ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

कारबाहीमा पाँच सय प्रहरी

१७ असार २०७५, आईतवार
१७ असार २०७५, आईतवार

दाङ  चालु आर्थिक बर्ष ०७४÷७५को अहिले सम्म प्रदेश नम्बर पाँचका झण्डै पाँच सय प्रहरी आन्तरिक कारबाहीमा परेका छन् । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरको तथ्याङक अनुसार चर सय ९८ प्रहरी आन्तरिक कारबाहीमा परेका हुन् ।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्प मल्लका अनुसार कारबाही पर्नेमा एक जना डिएसपी देखी कार्यालय सहयोगी रहेका छन् । जसअनुसार पाल्पामा ९, गुल्मीमा ९, अर्घाखाँचीमा ३०, पश्चिम नवलपरासीमा ४६, रुपन्देहीमा ५१, कपिलवस्तुमा ४१, प्युठानमा २३, दाङमा ६८, रोल्पामा १६, रुकुममा ४, बाँकेमा ३८ र बर्दियामा ३० प्रहरीहरु कार्वाहीमा परेकाछन् । प्रहरीको आचरण विरुद्ध कार्य गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको मल्लले बताए । कार्वाहिमा संघिय प्रहरी ईकाई कार्यालयमा कार्यरत देखी चौकी तह सम्मका रहेको पाँच नं प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । जसअनुसार संघिय प्रहरी इकाई कार्यालयमा कार्यरत तीन जना, क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यरत १२ जना, क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा कार्यरत ३ जना, दंगा नियन्त्रण गण बुटवलमा कार्यरत १८ जना, दंगा नियन्त्रण गण खजुरा बाँकेमा कार्यरत २१ जना, पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र बुटवलमा कार्यरत ४५ जना, अञ्चल सशस्त्र प्रहरी गुल्म राप्तिमा कार्यरत ६ जना, भेरीमा १० जना र भैरहवामा कार्यरत ४ जना रहेको पाँच नं प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । यस्तै गलत काम गर्ने प्रहरी संगठन भित्रका केही प्रहरीलाई कारबाहीको दायरामा ल्याउने र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने प्रहरी संगठनको नियम रहेको छ । यही नियममा टेकेर प्रहरी संगठनलाई बदनाम गर्ने प्रहरीहरुलाई कारबाही गरिएको बताएको छ ।
चालु आर्थिक बर्षमा प्रहरी आचरण बिपरित काम गर्ने दाङका ६८ प्रहरी आन्तरिक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेहरुमा असई देखि जवान सम्मका छन् । कारबाही परेकाहरुलाई आचरणको प्रकृति अनुसार जागिरबाट निष्कासन गर्ने देखि पदोन्नती रोक्का सम्मको कारबाही गरिएको डिएसपी मल्लले जानकारी दिए । डिएसपी मल्लका अनुसार १ जना असई, ३ जना हवल्दार र २३ जना जवान आन्तरिक कारबाहीमा परेका हुन् । ती मध्ये एक जना जवानलाई जागिरबाट समेत निष्कासन समेत गरिएको छ, भने चार जना जवान निलम्बनमा परेका छन् । त्यस्तै एक जना जवान तल्लो टाईम स्केलमा घटुवा, एक जना हवल्दार र ६ जना जवानको ग्रेट रोक्का, एक जना हवल्दार र १ जना जवानको पदोन्नती रोक्का गरिएको डिएसपी मल्लले बताए । त्यस्तै एक जना असई, ११ जना हवल्दारलाई नसियत गरिएको छ । “प्रहरी भित्र पनि केही ब्यक्ति आचरण बिपरित काम गर्ने हुन्छन् त्यस्ता प्रहरीलाई हामीले कारबाहीको दायरामा ल्याउछौ” मल्लले भने । केही सिमित प्रहरीको गलत प्रबृतिले गर्दा नै अहिले नेपाल प्रहरीको विश्वसनीयतामा समस्या देखिएको उनको भनाई छ । देशभर प्रहरी संगठनमा करिब ७५ हजार आबद्ध रहेकोमा केही समिति प्रहरीहरु गलत काममा संलग्न हुनु स्वभाबिकै भएको उनले बताए । “हरेक क्षेत्रमा केही नराम्रा ब्यक्ति हुन्छन् त्यो प्रहरी संगठन भित्रहुनुलाई पनि स्वाभाविक मान्नुपर्छ” मल्लले भने ।
न्याय दिने प्रहरी नै गलत कार्यमा लाग्दा पछिल्लो समय प्रहरी संगठनको बिश्वास समाजमा घट्दै गईरहेको छ । केही सिमित प्रहरीहरुको कमजोरीकै कारण सिंगो प्रहरी संगठनकै बदनाम हुने गरेको छ । मुलुकको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पु¥याउदै आएको प्रहरी संगठनमा भित्रका सिमित ब्यक्तिहरुको गलत प्रबृतिले गर्दा नै आम नागरिकमा नकारात्मक भाव फैलिदै गएको छ प्रहरी संगठनको बुझाई रहेको मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?