ट्रेंडिंग:

>> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट

कालो लौरो

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

एक जना शिक्षक थिए । हेड सरले उनलाई नियमित पठनपाठन बाहेक कक्षा ५ सम्मका बालबालिकाहरूका लागि अतिरिक्त क्रियाकलापको जिम्मेवारी पनि दिएका थिए । कम्तीमा महिनाको एकचोटि उनले बालबालिकाहरूका बीचमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्नु पर्दथ्यो ।

एक शुक्रबार कक्षा ५ का बालबालिकाका बीचमा चित्रकला प्रतियोगिता हुने भयो । चित्रकलाको विषय तोकिएको थिएन । समय भने तोकिएको थियो । एक घण्टा । एक घण्टाभित्र आफूले रोजेको जुनसुकै कुराको चित्र बनाउन सकिन्थ्यो । जुनसुकै कलर प्रयोग गर्न सकिन्थ्यो ।

अघिल्लो दिन बिहीबार चित्रकला प्रतियोगिताकै बारेमा कक्षामा छलफल भयो ।

“सर ! घरको चित्र बनाए पनि हुन्छ ?” एउटा बालकले सोध्यो ।

“हुन्छ तर राम्रो चिटिक्कको बनाउने कोशिस गर्नु ।” सरले जवाफ दिए ।

“सर ! हिमालको चित्र बनाए पनि हुन्छ ?” एउटी बालिकाले सोधी ।

“हुन्छ नि, हिमालको बनाए पनि हुन्छ !” सरले जवाफ दिए ।

“सर ! मैले त सरस्वती माताको चित्र बनाउने हुम् ।” अर्कोले भन्यो ।

“सर ! मैले त गाईको चित्र बनाउने हुम् ।” अर्कीले भनी ।

“सर ! मैले त…….. ।” अझै अर्कोले भन्यो ।

“सर ! मैले त…….. ।” अझै अर्कीले भनी ।

एवं प्रकारले कक्षाका सबैले आफूले बनाउन गइरहेका चित्रका बारेमा बोले । आफ्नो तयारीको कुरा सुनाए ।

सरले देखे–सबैले ट्याउँट्याउँ बोलिरहँदा पनि एउटा बालक भने झोक्रयाएर चुपचाप बसिरहेछ । साथीहरूले त्यत्रो उत्साहका साथ छलफलमा भाग लिइरहेका छन् । ऊ भने मौन बसिरहेछ ।

सरलाई लाग्यो–यही वर्ष भर्ना भएको विद्यार्थी हो । नयाँ छ । साथीहरूसँग पनि त्यति भिजेको छैन । गाउँबाट आएको केटो । अलि संकाची त हुने नै भयो !

सरले उसलाई पनि प्रतियोगिताका लागि उत्साहित पार्ने उद्देश्यले भने–“सन्त बहादुर ! तिमीले के को चित्र बनाउने त भोलि ?”

सरले आफ्नो नाम लिँदाबित्तिकै सन्त बहादुर सतर्क भइसकेको थियो । ऊ बेन्चीबाट जुरुक्क उठ्यो । साथीहरूलाई हे¥यो । सरलाई हे¥यो ।

अनि निर्दोष भावमा बिस्तारै भन्यो–“ के को चित्र बनाउने थाहा छैन सर !”

सन्त बहादुरको अनुहारमा एउटा अचम्मको भाव थियो । मानौं एउटा अज्ञात पीडाको भाव । मानौं एउटा अज्ञात डरको भाव । मानौं एउटा आक्रोशको भाव ।

सन्तेलाई हेर्दै सरले भने –“ल ल, जे को चित्र बनाए नि राम्रो बनाउने कोशिस गर्नु !”

त्यसरी त्यो दिनको छलफल सकियो ।

भोलिपल्ट समयमै स्कूलको घण्टी बज्यो । तीन पिरियडसम्म नियमित पढाइ भयो । त्यसपछि शुरु हुने वाला थियो शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गतको चित्रकला प्रतियोगिता !

सरले सबैलाई तोकिएको स्थानमा राख्नुभयो । सबैलाई चित्र कोर्ने कागज दिनुभयो । जसले जुन कलरको पेन्सिल माग्छ, सरले त्यही कलरवाला पेन्सिल बट्टाबाट निकाल्दै दिनुभयो ।

सबैले आफूले रोजेको कलर पेन्सिल लिएर चित्र बनाउन शुरु गरे । तर सन्त बहादुर भने आफ्नै पेन्सिलले चित्र बनाउने सुरसार गर्दै थियो ।

सरले सन्त बहादुरलाई सोधे–“सन्त बहादुर, तिमीलाई कलर पेन्सिल चाँहिदैन ? भन त तिमीले के को चित्र बनाउने हौ, त्यही अनुसार म्याच गर्ने गरी कलर पेन्सिल दिन्छु नि म तिमीलाई !”

