ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

आर्थिक अभावले उपचारमा समस्या

१ माघ २०७९, आईतवार
१ माघ २०७९, आईतवार

कपिलवस्तु, १ माघ ।

“मेरो श्रीसम्पती जे भने पनि भएकी यिनै छोरी हुन् । यिनलाई केही भए, म बाँच्नुको के सार भयो र ?” कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिङ्गेकी ४२ बर्षीय दुर्गा पुनले गहभरी आशु झार्दै भनिन् । सम्पत्तीको नाममा जग्गाको एक टुक्रा जग्गा जमिन नभएकी उनलाई ७ बर्ष अघि भएकी एउटी छोरीलाई पनि मृगौला सम्बन्धी जटिल रोग लागेपछि झनै चिन्ताले सताएको छ ।

उनकी १७ बर्षीय छोरी आशिका पुन मृगौला सम्बन्धी जटिल रोग (नेफ्रोटिक सिन्ट्रोम) ले पीडित छन् । सो समस्याका कारण उनको पिसावबाट प्रोटिनको मात्रा निस्किएर उपचार नपाए शरीर सुन्निने गरेको छ । आफ्नो जग्गा जमिन नभएकी उनले आफ्नी बैनीको ६ घुर जग्गामा टिनको छानो हालेको घर बनाएकी थिईन । त्यस पछि ऋण धन गरेर ६ बर्ष अघि श्रीमान प्रेम बहादुर पुनलाई बैदेशिक रोजगारीमा मलेसिया पठाईन् ।

श्रीमानले मलेसियाबाट छोरीको उपचारका लागि नियमित पैसा पठाउन थाले । छोरी आशिकाको बुटवलमा उपचार सम्भव नभएपछि दुर्गाले काठमाडौंको कान्ती बाल अस्पतालमा निरन्तर उपचारका लागि लैजाने गरेकी थिईन् । तर, परिवार चलाउने र छोरीको उपचारका लागि बिदेशमा रहेका प्रेमको मुटुको समस्याले २०७७ भदौ २४ गते मृत्यु भयो । मुटुको समस्याले मृत्यु भएको भन्दै कम्पनीले उनका आश्रित परिवारलाई कुनै पनि रकम दिएन । यता, छोरीको उपचारका लागि धेरै समस्या परे १५÷२० दिनमा नभए एक महिनामा काठमाडौंको विर अस्पतालमा पुर्याएर उपचार गराउनु पर्ने बाध्यता दुर्गाको छ ।

पढाईमा अब्बल रहेकी आशिकालाई मोतीपुरको पारिजात ईङ्गलिस बोर्डिङ्ग स्कुलले निःशुल्क पढाएको छ । तर उपचारका लागि हिडिराख्ने भएपछि आशिकाको पढाई र परीक्षा प्रभावित हुने गरेको छ । अहिले बाख्रा पालेर जसोतसो घर खर्चको जोहो गर्दै आएकी दुर्गालाई छोरीको उपचारका लागि आवश्यक पर्ने मासिक ३०÷३५ हजार जुटाउन समस्या पर्दैै आएको छ ।

छोरीको लागि उपचारमा जाँदा छिमेकीले बाख्राहरुलाई हेरेर सहयोग गर्ने गरेका छन् । तर अहिले भने उपचारको रकम जोहो नहुँदा छोरीको अबको उपचार कसरी गर्ने भन्ने चिन्ता दुर्गालाई परेको छ । “श्रीमान हुँदासम्म जसोतसो उपचार खर्च जुटाएकी थिएँ । डाक्टर साहेबले लामो समय औषधि गर्नुपर्छ भन्नु भएको छ । छोरीको उपचार गर्न अब दाता र सहयोगीको खोजीमा छु” उनले गम्भीर हुँदै भनिन् । आफुसँग छोरीको उपचारका लागि श्रोत साधन नभएकाले समस्यामा परेको जनाउँदै उनले सहयोगी हातहरुसँग छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np