ट्रेंडिंग:

>> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो

पानी खान नपाएको भन्दै वडा कार्यालय घेराउ

१८ असार २०७५, सोमबार
१८ असार २०७५, सोमबार

कृष्ण खनाल /बुटवल स्थानियको सक्रियातामा बोरिङ्ग गाडेको ३ बर्ष बित्दा समेत पानी खान नपाएको भन्दै आर्दशनगर क्षेत्रका स्थानियहरुले बुटवल उपमहानगर पालिकाको वडा नम्बर ४ को कार्यालय घेराउ गरेका छन् । आईतबार विहान करिव १० बजे बाट वडा अध्यक्षलाई कार्यालयमा प्रवेश गर्न नै नदिई वडा कार्यालय घेराउ गरेका थिए । स्थानिय तहको लापरवाहीले विद्युत जडान नहुदा पानी खान नपाएको स्थानीयको भनाई छ ।
वि.स. २०७१ साल जेठ २ गते स्थानियहरुको सक्रियतामा ४ लाख २ हजार १ सय ७३.७३ रुपैयाँ र स्थानिय हरुको २ लाख २७ हजार रुपैयाँ लागतमा बुटवल–४ आर्दश नगरमा खानेपानीको लागि बोरिङ्ग गाडिएको थियो । आर्दशनगर खानेपानी तथा सरसफाई संस्थाका सचिव जगन्नाथ बस्यालका अनुसार अहिले पनि बुटवल उपमानगरपालिकाले उक्त आयोजानको लागि करिव ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा उपभोक्ताहरुले १ लाख ४३ हजार रुपैयाँ थपेका छन् ।
स्थानियहरुको सक्रियतामा करिव ३ सय घर धुरीलाई पुग्ने गरी बोरिङ्ग गाडे पनि स्थानिय निकायले विद्युत लैजानको लागि सहयोग गर्नुको साटो उदासिनता देखाएको उपभोक्ता समितिका अध्यक्ष श्याम पन्थले जानकारी दिए । उनले भने–‘पटक पटक बैठक मिटिङ्ग, बसियो, नगरपालिकाले विद्युत लैजानको लागि तार पोल सबै ल्याएका भएपनि आवश्यक पहल गरिदिएन, जनप्रतिधि आएपनि पछि पहल नहुँदा हामी आक्रोसित भएका हौं ।’ विद्युतको लागि स्थानियहरुले नेपाल विद्युत प्राधिकारण संग विद्युत टान्समिटर, विद्यूत पोल र तार(कालो कभरगरिएको) पनि किनेर राखेका छन् । तर बुटवल उपमहानगरपालिकाले आवश्यक सहयोग नगरेको कारण पोल गाड््न नपाएको उपभोक्ताहरुको आरोप रहेको छ ।
आईतबार करिबर २ सय को संख्यामा उपभोक्ताहरुले नगरपालिका वडा नम्बर ४ को कार्यालय घेराउ गर्दै वडा अध्यक्ष टंक प्रसाद पारजुलीलाई विद्युत पोल गाड्ने स्थान सम्म लगेर अवलोकन गराउनुको साथै लक्ष्मीनगर–आर्दशनगर जोड्ने बाटो तुरुन्त जोड्नको लागि माग समेत गरेका थिए । नेपाल विद्युत प्राधिकरणलाई भ्याट बापतको ५० हजार रुपैयाँ समेत स्थानियहरुले बुझाइसकेका छन् । उक्त खानेपानीको सञ्चालन गर्नको लागि नगरपालिका र उपभोक्ता समिति विच २०७४ चैत २४ गते सम्झौता समेत भैसकेको थियो । यद्यपी विद्युत विस्तारमा पहलको ढिलाईको कारण तिन महिना थप सयम लम्बिएको छ ।
यता, बुटवल उपमानगरपालिका वडा नम्बर ४ का अध्यक्ष टंक प्रसाद पराजुलीले स्थानियहरुको माग अनुसार बुटवल उपमानगरपालिकाबाट बजेट विनियोजन गराई बोरिङ्ग गाड्ने काम भएको र विद्युतको विस्तारको लागि एक जना घरधनीको असहमतीको कारण केही ढिलाई भएको बाउछन् । उनले स्थानियहरुको माग अनुसार नै विद्युतको व्यवस्थापन गर्नको लागि वडा कार्यालय पटक पटक लागेको भएपनि केही अवरोध आएको कारण समस्या समाधान नभएको बताए । तर अव विद्युतको लागि पनि आफ्नो पहल भएको कारण अव धेरै दिन नलग्नेमा विश्वस्त हुन आग्रह गरे । उनले भने–‘म स्वयम नै फिल्डमा खटेर काममा लागेको छु, छिट्टै काम सकिन्छ ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?