ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु
यात्रा संस्मरण

पर्यटक पर्खिरहेको वसन्तपुरमा जव विष्णु पौडेल पदयात्रामा निस्किए…..!

२८ पुष २०८०, शनिबार
२८ पुष २०८०, शनिबार

बुटवल ।

पुस महिनाको जाडोमा पारिलो घाम । तल हेर्दा सुन्दर बुटवल बजारको दृश्य । त्यसमाथि पूजा आराधनाका लागि कामाख्यादेवीको मन्दिर । सुन्दर वसन्तपुरलाई चिसो मौसमको पारिलो घामले झनै रमणीय बनाइदिन्छ । कहिले सिमसिमे पानीसँगै हावाको वेगले रुखका पातहरु हल्लिरहँदा त्यहाँ पुग्ने जो कोही पनि आनन्दको अनुभूति गर्छन् ।

शनिबार यिनै दृश्यको अनुभव पैदल यात्राबाट बटुल्ने अवसर जुर्यो । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले “समृद्धिका लागि पर्यटन प्रवद्र्धन” नारासहित हाइकिङको अवसर जुराएको थियो । जसको अगुवाई गरेका थिए एमाले उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले । टोलीमा सहभागी थिए संघीय सांसद वासुदेव घिमिरेलगायत विभिन्न नेता कार्यकर्ता र पत्रकारहरु । तीनघण्टाको पैदलयात्राका क्रममा बीचबीचमा यो पंक्तिकारलाई प्रतिक्रिया दिंदै पौडेलले वसन्तपुरको योजनावद्ध विकास गर्न सके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने बताए ।

हामी बिहान ८ बज्नै लाग्दा गोलपार्कबाट वसन्तपुतर्फ लागेका थियौं । उकालो चढ्दै गर्दाका विभिन्न ठाउँको दृष्याँङ्कन गर्दै हामी निरन्तर उकालो चढिरह्यौँ । पानी र चाउचाउ खाँदै र थकानका सुस्केरा प्रकृतिलाई छोड्दै अघि बढ्दैथ्यौँ र आधाआधी पुग्दा बढी नै स्वाँ स्वाँ हुने, रिङ्गट्टा लाग्ने गर्दा यात्राका कतिपय सहभागी थकाई मार्दै यात्रा गर्दै गर्थे । थकाई लाग्दा यात्रामा सहभागीले गीत गाउँदै र नाच्दै गरेको दृश्य हेर्न लायक हुन्थ्यो । यात्रामा सहभागीहरुसँग अनुभव साट्दै यात्रा गर्दा कुनै बेला थकाई पनि बिर्साउँथ्यो । यो पंक्तिकार करिव २ घण्टा ४५ मिनेट लगाएर वसन्तपुर डाँडामा पुग्यो । जहाँ लुम्बिनी केवलकारको टप स्टेशन छ । १९ वर्षअघिको अवस्था सम्झिएँ । मलगायतका केही सञ्चारकर्मी माओवादी द्वन्द्वकालमा २०६१ सालतिर पैदल हिंडेरै वसन्तपुर पुगेका थियौं ।

यात्रामा सहभागी एमाले नेतृ गुमादेवी आचार्यले वसन्तपुरलाई पर्यटकीय रुपमा विकास गर्ने हो भने पर्यटकलाई आकर्षित गर्ने खालका संरचना निर्माणतर्फ ध्यान दिनुपर्ने बताइन् । साथमै रहेका आर्थिक विश्लेषक हुमराज भुसाल भन्दै थिए, “पर्यटक यहाँ आएर भुल्ने खालको वातावरण तयार गर्ने हो भने यो साँच्चिकै पर्यटकीय गन्तव्य बन्न सक्छ ।”

तल बुटवल बजार छ । माथि करिब १ हजार मिटर उचाइमा पातलो बस्ती रहेको यो डाँडामा यसअघि कुनै कामले खासै कोही मानिस नपुग्ने गरेकामा अहिले वसन्तपुरमा मन्दिर निर्माण भई आकर्षक धार्मिक गन्तब्य बनेपछि स्थानीय समेत खुसी भएका छन् ।

कुहिरो र हुस्सुलाई घामले हटाएपछि वसन्तपुर डाँडाबाट बुटवल बजारसहित तराइका सुन्दर फाँटको दृश्य देख्न सकिन्छ ।

शनिबारको पदयात्रामा एमाले उपाध्यक्ष पौडेलको हिंडाई देखेर सबै दंग थिए । बिचबिचमा तस्विर कैद गर्दै, भिडियो बनाउँदै, नाच्दै गाउँदै पौडेलले अरुलाई पनि यात्राका लागि उत्साहित गरिरहेका थिए ।

