ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

बुटवलमा गाईजात्राको रौनक

१२ भाद्र २०७५, मंगलवार
१२ भाद्र २०७५, मंगलवार

 प्रदेश नम्बर पाँचको राजधानी बुटवलमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि परम्परागत ढंगले गाईजात्रा पर्व मनाइएको छ । बिशेषगरि नेवार समुदायमा यो बर्षभरि मृत्यूवरण गरेका आफन्तहरूको संझनामा बिभिन्न झाँकीसहित गाईजात्रा निकाल्ने गरिन्छ । एकबर्ष भित्र मृत्यूवरण गरेका मानिसको घरबाट बिभिन्न देविदेवता र अवतारको झाँकी बनाई नगर परिक्रमा गर्ने र सबैको घरमा मानिस मर्दछन, यो रित सबैको घरमा चल्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले गाईजात्रा निकाल्ने गरिन्छ । आजको दिन धनि परिवारले रथ सहितको बिशेष झाँकी निकाल्ने गर्दछन भने गरिव बिपन्न परिवारका सदस्यहरूले गाईलाई सिंगारेर घुमाउने चलन पनि छ ।
अन्य समुदायले पनि बिभिन्न हास्यब्यङ्ग कार्यक्रम, प्रहसन आदी गरेर देश, काल, परिस्थितीको अवस्थाप्रति ब्यङ्ग गर्दै गाईजात्रा पर्व मनाएका छन । स्वतन्त्रता पुर्वक आफ्नो बिचारलाई ब्यङ्गय र प्रहसन मार्फत ब्यक्त गर्ने पर्वका रूपमा पनि यो गाईजात्रा पर्व मनाउने गरिन्छ ।
नेवा समाज अर्घाखाँची – रूपन्देहीद्वारा बुटवलमा गाईजात्रा
दिवंगत आफन्तको सम्झनामा नेवा समाज अर्घाखाँची रूपन्देहीद्वारा बुटवलको देविनगरमा पहिलो पटक निकालिएकोे गाईजात्रालाई वडा परिक्रमा समेत गरिएको थियो । नेवा समाज अर्घाखाँची रूपन्देहीका स्व. राज कुमार श्रेष्ठ, प्रताप प्रधान, चन्द्रमान श्रेष्ठ, शिव कुमारी श्रेष्ठ, र सुन्तली श्रेष्ठको सम्झनामा पहिलो पटक बुटवलमा गाईजात्रा उत्सव मनाइएको हो । गाईजात्रा उत्सव हेर्न देविनगरमा वाक्लो उपस्थिति रहेको समाजका सल्लाहकार देवि कुमार श्रेष्ठले बताए । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनुका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको समाजका अध्यक्ष वाबुराम श्रेष्ठले बताए । विशेषगरी नेवार समुदायले मनाउने यो पर्व भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन सांस्कृतिक उत्सवको रूपमा मनाइने चलन रहेको समाजका सचिव गोपाल प्रसाद श्रेष्ठले जनाए ।

एम्समा गाईजात्राः
यसैविच बुटवलमा एम्स माविमा पनि गाईजात्रको अवसरमा कार्यक्रम गरिएको छ । कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरूले कार्यक्रममा विभिन्न कला प्रदर्शन गरेका थिए । कार्यक्रममा एम्स फाउन्डेसनका कार्यकारी प्रमुख गोपाल प्रसाद न्यौपाने, विद्यार्थी, शिक्षक गोविन्द शर्मा बस्याल, विकास श्रेष्ठ, विनोद शाक्य, लंक बस्नेत राजेशचन्द्र भण्डारी, सिता आचार्य लगायतले गाईजात्रको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा मनिस गिरी, निर्णयक रविन्द्र कार्की, शोमा ज्ञवाली लगायतले निर्वाह गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?