ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

श्रीलंका र बर्माका राष्ट्र प्रमुख लुम्बिनी भ्रमणमा

१३ भाद्र २०७५, बुधबार
१३ भाद्र २०७५, बुधबार

काठमाडौंमा आयोजित बिमस्टेक सम्मेलनको अवसर पारी छुट्टाछुट्टै रूपमा यही भदौ १३ र १६ गते हुन लागेको श्रीलंका तथा बर्मा राष्ट्र प्रमुखद्वारा बुद्धजन्म स्थल लुम्बिनी भ्रमण सम्बन्धी लुम्बिनी बिकास कोषद्वारा आवश्यक तयारी पूरा भएको छ ।
भदौ १३ गते बिहान नौ बजे म्यानमारका राष्ट्रपति बिन मियिन्टको बुद्धजन्म स्थल लुम्बिनीमा हुन लागेको पहिलो पटक औपचारिक भ्रमणको स्वागत सत्कार तथा सुरक्षा सम्बन्धी कोषले सबै तयारी पूरा गरेको हो । लुम्बिनी बिकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टरार्इंका अनुसार बर्मेली राष्ट्र प्रमुखको लुम्बिनी भ्रमणको दौरानमा कोषका पदाधिकारी, सुरक्षाकर्मी तथा स्थानीयको रोहबरमा लुम्बिनी मायादेबीमन्दिर अखण्ड शान्तिद्वीप बर्मामन्दिर, केन्द्रिय नहर तीनवटा हेलीपैड, गेट नं. १ देखि ९ नं.गेट सम्म लगभग एक हजार जनाको सहभागितामा सरसफाइ गरिएको छ ।
त्यस्तै बर्मेली राष्ट्रप्रमुख मियिन्ट आफ्नो धर्मपत्नी सँगै बुद्धजन्मस्थल लुम्बिनी मायादेबी मन्दिरमा बौद्धपरम्परा अनुसार पूजाआराधना उपहार प्रदान पश्चात बर्मा बौद्ध बिहारका प्रमुख भिक्षुद्वारा धर्मदेशना गृहण पश्चात पण्डितारामा ध्यानकेन्द्रमा ध्यान पश्चात दिउँसो तीन बजेसम्म होटल कासाईमा बिश्राम समेत गर्ने कोषका निमित्त सदस्यसचिव भट्टराईले बताए ।
त्यति मात्र नभई भदौ १६ गते श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको लुम्बिनी भ्रमणको दौरानमा पनि मायादेबी मन्दिर, श्रीलंका बौद्धबिहारमा पूजाआराधना पश्चात श्रीलंका बिश्रामगृहको अवलोकन गर्ने कार्यक्रम सुनिश्चित भएको कोषले जनाएको छ ।
यसैगरि दुई राष्ट्र प्रमुखको लुम्बिनी भ्रमणको बिषेश सुरक्षार्थ नेपालीसेना, नेपालप्रहरी, दंगाप्रहरी, सशस्त्र प्रहरी गरि चारवटै सुरक्षा अंग परिचालन गरि सुरक्षा ब्यवस्था कडा पारिने सुरक्षा समिति संयोजक तथा रूपन्देही प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले जानकारी गराए । पहिलो पटक हुन लागेको बर्मा तथा श्रीलंका राष्ट्रप्रमुखद्वयको लुम्बिनी भ्रमण पश्चात बुद्धजन्म स्थल लुम्बिनीको गरिमा अझ उचाईमा पुग्नुका साथै बर्मा तथा श्रीलंकाको पर्यटकहरूको लुम्बिनी आगमनमा बृद्धि हुने अपेक्षा समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?