ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते

स्वस्थ रहन हरेक नागरिकले योग गर्नुपर्छ : मन्त्री केसी

६ फाल्गुन २०८०, आईतवार
६ फाल्गुन २०८०, आईतवार

नेपालगञ्ज, ६ फागुन ।

लुम्बिनी प्रदेशकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले योग विज्ञान जीवनोपयोगी भएकाले हरेक नागरिकले योग गर्नुपर्ने बताएकी छन् । योग समिति नेपालको साधारणसभा एवम् तेस्रो अधिवेशनको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री नमुनाले अस्वस्थकर जीवनशैली बढ्दै गएको सन्दर्भमा हरेक नागरिकलाई योगमा जोड्न जरुरी रहेको बताइन् ।

स्वस्थ नागरिक उत्पादन गर्नु पनि विकासको अवधारणाभित्र पर्ने बताउँदै मन्त्री केसीले योग विज्ञानलाई सदुपयोगको लागि सरकार गम्भीर हुन जरुरी रहेको महसुस भईरहेको उल्लेख गरिन् । बाँकेका प्रत्येक पालिकामा योग समितिलाई क्रियाशिल र ब्यवस्थित बनाउन सुझाव दिँदै मन्त्री केसीले नेपालगञ्जमा अब हजारौं नागरिकले एकसाथ योग गर्न मिल्ने भवनको योजना सहित प्रस्ताव लिएर आउन आग्रह गरिन् ।

मन्त्री केसीले भनिन् ‘तपाईहरु यसको योजना सहित प्रस्ताव लिएर आउनुस म विधी र प्रक्रिया अनुसार मन्त्रालयको तर्फबाट सहयोगको लागि तयार छु ।’ योग विज्ञान मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै उनले स्वस्थ मनस्थिति, स्वस्थ विचार र शारीरिक तन्दुरुस्तीले मात्र सार्थक र सुन्दर जीवन बाँच्न सकिने उल्लेख गरिन् । स्वस्थ भएमात्र मानव क्रियाकलाप सही ढंगले अगाडि बढ्ने मन्त्री नमुनाको भनाई छ ।

बाँकेमा २०७६ सालमा स्थापना भएको योग समिती नेपालमार्फत नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडामा हाल ७ हजार जनाले योगबाट लाभ लिईरहेको योग समिति नेपालका केन्द्रीय अध्यक्ष एवं योग गुरु गिरिराज भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार योग समिति नेपाल हाल ७ वटा जिल्लामा पुगिसकेको र डेढलाख बढीले लाभ लिएका छन् । देशका नागरिकलाई स्वस्थ बनाउन र स्वस्थ जिवन शैली अपनाउन सिकाउन राज्यले गर्नुपर्ने काम समुदाय स्तरबाट योगसमिती नेपालले गरिरहेको योग गुरु भट्टराईले दावी गरे ।

साधारण सभामा २३१ जनालाई योग समिति नेपालको आजिवन सदस्यता पनि वितरण गरिएको थियो । तेस्रो अध्विेशनबाट अध्यक्षमा योग गुरु गिरिराज भट्टराई, उपाध्यक्ष निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा), सचिव चिरञ्जीवी ज्ञवाली, कोषाध्यक्ष अम्बिका कोइराला सहसचिव टंक पौडेल, सहकोषाध्यक्ष मन्दरा शर्मा चयन भएका छन् । यसैगरी सदस्यहमा झबिलाल शर्मा, प्रेम केसी, सविता शर्मा, दिपक थापा, मेघराज बराल, प्रमोद अग्रबाल र मनोनित सदस्य सुनिता पन्थी र वसन्त गौतम चयन भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?