ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी

नेकपा एस सरकारमा जाने नजानेबारे अनिर्णित

१९ पुष २०७९, मंगलवार
१९ पुष २०७९, मंगलवार

बुटवल,१९ पुस ।  सरकारमा सहभागिताबारे नेकपा एसको बैठक निष्कर्षविहीन बनेको छ ।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अधिकांश नेताको दबाबका कारण बैठकले ठोस निर्णय लिन नसकेको एक नेताले बताएका छन् ।

पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने भएकाले निर्णय गर्न नसकिएको बताए ।

सोमबार पोलिटब्यूरो बैठकको सुरुवात गर्दै अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा सरकारलाई समर्थन गर्न नसकिने ब्रिफिङ गरेका थिए। नेपालको उक्त धारणा सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुका अध्यक्ष नेपाललाई सरकारको विपक्षमा जानेखालको निर्णय नलिइदिन आग्रह गरेका थिए।

प्रचण्डको उक्त आग्रहपछि दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय लिने जिम्मा सचिवालयलाई दिएको हो।

अब सरकारको नीति र कार्यक्रम हेरेर समर्थन र विरोध गर्ने निर्णय यो बैठकले सचिवालयलाई दिएको उनले बताए ।
सरकारमा सहभागिताका लागि अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नआएको पनि दोहोर्‍याए ।

सरकारमा सहभागिताबारे औपचारिक प्रस्ताव नआएकाले त्यसबारेमा अब सचिवालयले निर्णय गर्ने उनले बताए । एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा सहभागी हुनेबारे नेताहरू दुई धारमा बाँडिएका छन् । शनिबार र आइतबारको स्थायी कमिटीको बैठकले सरकारबारे निर्णय गर्न नसकेपछि सोमबार र मंगलबार पोलिटब्युरो बैठक बसेको थियो ।

२५ गते सत्ता गठबन्धनले ल्याउने नीति तथा कार्यक्रम हेरेर विश्वासको मत दिने नदिने निर्भर हुने पार्टी स्रोतले जनाएको छ ।

वैठकमा अध्यक्ष माधव नेपालले पार्टीका नेताहरू रामकुमारी झांक्री र मुकुन्द न्यौपानेलाई लक्षित गर्दै तीतो पोखेका छन् । उनले आफूलाई लागेको कुरा मिडियामा प्रचार गरेर पार्टी नबन्ने बताए ।
उनले सबै कुरा पार्टीमा छलफल गर्न नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीले पार्टीविरुद्ध गतिविधि गरेको बैठकमा कुरा उठेपछि अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन् ।
उनीहरूमाथि एमाले र माओवादीको पैरवी गरेको र आफ्नै पार्टी अध्यक्षको बद्ख्वाइँ गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?