ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

राष्ट्रिय सहकारी दिवसमा रुपन्देहीमा विविध कार्यक्रम

९ चैत्र २०८०, शुक्रबार
९ चैत्र २०८०, शुक्रबार

बुटवल, ९ चैत । रुपन्देहीमा ६७ औँ राष्ट्रिय सहकारी दिवस सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति रुपन्देहीले बिहीबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो ।

दिवसमा जिल्ला सहकारी संघ लिमिटेड, विषयगत जिल्ला सहकारी संघहरु, पालिका सहकारी सञ्जाल तथा प्रारम्भिक सहकारी संस्थाहरुले जिल्लाभर बिभिन्न ६१ वटा कार्यक्रम गर्ने तयारी गरेको जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष तथा मूल समारोह समिति रुपन्देहीका संयोजक भिम प्रसाद तुलाचनले जानकारी दिए । ६७ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले यहि चैत २० गते रुपन्देहीको भैरहवामा मुल समारोहको आयोजना गरेको छ । यो वर्ष ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नारा तय गरिएको छ ।

कोभिड–१९ तथा रसिया र युक्रेन युद्धले विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक मन्दिका कारण नेपालको अर्थतन्त्रमा समेत असर पर्न गएको भन्दै संयोजक तुलाचनले यस परिस्थितिमा सम्पूर्ण सहकारी संघ संस्थाहरु तथा सदस्यहरुलाई संयमित भई सहकारी अभियानप्रति विस्वासका साथ थप क्रियाशिल हुन आग्रह गरे ।

जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका महासचिव दामोदर पंगेनी, राष्ट्रिय सहकारी बैंकका लुम्बिनी प्रदेश प्रमुख नारायण बेलबासे, राष्ट्रिय सहकारी बैंकका बरिष्ठ सहायक सुशिल भट्टराई लगायतले बोल्दै जिल्लामै दर्ता भएर सञ्चालन भएका सहकारीहरुमा कुनै समस्या नभएको भन्दै बाहिरी जिल्लामा दर्ता भएर यहाँ शाखा कार्यालय सञ्चालन गरेका सहकारीहरुमा मात्रै समस्या देखिएको दाबी गरे ।

अन्यत्र दर्ता भई रुपन्देहीमा शाखा कार्यालयको रुपमा सञ्चालीत सहकारीहरुमा समस्या देखिए पनि त्यसको असर स्थानीय स्तरमा सञ्चालनमा रहेका सहकारीहरुलाई समेत पर्न गएको भन्दै उनिहरुले सहकारीहरुको नियमन गर्न छुट्टै सहकारी ऐन ल्याउनुपर्नेमा जोड दिए । राज्यको कमजोरीका कारण सहकारी पीडितहरु बढ्दै गएको भन्दै अबौँको कारोबार गर्ने क्षेत्रलाई नियमन गर्ने राज्यले ध्यान दिनुपर्ने बताए ।

जिल्ला दुग्धउत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेले बिदेशबाट करौडौंको दुध आयात हुँदा यहाँका किसानले उत्पादन गरेको दुधले उचित मुल्य पाउन नसकेको गुनासो गरे । रुपन्देहीका दुग्ध उत्पादक किसानको ११ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उनले बताए । समयमै दुधको भुक्तानी पाउन नसक्दा दुग्ध सहकारी समस्यामा परेको उनले बताए ।

हाल रुपन्देहीमा ९५० बढी सहकारी संस्थाहरु क्रियाशिल रहेका छन् । जसमा २ लाख बढी शेयर सदस्य, २ अर्व शेयर पुँजी, ४० अर्व बचत, ३५ अर्व ऋण र २ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । हरेक वर्ष चैत २० गते नेपालमा सहकारी दिवस मनाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?