्याभ्लिन थ्रो, तेक्वादो, कराँते लगायतका खेल हुने छन् । ३ हजार मिटर दुरीको दौड सुनवल–परासी सडक खण्डमा हुने छ भने बाँकी सबै खेल विद्यालयकै परिसरभित्र हुने विद्यालयका प्रधानाध्यापक तथा खेल संयोजक खेमराज जोशी शर्माले जानकारी दिए । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको ंसशेधित निर्देशिका अनुसार १८ वर्ष पुरा नभएका कक्षा १२ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउँछन् । प्रतियोगिता सम्पन्न गर्न विभिन्न १६ ओटा उपसमिति बनाएर तयारी तीव्र पारिएको छ ।

यसैबीच प्रतियोगितालाई थप आर्कषक बनाउन सांस्कृति कार्यक्रम र खाना महोत्सव (फुड फेस्टिबल) को पनि आयोजना गरिएको छ । विद्यालयमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुको क्षमतालाई प्रष्फुटन गर्न पनि फुड फेस्टिबलको अवधारणा ल्याईएको विद्यालयले जनाएको छ । प्रतियोगितामा सहभागी खेलाडीलाई खाना नास्ताको लागि पनि विद्यालय बाहिर जाँदा समस्या हुने भएकाले फुड फेस्टिबलको माध्यमबाट विद्यालय परिसर भित्रै खानाको व्यवस्था गरिने आयोजकले जनाएको छ । साथै स्थानीय कलाकार र विद्यार्थीले विविध सांस्कृति कार्यक्रम पनि प्रतियोगिताको दौरान प्रस्तुत हुने छ । खाना महोत्सव र सांस्कृतिक कार्यक्रमले प्रतियोगीलाई हौसला मिल्नुका साथै विद्यालयलाई समुदायसँंग जोड्न सघाउ पुग्ने अध्यक्ष अर्यालले विश्वास व्यक्त गरे ।

सो क्रममा बोल्दै पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, सुनवल ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले बालबालिकामा भएको अन्तरनिहित क्षमता प्रष्फुटन गरी खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np