ट्रेंडिंग:

>> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा

पराजितपछि काँग्रेसमा विवादः एक अर्कालाई कारवाही सिफारिस

१३ पुष २०७९, बुधबार
१३ पुष २०७९, बुधबार

चन्द्रौटा(कपिलवस्तु), १३ पुस ।

कपिलवस्तुको क्षेत्र नम्बर ३ नेपाली कांग्रेसमा विवाद सुरु भएको छ । गत स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै दुई पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

स्थानीय निर्वाचनदेखि संसदीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको भन्दै कांग्रेसभित्र संस्थापन पक्ष र इतर पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो । संसदीय निर्वाचनमा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अभिषेक प्रताप शाहले स्थानीय तहमा राप्रपाका उम्मेदवारलाई सहयोग गरेको आरोप लागेको छ ।

विपक्षी दलका प्रतिद्वन्दी स्थानीय निर्वाचनमा उम्मेदवार बनेका हुमाकन्त खनाल पराजित भएपछि शाहलाई आरोप लागेको हो । संसदीय निर्वाचनमा उम्मेदवार बनेका शाह आफू पराजित भएपछि कांग्रेसका केही नेताहरु विपक्षी पार्टीलाई सहयोग गरेको आरोप लगाएका छन् ।

कांग्रेसका जिम्मेवार पदमा रहेर पार्टीको विधान, नीति सिद्धान्त र पार्टी हित विपरीत कार्यहरूमा प्रत्यक्ष संलग्न आफ्ना उम्मेदवारलाई हराउने विपक्षीलाई जिताउने भन्दै आरोप लगाइएको छ । केही नेताहरुले क्रियशील सदस्यलाई समेत जप्रपा, एमाले लगायत शाहले प्रतिद्वन्दी दललाई मतदान गर्न उर्दी जारी गर्ने र पार्टी संगठनलाई कमजोर बनाउने गतिविधिमा निरन्तर सक्रिय रहि सहयोग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

असहयोग गरेका कार्यकर्तालाई कांग्रेसका विधान अनुसार साधारण सदस्य समेत नरहने गरी शाहले तत्काल कारवाहीको माग गरेका छन् । गुटबन्दीको नाममा अन्तरघात गर्नेहरु आगामी दिनमा निरुत्साहित हुने गरि माग गरिएको शाहद्घारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

शाहले जिल्ला सभापति अब्दुल कलामसहित उपसभापति हुमाकान्त खनाल, सचिव प्रेम बहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्याय, जिल्ला प्रवक्ता ईश्वरी प्रसाद पाण्डे, सदस्य हरि पोख्रेल, प्रदेशसभा सदस्य पदका उम्मेदवार बिरेन्द्र कनोडिया र मधु पोख्रेल लगायत दर्जन बढीलाई साधारण सदस्य समेत नरहने गरि कारवाहीको माग गर्दै केन्द्रीय कार्यालयलाई पत्र पठाएका छन् ।

यता क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले अभिषेक प्रताप शाह सहित ७ जनालाई कारवाहीको लागि जिल्ला सभापतिलाई पत्र लेखेका छन् । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह, जमिल खाँ, किफायत उल्ला खाँ, मथुरा यादव लगायतलाई स्थानीय तह तथा संसदीय निर्वाचनमा पार्टी उम्मेदवार विरुद्ध गतिविधि गरेको आरोप लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np