ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन

महिनादिन देखि अवरुद्ध

१२ भाद्र २०७५, मंगलवार
१२ भाद्र २०७५, मंगलवार

तुलसिपुर–कालिमाटी हुँदै सुर्खेत जोड्ने सडक एक महिनादेखि अवरुद्ध छ । कालिमाटी गाउँपालिका सल्यानको मेरुदण्डको रूपमा रहेको यस सडकखण्ड अवरुद्ध हुँदा नागरिकलाई समस्या परेको छ । कालिका कन्ट्रक्सनले स्तरोन्नति गरिरहेको यस सडकखण्ड लगातारको वर्षाले ठाउँठाउँमा पहिरो झर्दा अवरुद्ध बनेको हो । विशेष गरेर दाङको बबै गाउँपालिका स्थित बगाले देखि सल्यानको कालिमाटी गाउँपालिका सम्मको सडकमा पहिरो झरेकाले कालिमाटीबासीलाई समस्या परेको छ । कालिमाटीका व्यापारी नोट बहादुर बुढाथोकीले कालिमाटीमा चाहिने दैनिक उपभोग्य सामग्री देखि हरेक सामग्री दाङबाटै आउने भएकाले सडक अवरुद्ध हुँदा धेरै समस्या व्यहोर्नुपरेको बताए । एक आधा घण्टाको समयमा कालिमाटीबाट दाङ पुग्न सकिने यस सडकखण्ड बन्द हुँदा महिना दिनदेखि सल्यान खलंगा हुँदै कपुरकोटबाट दाङ पुग्नुपर्ने बाध्यता रहेको छ । सडक सुचारु गर्नका लागी कालिमाटी गाउँपालिकाले कालिका कन्ट्रक्सनलाई पटक पटक आग्रह गरेको गाउँपालिकाका उपाध्यक्ष सनशिलता ओली डिसीले जनाइन् । तर कालिका कन्ट्रक्सनले सडकमाथिबाट झरेको पहिरो हटाएपनि लगातार परेको झरिले फेरि पहिरो झर्ने र सडक अवरुद्ध हुने समस्या रहेको उनले बताइन् । ‘ठेकेदारले पनि पटक–पटक बाटो खुलाउने काम गरिरहेको छ । तर फेरि पानी पर्छ र पहिरो झर्छ,’ उनले भनिन् ।

यसैबीच कालिमाटी गाउँपालिकामा नेपाल टेलिकमको नमस्ते फोन सेवा पनि एक महिना देखि अवरुद्ध छ । विद्युत र इन्टरनेट सेवाले नछोएको यस गाउँपालिकामा टेलिकमको ल्याण्डलाइन तथा स्काइ फोन सेवा छैन । तर भएको नमस्ते फोन सेवा पनि महिनौँ दिनदेखि बन्द हुँदा सेवाग्राहि मर्कामा परेका छन् । नमस्ते फोन सुचारु भएको अवस्थामा पनि बेला बेला समस्या आइरहने जनाउँदै स्थानीयले यसपालि त महिना दिन वितिसक्दा समेत अवरुद्ध सेवा सुचारु नहुँदा हरेक काम प्रभावित भएको र सबैसंग सम्पर्क विच्छेद भएको जनाएका छन् ।
फोन सेवा अवरुद्ध भएपछि कालिमाटी गाउँपालिकाले नेपाल टेलिकमलाइ मोवायल नेटवर्क भरपर्दाे र विशवाशिलो बनाउन आग्रह गरेको छ । उपाध्यक्ष डिसीले भनिन्, ‘मैले टेलिकमका प्रतिनिधीलाइ बिग्रिएको फोन सेवा यथाशिघ्र बनाउन आग्रह गरेँ । टेलिकमका प्राविधिकहरू बल्ल यहाँ आएका छन् ।’ कालिमाटी स्तीत मोवायल टावरमा विद्युत सेवा नहुँदा सोलारको भर पर्नुपर्ने स्थिति रहेको जनाइएको छ । र सोलार जडान गरिएको भएपनि ब्याट्रि ब्याकपमा समस्या रहेकाले नमस्ते मोवायल फोन सेवा प्रभावित हुने गरेको टेलिकमले जनाएको छ । फोन सेवा अवरुद्ध हुँदा गाउापालिका कार्यालय तथा विभिन्न सरकारि तथा गैरसरकारि संघसंस्था, कार्यालयका काम प्रभावित भएका छन् । साथै व्यापारि, व्यवसायी र आम सेवाग्राहीहरूले पनि समस्यामा परेको बताउँछन् ।
पश्चिम क्षेत्रको बनगाड कुपिण्डे नगरपालिका वडा न ५ राउँचे स्थीत लाटुगैरेमा रहेको नेपाल टेलिकमको नमस्ते फोन सेवाको टावर अवरुद्ध भएको छ । ६ महिना अघि फागुनमा मात्र सञ्चालनमा आएको टावर शुक्रवार देखि अवरुद्ध हुदा बनगाड कुपिण्डेको वडा न १, ४, ५ , ६ र सिद्धकुमाख गाउँपालीकाको केहि भाग तथा छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिकाको केही भागमा सञ्चार सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा अवरुद्ध हुदा त्यस क्षेत्रका नागरिक मर्कामा परेका छन् । नेपालगन्ज बाके नेपाल टेलिकमले कार्यालयले भने खराबी आएको र त्यसको समस्या समाधान गर्ने सुर्खेत टेलिकमलाई निर्देशन दिएको प्राबिधिक शिव खनालले जानकारी दिएका छन् । photo: file 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?