सन्त बहादुर केही छिन बोलेन । सरको प्रेमपूर्ण बोलीले उसको अनुहार अलिकति हँसिलो भयो । सरको स्नेहले उसका आँखा रसाए जस्तो भयो । सरले त्यो कुरा नोट गरे ।

अलिकति सोंचेर सन्तेले सरलाई भन्यो–“सर मलाई गाढा खैरो रङको पेन्सिल दिनुस् ।”

चित्रकला प्रतियोगिता शुरु भइसकेको थियो । सबै बालबालिकाहरू एकचित्त लगाएर चित्र बनाइरहेका थिए । कसैले गाई, कसैले स्कूल, कसैले हिमाल, कसैले घर, कसैले फूल, कसैले नदी, कसैले चरा, कसैले….।

सबैतिर घुम्दै घुम्दै सरको नजर सन्त बहादुरमा प¥यो । सन्त बहादुर चित्र बनाइरहेको थिएन । दाहिने हातको चोर, माझी र बूढी औलाको बीचमा पेन्सिल घुमाइरहेको ऊ गहिरो सोंचमा परेको देखिन्थ्यो । यस्तो लाग्थ्यो उसको दिमागमा अनेक चित्रहरू खेलिरहेका थिए र ऊ कुन चित्र बनाउने भनेर निर्णय गर्न सकिरहेको थिएन ।

सरले फेरि एक पटक सबैतिर नजर घुमाए । उनको नजर फर्केर फेरि सन्तेमा अडियो । यस पटक भने सन्ते कागजमा छिटोछिटो पेन्सिल चलाइरहेको थियो । सरको ओंठमा एउटा सानो मुस्कान देखियो र तत्कालै लुप्त भइगयो ।

प्रतियोगिताको समय सकियो सबैले आफूले बनाएका चित्रहरू सरलाई बुझाए । सबै बालबालिकाहरूका चित्र राम्रा थिए ।

अनि सन्त बहादुरले बनाएको चित्र ?

सरले कागजको खातबाट सन्त बहादुरको चित्रवाला कागज निकाले । सन्त बहादुरले बनाएको चित्र हेरे । सन्त बहादुरले बनाएको चित्र देखेपछि सरको मुटु धक्क भयो । उनलाई पृथ्वीको अतिरिक्त गुरुत्वाकर्षण शक्तिले तानेजस्तो भयो ।

सन्तेको चित्र आम बालबालिकाले बनाएको चित्र भन्दा बिलकुलै फरक थियो ।

अलग ढंगको । अलग रंगको । शायद अलग अर्थको ।

त्यो चित्र एउटा लौरोको थियो ।

लौरो खैरो रंगको थियो । पातलो थियो तर लामै थियो । मुट्ठीतिर त्यो अलि मोटो थियो । फेँदतिर भने क्रमशः पातलो हुँदै गएको थियो । लट्ठी गजबको थियो । अहिले नै ज्यानमा बर्सेलाजस्तो जीवन्त थियो । गजबको थियो । त्यो लट्ठी खासमा हेर्दैमा सर्पको प्रतिविम्व जस्तो थियो ।

सन्त बहादुरको चित्र देखेर सरको दिमाग खराब भयो । त्यस्तो चित्र पाँच कक्षामा पढ्ने बालकबाट अपेक्षा गर्न सकिदैनथ्यो । उनलाई भुराभुरी चित्रकारहरूका चित्रका बीचमा एउटा महान् चित्रकारको चित्र भेटेजस्तो भयो ।

सन्तेले त चित्र बनायो । आफूले बनाएको चित्र सरलाई दियो र आफनो बाटो लाग्यो । तर त्यही चित्रका कारण सरलाई रातभरि निद्रा लागेन । त्यो चित्रको लौरोेले सरलाई रातभरि लखेटिरह्यो ।

सरले बिहान चियाको चुस्कीसँगै निकै बेर गम खाए । सन्तेको चित्रको अर्थ के हो ? सन्तेले किन बनायो लौरोको चित्र ? के उसले नानीहरूमाथि लौरो प्रयोग गर्ने सर मिसहरूमाथि व्यङ्ग्य गरेको हो ? तर स्कूलमा लौरोको प्रयोग हुन छाडेको त वर्षौ भइसक्यो । नानीहरूलाई पिट्ने वा हतोत्साही गर्ने काम हुन छाडेको दशकौं भइसक्यो । स्कूलमा शिक्षकले नानीहरूलाई आफ्नै छोराछोरीलाई जस्तै माया गर्दछन् । तिनलाई मायाले पढाउँछन् । तब स्कूलमा लौरोको के काम ?

