ट्रेंडिंग:

>> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
विचार

देश विकासका रोलमोडल

१२ पुष २०७९, मंगलवार
१२ पुष २०७९, मंगलवार

यसअघिको अंकमा देशको राष्ट्रपतिमा मेरो उम्मेदवारी किन भन्ने विषयक लेखमा विभिन्न तर्कहरु प्रस्तुत गरेको थिए । यो लेखमा भने देश विकासका लागि नयाँ सरकारले गर्नुपर्ने कामका विषयमा चर्चा छ । देशको आर्थिक विकासमा लगानीको सुनिश्चितता गर्न गैरआवासीय नेपाली नागरिकहरूको पनि संघीय प्रतिनिधिसभामा आलङ्कारिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्छ । करिव ३५ हजार मुक्त कमैया परिवार तथा २५ हजार मुक्त हलिया परिवारलाई उनीहरूले श्रम पोख्दै आएको जमिनको आधा हिस्सा प्रदान गरिनुपर्छ तर २०५७ सालतिर तत्कालिन सरकार र सदनले मुक्तिको नाममा ती सुकुम्बासी र हलियालाई जमिन्दारकोे जमिनमा बसिरहेको बुकुरो (छाप्रो) बाट नाङ्गेझार बनाइ खेद्ने काम मात्रै भयो । अर्को शब्दमा सामन्तको स्वार्थरक्षामा लागे । प्रतिपक्षी पार्टीहरुले पनि मौन समर्थन दिए । राज्यको चौंथो अङ्ग मानिएका पत्रकारले पनि ती निमुखा भूमिपुत्रको हितमा आफ्नो पत्रकारीताको धर्म निभाउन चुके । यसलाई उल्टायाएर भूमिपुत्रहरुले आफ्नो हकदाबीको लागि संघर्ष गर्न समय कहिल्यै ढिला हुँदैन ।

हाल वितरित भइरहेको राष्ट्रिय परिचयपत्र अपूरो छ । धोखापूर्ण छ । अर्थात् परिचय पत्रमा व्यक्तिको चल अचल सम्पत्तिलाई डिजिटलाइज गरिएको छैन । यसलाई डिजिटलाइज अपटुडेट गर्नुपर्छ जसले गर्दा सत्ता र शक्तिमा बस्नेहरुले लुटको सम्पत्ति लुकाउन पाउँदैनन् । कानुनको छिद्र खोजेर कसैले सम्पत्ति लुकाएको छ भने उजुरकर्तालाई त्यो लुकाएको सम्पत्तिको २५ प्रतिशत र ७५ प्रतिशत राज्यकोषमा जानुपर्छ । सार संक्षेपमा सम्पत्तिलाई डिटिलाइज गरिनु भ्रष्टाचारलाई नियन्त्रण र हतोत्साहित गर्नु पनि हो । प्रजातन्त्रको पुनःस्थापनापछि सामाजिक पद धारण गरेका वेतनभोगी व्यक्तिहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरू र अवैध तरिकाले सम्पत्ति कमाएको आशङ्का गरिएका व्यक्तिहरूको सम्पत्तिको छानबिन गरिने उच्च स्तरीय ओयोग गठन गर्न जरुरी छ ।

न्यायालयमा हुने गरेका दलीय राजनीति, भ्रष्टाचार, ढिलासुस्तीबाट आम नागरिकहरूलाई संरक्षण गर्ने न्यायाधीश नियुक्तिका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश र कानुनमन्त्री रहेको न्यायपरिषद् गठन गरिनुपर्छ । माओवादी द्वन्द्वको समयमा भएका आपराधिक घटनाहरूको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुका साथै सत्य निरुपणको कार्यलाई सम्पन्न गर्न ढिला भइरहेको छ । किसानहरूका लागि नेपालमै मल कारखाना सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखेर कार्यारम्भ सुरू गर्ने विषयमा सरकारलाई मेरो सल्लाह र साथ रहनेछ । सार्वजनिक यातायातमा दृश्य अदृश्य जारी सिन्डिकेट वास्तविक रूपमा खारेज गरी प्रतिदिन २५ औँ लाख यात्रुहरुको हित खातिर जायज भाडा, सिट सुविधा, समयको पावन्दी, भू–बनोट, सडकको स्तर अनुसार रुटपर्मिट तथा यातायात व्यवसायमा संलग्न कर्मचारीहरूः टिकट शेलर, चालक र सहचालकको जीवनलाई गुणस्तरीय बनाउनका लागि सरकारले जीवन बिमा, सञ्चयकोष र ट्राफिक प्रहरीको रोहवरमा नियुक्ती पत्रको व्यवस्था गरिनुपर्छ । यस प्रकारको सुधारबाट स्वदेशी विदेशी पर्यटकको संख्यामा बृद्धि हुन्छ । साथै कम्तीमा पनि पचास प्रतिशत दुर्घटनामा कमी आउँछ । यति गर्दा पनि अटेर गर्ने लामा रुटका यातायत व्यवसायीको गाडीमा गाडी मालिकले खर्च व्यहोर्ने गरी ट्राफिक प्रहरी संलग्नताको व्यवस्था हुनुपर्छ । जसबापत कम्तीमा दश हजार थप ट्राफिकले रोजगारी बृद्धि हुनेछ ।