पदयात्रा समापनका क्रममा पौडेलले वसन्तपुर पर्यटकीय गन्तव्य बनेको बताउँदै यसको दीगो विकास गरिने बताए । बुटवल र पाल्पा जोडिएको यो क्षेत्रको पर्यटकीय विकासले यहाँको स्वरुप नै बदल्न सक्ने भन्दै उनले यसका लागि सबै क्षेत्रले उत्तिकै महत्व दिनुपर्ने बताए ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले वसन्तपुर क्षेत्रको पर्यटकीय विकासका लागि देशव्यापी सन्देश दिन “हाइकिङ” आयोजना गरिएको बताए ।

यसरी गर्न सकिन्छ पर्यटकीय विकास

हाम्रो देशको प्रमुख पर्यटन बजार हाम्रा दुई छिमेकी मुलुक भारत र चीन नै हुन् । यो क्षेत्र भारतको बोर्डरबाट ३० मिनेट मात्रको ड्राइभमा पर्छ भने चीनको धार्मिक पर्यटकीय गन्तव्य लुम्बिनी हो । यी दुई छिमेकीको जनसंख्या विश्वकै एक तिहाइभन्दा बढी छ । यसको शुन्य दशमलव पाँच प्रतिशतमात्र जनसंख्यालाई हामीले पर्यटकका रुपमा नेपाल भित्र्याउन सक्यौँ भने त्यसले नेपालमा ल्याउने समृद्धिको मात्रा कति होला ?

त्यसैले पनि मैले यहाँ बन्ने भौतिक पूर्वाधार र पर्यटकीय संरचना जतिधेरै बने पनि थोरै नै हुन्छ । देशभित्र लगानीका सम्भावना प्रशस्त रहेपनि राष्ट्रिय रुपमा गम्भीर अर्थ राख्नेगरी लगानीको अभियानको शुरुवात हुन भने अझै पनि सकेको छैन । त्यसैले यो अभियान नेपालमा शुरु गर्न ढिला गर्नुहुदैन र विकासको यो मूलधारमा स्थानीय जनतालाई समाहित गर्न कदापि छुटाउनु हुँदैन । तबमात्र देशमा समृद्धि सम्भव छ, नत्र यो समृद्धि भन्ने शब्द भाषणमा प्रयोग हुने विषयमा मात्र सीमित रहने निश्चित छ ।

नेपालको आन्तरिक तथा बाह्य पर्यटनको विकास र विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्ने लुम्बिनी केबलकार आयोजनाको बटम स्टेशन रुपन्देही जिल्लाको बुटवल उप–महानगरपालिका– ३, बमघाटमा छ । यसको टप स्टेशन पाल्पा जिल्लाको तिनाउ गाउँपालिका– ३ वसन्तपुर डाँडामो छ । उक्त स्थानमा पाँचतारे होटल कम्प्लेक्स रहने आयोजनाको अग्रता गरिरहेको आईएमई समूहले जनाएको छ । केबलकारको लम्बाइ २.६ किलोमिटरको र यात्रा समय (बटम स्टेसनदेखि टप स्टेसनसम्म पुग्न लाग्ने समय) १० मिनेटको छ र प्रतिदिन ६ हजार यात्रु बोक्ने क्षमताको छ ।

बटम स्टेसनबाट ९४० मिटर उचाइमा टप स्टेसन छ । लुम्बिनी र भारतको सीमा क्षेत्रबाट नजिक भएकाले भारतीय पयर्टक तान्न यसले भूमिका खेल्ने तथा औद्योगिक केन्द्रका रुपमा रहेको लुम्बिनी प्रदेशको आर्थिक विकास गर्न यस आयोजनाले थप लगानीको वातावरण बनाउने विश्वास लगानीकर्ताहरुको छ ।

यो क्षेत्रमा मनोरन्जको लागि पार्क, पिकनिक स्पट र बाल उद्यान निर्माण गरिनु त छँदैछ यो १० मिनेटको केबलकार यात्राका क्रममा तराई, पहाड र हिमालको अनुभव र दृश्यावलोकनले पनि त्यो यात्रा थप रोमाञ्चक बनाउने देखिन्छ ।

पर्यटन नेपालको आर्थिक विकासको आधार नै हो । फेरि पहाड र तराईको सम्मिश्रित बस्ती बुटवल क्षेत्रमा प्रदेशको मात्र होइन देशको विकासका धेरै आधारहरु जेडिएका छन् । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउन सक्यो भने अहिले चाहेर पनि लुम्बिनी आउन नसकेका विश्वका बौद्धमार्गी जनताको लुम्बिनी आगमनको बाटो सहजै खुल्ने छ । जीवनमा एक पटक लुम्बिनी पुग्ने इच्छा भएका विश्वका बौद्धमार्गीहरुलाई यो विमानस्थल जसरी एक सहज मार्ग बन्न सक्छ ठीक त्यसैगरी यहाँ पुग्ने उनीहरुको आरामदायी बसोबास र पर्यटनको लागि लुम्बिनी केबलकार र माथि वसन्तपुर डाँडा पनि एक आकर्षक गन्तव्य बन्न सक्छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?