स्कूलमा लौरोको काम छैन ! बिलकुलै काम छैन ।

आइतबार बिहान १० बजे स्कूलको घण्टी बज्यो । प्रार्थना सभामा हेड सरले शुक्रबार भएको चित्रकला प्रतियोगिताको विजयीहरूको नाम घोषणा गर्नुभयो । हिमालको चित्र बनाएकी कमला प्रथम भई । नदीको चित्र बनाएको घनश्याम दोस्रो भयो । घरैघरको चित्र देखाएर शहरको विम्व प्रस्तुत गरेको रेनूको चित्र तेस्रो भयो ।

मूल्याङ्कन समितिको निर्णयमा सन्त बहादुरको लौरोले कुनै स्थान पाएन ।

तर सरको दिमागमा सन्त बहादुरको लौरोको विशेष छाप परिसकेको थियो । सरलाई लाग्दथ्यो कि सन्तेको चित्रको खास अर्थ छ । खास उद्देश्य छ । तर त्यो चित्रको अर्थ के हा्े ? त्यसको उद्देश्य के हो ?

मध्यान्हको खाजा ब्रेकमा सरले सन्त बहादुरलाई बोलाए । आफूसँगै नजिकैको चिया पसलमा लिएर गए । आफू र सन्त बहादुर दुबैका लागि चिया नास्ता मगाए । सन्त बहादुर सरको व्यवहारले अलमल्ल परेको थियो । तर सरको मायालु व्यवहारले उसको दकस कम हुँदै गयो ।

सरले सोधे–“सन्त बहादुर तिमीले बनाएको चित्र धेरै राम्रो थियो । मेरो नजरमा त धेरै राम्रो ! फस्र्ट, सेकेण्ड वा थर्ड नभए पनि तिम्रो चित्र नै मलाई सबैभन्दा राम्रो लागेको छ । किन लौरोकै चित्र बनायौ ? तिमीले लौरोकै चित्र बनाउने प्रेरणा कहाँबाट पायौ ?”

सन्त बहादुर एकछिन मौन बस्यो । सरले हेर्दाहेर्दै उसका आँखा रसाए ।

सन्तेले भन्यो–“लौरो मेरो दुःखको साथी हो सर । मलाई पिट्ने साथी ! म एक्लै छैन भनी विश्वास दिलाउने साथी ! बाबाले बेला कुबेला लौरोले सोट्ठ्याउनु हुन्थ्यो । रक्सी खाएर आउने । आमासँग कल गर्ने । आमालाई पिट्ने । मैले आमालाई नपिट्नु भनी छुट्याउन जाँदा मलाई त्यही लौरोले पिट्ने ! शरीरमा निलडाम बसुन्जेल पिटिरहने ! सर ! त्यसरी जोडिएको हो मसँग लौरो ।”

“अनि ?” सरले एक शब्द मात्रै बोले ।

“त्यसरी नै मेरा दिनहरू बिते । बाबा, आमा र तिनका बीचमा आउने रक्सी ! रक्सीले मातिरहने बाबा । मातेको बाबाको राक्षसीपन ! त्यसपछि आमा र मेरो शरीरमा बर्सिने बाबाको त्यो लौरो ! त्यो गाढा खैरो रङको लौरो !” सन्तेले एक सासमा भन्यो ।

“त्यो त तिम्रो पहाड घरको कुरा भयो । यता शहरमा आएपछि त्यो लौरोको के काम ?” सरले सोधे ।

“मलाई पनि त्यस्तै लागेको थियो । पढ्न पाइन्छ । काम गरेपछि खान पाइन्छ । शहरमा कमसेकम बाबाको लौरो खानु पर्दैन भन्ने लागेको थियो । छोडी हिँड्दा लाग्न त आमाको धेरै माया लागेको थियो, आमालाई बाबाले पिट्दा कसले बचाउ गर्ला भन्ने पनि सोचेकै हुँ तर शहरमा पढ्न पाइने लोभमा म साहुको पछि लागेर आएँ । दुई चार हजार पाए पछि बाबाको होश ठेगानमा रहेन । आमाले पनि स्वीकृति दिइन् । सोचिहोलिन् –शहर गएपछि कमसेकम केटाले भोकमा दुई छाक खान त पाउला !

