ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

६३ जिल्ला गिद्द सुरक्षित क्षेत्र

१४ भाद्र २०७५, बिहीबार
१४ भाद्र २०७५, बिहीबार

नेपाल लगायत विश्वभरी नै दशौ अन्तराष्ट्रिय गिद्द संरक्षण सचेतना दिवस सप्ताहा व्यापि रूपमा भव्यताका साथ मनाईदै छ ।
नेपालका विभिन्न जिल्लामा गिद्द संरक्षणका क्षेत्रमा काम गर्दै आएका संस्थाहरूले गिद्द संरक्षणका लागी सचेतना फैलाउने उद्देस्यले सचेतनामुलक ¥याली, क्याम्पस तथा विद्यालय स्तरिय संरक्षण शिक्षामुलक प्रतियोगिताहरू, गिद्दका तस्बिर तथा चित्रकला प्रदर्शनी, गिद्द महोत्सव, सडक नाटक, अन्तरक्रिया तथा रेडियो कार्यक्रम गरी दिवस मनाउन लागीएको नेपाल पन्क्षि संरक्षण संघका गिद्द संरक्षण कार्यक्रम अधिकृत कृष्ण प्रसाद भुसालले जानकारी दिएका छन् ।
जस अन्तरगत दाङमा गिद्द संरक्षण सचेतना दिवस आज बिहीबार मनाउन लागीएको छ । दाङमा पर्यावरणीय दिगो बिकास एवं अनुसन्धान केन्द्रेले प्रदेश नम्बर ५ का सभामुख पुर्ण बहादुर घर्तीको उपस्थितमा घोराही उपमहानगरपालीका वडा नं. २ मा रहेको चरीङ्गे तालमा दिबस मनाउन लागेको संस्थाका अध्यक्ष डिल्ली बहादुर रावतले जानकारी दिएका छन् । विसका अवसरमा पर्यावरण बिषयमा तिज गित प्रतियोगीता पनि राखीएको रावतले बताए ।
प्रत्येक बर्ष सेप्टेम्बर महिनाको आसपासमा एक हप्तासम्म अन्तराष्ट्रिय गिद्द सचेतना दिवश संसारभर मनाईन्छ । विश्वका करीव ३० भन्दा बढी देशहरूमा एक हप्ताभरी नै गिद्दको महत्व, लोप हुनुको कारण र संरक्षणका प्रयासबारे जनचेतना जगाउनका निम्ति अन्तराष्ट्रिय गिद्द दिवस मनाइदै आएको नेपाल पन्क्षि संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले बताएका छन् । नेपालीका अनुसार नेपालमा मात्रै २० वटा भन्दा बढी विभिन्न संस्थाहरूको संलग्नतामा यो दिवस मनाइँदै छ । यो दिवश दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईदै आएको ‘राष्ट्रिय सचेतना दिवश’ बाट बिकसित भई सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवशको रूपमा मनाउन थालिएको हो । १९९० को दशक देखि दक्षिण एशियामा गिद्दको संख्यामा नाटकिय रूपमा कमी आएको छ । १५ वर्षको समयावधिमा भारतमा डंगर गिद्दको संख्यामा ९९.९ प्रतिशत घटेको अध्ययन प्रतिवेदनहरूले देखाएको छ । सन् २००२ देखि गरिएको वैज्ञानिक अध्ययनले नेपालमा डंगर गिद्दको संख्या ९१ प्रतिशतले घटेको देखाएको छ । सन् २००६ देखी स्थानीय समुदायको पहल र सक्रियतामा स्थानीय सरोकारवाला सरकारी निकाय, गैरसरकारी संस्था र संरक्षणकर्मीहरूको सहकार्यमा शुरुवात गरिएको ‘गिद्द सुरक्षित क्षेत्र’ ले अहिले नेपालका ६३ वटा जिल्लाहरू समेटी १ लाख २७ हजार ५ सय ७७ वर्ग कि.मि.ओगटेको छ भने रूपन्देहीमा १ र दाङमा २ वटा गरी नेपालमा ७ वटा गिद्द रेष्टुरेण्ट रहेका छन । गिद्दले आहाराका लागी ३० हजार वर्ग किलोमिटर टाढा सम्म जाने गर्दछन् । नेपालमा गिद्द संरक्षणको लागी नेपाल पन्क्षि संरक्षण संघको अगुवाईमा काम भैरहेको छ । विश्वमा २३ प्रजातिका गिद्द पाईन्छन भने दक्षिण एसियामा ९ प्रजाति । ती मध्ये ९ प्रजातिका गिद्दहरू नै नेपालमा पाईने नेपाल पंक्षी संरक्षण संघका गिद्द संरक्षण परीयोजना अधिकृत भुपाल नेपालीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?