अहिलेको संविधानमा उल्लेखित निर्वाचन व्यवस्थाको सबैभन्दा ठूलो कमजोरी भनेको समानुपातिक कोटाको व्यवस्था हो । यी कोटा वास्तवमा लक्षित व्यक्तिले कहिल्यै प्राप्त गर्दैनन् । यो प्रथा खारेज हुनुपर्छ । पहाडी र चुरे खण्डमा मनपरी ग्रामिण सडक खोल्ने नाममा पानीको स्रोत मास्ने, भीर पहिरो निम्त्याउने डोजर आतंकलाई नियन्त्रण गर्नुपर्छ । जिल्ला प्रशासनले खटाएको इन्जिनियर वातावरणविद् र स्थानीय पालिका प्रमुखको संयुक्त टोलीको स्वीकृतिमा मात्र ग्रामिण सडक खोलिनुपर्छ ।
वालुवा, गिटी, ढुङ्गा र अन्य खनिजजन्य पदार्थको अवैध उत्खनन् नियन्त्रण गर्न एवं सो को राजस्व चुवावट रोकथाम खातिर खानी उत्खनन् क्षेत्रका स्थानीय वासिन्दा, खहरे किनारका वासिन्दा सम्मिलित जनसहभागीतामा उपभोक्ता समिति निर्माण गरी प्राप्त करको निश्चित हिस्साबाट उक्त समितिले नदी खहरे तटबन्ध र अन्य सामाजिक काम गर्नुपर्छ । मुलुकको समग्र स्वामित्व अन्तर्गतको वनहरुको वैज्ञानिक सिमांकन गरी वनको सुरक्षालाई राष्ट्र बैंकको ढुकुटी सरह सुरक्षा दिनुपर्छ । जलासय निर्माण हाइवे जस्ता अपवाद बाहेक वन क्षेत्र खुम्चाउने काम पूर्णतः निषेध गरिनुपर्छ । सुकुम्बासी र भूमिहिनको नाममा खास भूमिहीन हुन हैनन्, सो को टुङ्गो लगाउन तीनको राष्ट्रिय परिचयपत्र रुजु गरिनुपर्छ ।

  • पहाडी र चुरे खण्डमा मनपरी ग्रामिण सडक खोल्ने नाममा पानीको स्रोत मास्ने, भीर पहिरो निम्त्याउने डोजर आतंकलाई नियन्त्रण गर्नुपर्छ । जिल्ला प्रशासनले खटाएको इन्जिनियर वातावरणविद् र स्थानीय पालिका प्रमुखको संयुक्त टोलीको स्वीकृतिमा मात्र ग्रामिण सडक खोलिनुपर्छ ।

प्रति वर्ष दोहोरीरहने वाढी पहिरो नदी कटान जस्ता प्रकोप पीडितहरुकोे निमित्त प्रत्येक प्रदेशमा दुई तीन सय परिवारसम्मलाई अस्थायी गुजारा चल्नेगरी पानी, विजुली, ढल, बाथरुम आदि समेतको उचित प्रवद्र्धन सहितको स्थायी टहरोको व्यवस्था गरिनुपर्छ । रोजगारीको क्रममा युवाहरु विदेसिँदा गाउँ घरमा बस्तीहरु उजाड र जमिनहरु बाँझो हुँदै छन् । अतः सुकुम्बासी र भूमिहिनलाई ती उजाड गाउँमा पूनस्र्थापीत गरी त्यहाँ सहकारी खेती गर्ने तर्फ सरकारको सोच जानु आवश्यक छ ।