तर शहर पनि त्यस्तै रहेछ । साहु पनि एक राक्षस नै रहेछ । बाबाले भन्दा बढी रक्सी साहुले खाँदो रहेछ । साहुनी पनि त्यस्तै कडा स्वभावकी रहिछन् । बिहान चार बजे उठेर काम गर्नु पर्ने । भाँडा माझ्ने, लुगा धुने, झाडु पोछा, भान्साको काम आदि सबै गर्नु पर्ने । तेल लाइदिनु पर्ने । अलिकति तलमाथि भयो भने वा होमवर्क गर्दागर्दै कुनै काममा दस मिनेट ढिलो भयो भने मेरो ज्यानमा त्यस्तै लौरो चल्ने ।

गाढा खैरो रङको लौरो !”

सर एकैछिन अवाक भए । के बोल्ने सोंच्न सकेनन् । सन्त बहादुरको अनुहार हेरे । भर्खर आँधीले उखेलेर गएको बाली जस्तै देखिएको थियो सन्तेको अनुहार ।

सरले सोधे–“सन्त बहादुर ! अनि स्कूलको चित्रकला प्रतियोगितामा त्यही लैरोको चित्र किन बनायौ त ?”

सन्तेले भन्यो–“सर ! लौरोको जुन चित्र मैले बनाएको छु, त्यो मेरो शरीरमाथि बर्सिने लौरोको चित्र हो । त्यो लौरोलाई मैले कहिल्यै बिर्सनु हुँदैन । त्यो लौरोले मलाई म को हुँ भन्ने कुरा बताउँछ । मेरा लागि आजको समय त्यही लौरोको समय हो । समयलाई देखाउनु नै कलाको काम हो भनेको होइन सर तपाईले ? त्यसैले मैले लौरोको चित्र बनाएको हुँ ।”

सरसँग बोल्ने कुरा केही थिएन ।

अनायासै उनको मुखबाट फुत्किहाल्यो–“अनि ?”

पहाडबाट झरिरहेको झरनाको आवाजमा बोल्यो बालक सन्तबहादुर । उसले सरको आँखामा आँखा जुधाएर भन्यो–“अनि के ? एकदिन मेरो शरीरमा बर्सिने यो खैरो रंगको लौरोले मेरो जीवनबाट विदा लिनेछ । तर त्यसपछि पनि लौरो मबाट टाढा हुने छैन । मेरो हातमा त्यसपछि कालो रंगको लौरो आउनेछ ।”

सरले सोधे–“कालो रंगको लौरो ! त्यसको मतलब के हो ?”

सन्त बहादुरले भन्यो–“कालो रंगको लौरो भनेको प्रहरीको लौरो सर । ‘प्रहरी मेरो साथी’ भन्ने पाठमा प्रहरीको बारेमा राम्ररी बताइएको छ । बदमास र खराब मानिसहरूलाई दण्ड दिनका लागि प्रहरीले काम गर्दछन् । तिनका हातमा लौरो हुन्छ । तिनका लौरोको रंग कालो हुन्छ । एकदिन म पनि प्रहरी बन्नेछु । बालककादेखि नै लौरो खाँदै आएको मैले एकदिन बदमास र दुष्टहरूमाथि लौरो बर्साउँदै तिनलाई न्यायालयको मुखियाको अघि पेश गर्नेछु ।”

सन्त बहादुरको कुराले सरको दिमाग खराब भयो । के बोल्ने तिनले निधो गर्न सकेनन् । तिनको मुखबाट फेरि नस्कियो–“अनि ?”

सन्त बहादुरले भन्यो–“ अनि के र सर ? अर्को पटकको चित्रकला प्रतियोगितामा पनि मैले भाग लिनेछु । त्यस प्रतियोगितामा पनि मैले लौरो नै बनाउनेछु । तर सर, त्यो बेला मैले बनाउने लौरोको रंग कालो हुनेछ । त्यसबेला मलाई कालो रंगको पेन्सिल दिनुहोला है !”

सर अवाक भए ।

सन्त बहादुरको अनुहार तम्तमाइलो हुँदै गयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?