गुणस्तरहीन, अस्वस्थ, मिसावटयुक्त खाद्य पदार्थबाट आमउपभोक्ताको दीर्घकालीन हितको लागी एवं निर्माण सामग्रीको नाप तौल विचलनको नियन्त्रणको लागि अनुगमन गर्ने म्यादी दस्ता (टोली) निर्माण गर्नुपर्छ । त्यसवापत एक तर्फ आम नागरिकको स्वास्थ्यको सुरक्षितता हुन्छ भने अर्को तर्फ सो बापत तीसौं हजार तालिम युक्त युवालाई रोजगारीको अवसर मिल्छ । रोजगारीको अभावमा विदेसिनन बाध्य ती गरिबहरु दशौं ठाउँमा पाइलै पिच्छे ठगिन बाध्यछन् । प्रथमतः तिनलाई स्थानिय मिटर व्याजीबाट जोगाउन बैंकमार्फत सहुलियत व्याजमा राज्यले ऋणको व्यवस्था गर्नुपर्छ । शिक्षा र स्वास्थ्य पूर्ण सरकारीकरण हुनुपर्छ । हालै कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार विशेषगरी मधेश प्रदेशको दशगजा क्षेत्रका दलित तथा गरिब वर्गहरु कुपोषणको चरम मारमा छन् । उनीहरु मृत्युको मुखतिर जाँदैछन् । यी सबैको कारण एउटै हो– आयआर्जनको अभाव । केही हप्ता अगाडि बझाङ्ग जिल्लाको शक्तिकोट भन्ने बस्तीमा रहेका दलित समुदायमा बसोबास गर्ने ६० प्रतिशत जनता कुपोषणको मारमा छन् । यहाँसम्मकि जन्मेको बच्चाले आमाको स्तनमा दुधको मात्रा नपाएको कारण जन्मेको दुई घण्टामा नै मर्दै आएका छन् । यसरी नवजात शिशु र सुत्केरी आमाहरु कुपोषणका कारण बाँच्नै नसक्ने स्थितिमा छन् । यी तथ्य, त्यहाँ उपचार गर्न जाँदा डा. गोविन्द केसीले अनुसन्धान गरेर बाहिर ल्याएका तथ्याङ्कहरु हुन् । यी कुपोषणमा सताइएकाहरुको आम मुक्तिको लागि तिब्बतको उदाहरण लागु गर्न सकिन्छ । बिगतमा तिब्बत चीनको सबैभन्दा गरिव राज्य थियो । चीनको संघीय सरकारले चीनको अरु विकसित प्रान्तहरुलाई तिब्बतको विकासमा उद्योग धन्दा खोल्न लगाएर तिब्बतलाई केही वर्ष पछि गरिबीको रेखाबाट मुक्त गरायो । त्यस्तै हाम्रो मुलुकमा पनि ६ वटा महानगर, ११ वटा उपमहानगर र एक दुई दर्जनवटा विनोद चौधरी जस्ता व्यापारीक घरानाहरुलाई त्यहाँको रोजगारीमूलक आर्थिक उन्नति उकास्ने जिम्मेवारी दिने हो भने यी तथ्याङ्कहरु क्रमशः घट्नेछन् । त्यस्ता व्यापारीक घरानाहरुलाई राज्यले प्रोत्सान गर्नुपर्छ ।

राज्यका भिआइपी एवं राजदूतहरुले स्वदेशमा वा विदेशमा आफ्ना समकक्षीहरुलाई भेटघाट गर्दाको चरम छाडापनलाई नियन्त्रण गर्न अनिवार्य परराष्ट्र मन्त्रालयको प्रतिनिधि कर्मचारी उपस्थित गरिने संवैधानिक व्यवस्था हुनुपर्छ । नेपाललाई शान्तिक्षेत्र बनाउने अवधारणामा जानुपर्छ । त्यसको लागि सैनिक माथिको अनुत्पादक खर्च र सैनिक संख्या क्रमशः घटाउँदै न्यून सङ्ख्यामा ल्याउनु पर्छ । सैनिकलाई व्यापारमा संलग्न गर्ने काम गल्ती भैरहेको छ । यसले भविष्यमा लोकतन्त्रलाई खाइ दिनसक्छ । जस्तै पाकिस्तान, बङ्गादेश र म्यानमार । सैनिकलाई आफ्नै दक्षता विकासमा मात्र केन्द्रित गर्नुपर्छ । आज विश्व शस्त्रार्थको होडवाजीबाट त्रसित छ । उक्त त्रासबाट विश्वालाई मुक्ति दिन हामी शान्तिका अग्रदुत बुद्धका सन्ततीहरुले मात्रै विश्व निशस्त्रीकरण अगुवाइ गर्ने सामथ्र्य राख्छौँ । यो जिम्मेवारी पनि नेपाली युवाको काँधमा आएको छ । हामी आम नेपालीले के आत्मासात गर्नु जरुरी छ भने सुस्पष्ट राजनीतिक गन्तव्य, सुसाशन, व्यक्तिगत एवं राष्ट्रिय मितब्ययीता, पारदर्शीता, विनम्रता, उदारता जस्ता सतगुणहरुलाई व्यवहारामा खरो उतार्न सकेनौं भने हाम्रो लोकतान्त्रिक प्रयास वालुवाको महलझैँ भूमिस्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?