ट्रेंडिंग:

>> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा

रुपन्देहीमा पहिलो गोल्डेन टुलिप होटल खुल्दैः भारतको सरोवर होटलसँग व्यवस्थापन सम्झौता

पर्यटन नीति ब्यवहारिक बनाउन पर्यटन ब्यवसायीहरुको आग्रह
३० मंसिर २०८०, शनिबार
३० मंसिर २०८०, शनिबार

बुटवल, ३० मंसिर ।

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल बिस्तारलाई तीब्रता दिएको लुभरे होटल्स ग्रुप, गोल्डेन टुलिप ब्रान्डमा रुपन्देहीमा चेन होटल संचालनमा आउने भएको छ । नेपालमै पहिलो चारतारे गोल्डेन टुलिप होटल सानिभा इन बुटिक होटल एण्ड स्पाका सिईयो सन्तोष कुमार केसी र सरोवर होटल एण्ड रिसोर्ट्सका प्रबन्ध निर्देशक अशोक कुमार बकायाका बिच व्यवस्थापन सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । सरोवर होटल एण्ड रिसोर्ट्सको ब्यवस्थापनमा गोल्डेन टुलिप होटल सानिभा इन बुटिक एण्ड स्पा संचालन हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ । यो होटल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटरको दूरीमा खुल्न लागेको हो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै गोल्डेन टुलिप होटल सानिभा इन बुटिक होटल एण्ड स्पाका सिईयो सन्तोष कुमार केसीले एक वर्षभित्र संचालन हुने गरी तीब्र रुपमा होटलको पूर्वाधार निर्माणको काम अघि बढेको बताए । सानिभा इनका सिईयो केसीले निर्माण कार्यलाई द्रुत गतिमा बढाइएको जानकारी दिए । ‘फागुन २०७९ मा शुरु गरेर निक्कै छिटो काम भैरहेको छ ।’—उनले भने ।

भैरहवामा सबैभन्दा लक्जरी होटलका रुपमा चिनिने गरी पूर्वाधार तयार गर्न लागेको उनले बताए । ‘यो कठिन समयको च्यालेन्जरलाई ट्याकल गर्ने रुपमा रणनीति पनि हो’—उनले भने । जिङज्याङ कम्पनी जसको १३ करोड लोयल्टी मेम्बर छन् । यो मेम्बरलाई लक्षित गरी रणनीति बनाएको भन्दै उनले थोरै पर्यटक ल्याउन सकेपनि राम्रो उपलब्धि हुने बताए । अहिले होटलमा ५२ बढी रुमहरुबाट शुरु गर्ने लक्ष्य रहेको उनले बताए । केसीले विज्ञ समूहसहितको टिमको सहयोगमा काम अघि बढ्ने बताए । जग्गाको मूल्य छोडेर ५० करोड रुपैयाँ लागत रहेको होटलमा स्थानीयलाई रोजगारमा प्राथमिकता दिने उनले बचन दिए ।

होटलमा रुफ टप बार, स्विमिङ पूल सहित अत्याधुनिक फिटनेस सेन्टर, स्पा, अत्याधुनिक बैठक कक्षहरु रहने छन् । जसले यस होटललाई सम्मेलन, सेमिनार र विशेष कार्यक्रमहरूको लागि एक आदर्श विकल्प बनाउनेछ । एक मनोरञ्जन क्षेत्र र एक क्यासिनो पनि निकट भविष्यमा नै सञ्चालनमा ल्याउने योजना रहेको छ । नेपालमा सरोवर समूहको होटलहरू बढ्दो पाइपलाइनमा छन् जसमध्ये सरोवर पोर्टीको वीरगन्ज, रोयल टुलिप सौराहा चितवन र मिराज सरोवर पोर्टीको काठमाडौं मा २०२४÷२५ सम्म खोल्ने तालिका रहेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटनलाई देशको आर्थिक विकासको पाटो बन्ने गरी पर्यटन नीति बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा वर्सेनि छिमेकी देश भारतबाट ठूलो संख्यामा पर्यटक भित्रिने भएपनि यसबाट पर्यटन ब्यवसायीहरुले सोचेजति फाईदा लिन नसकेको उनीहरुले गुनासो गरे ।

वक्ताहरुले नेपालको आर्थिक विकासमा पर्यटनको विकल्प नभएको भन्दै ब्यावहारिक नीति बनाउन सरकारको ध्यान जानुपर्ने बताए ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेले सरकार आफ्नो दायित्व निर्वाह गर्न नसकेको स्वीकार गर्दै नीतिगत सुधार अघि बढाउनुपर्ने बताए । ‘नेपालको निजी क्षेत्रले पर्यटन धानेको छ’—उनले भने । भारतीय पर्यटक ४ लाखभन्दा बढी रकम लिएर आउन पाउने गरी नीति बनाउन संघ सरकारलाई सुझाव दिएको उनले बताए ।

अन्य देशमा भाषण कम हुने र काम धेरै गरिने भन्दै नेपालमा भने उल्टो भएको भन्दै यसलाई सुधार्ने अभियान थाल्नुपर्ने बताए । भारतीय पर्यटकलाई सहज र सरल रुपमा ल्याउने वातावरण सृजना गर्न आवश्यक रहेको औल्याउदै यसका लागि जोड दिनुपर्ने उनले बताए । नेपाल भनेको काठमाडौ मात्र भन्ने सोचलाई परिवर्तन गर्न जरुरी रहेको भन्दै नेपाल भनेको लुम्बिनी पनि हो भन्ने बुझाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रवन्धक लक्ष्मण गौतमले अन्तर्राष्ट्रिय विमानस्थल शुुरु भैसकेको भन्दै थप समस्याहरु हट्ने बताए । लुम्बिनी एक नम्बरको पर्यटकीय स्थल भएको दाबी गर्दै यहाँ विकासको ढोका खुलिसकेको उनले बताए । “धेरै अवसरहरु यहाँ छन जसलाई उपयोग गरेर देशको आर्थिक विकास गर्न सकिन्छ”–उनले भने ।

कार्यक्रममा हानका केन्द्रीय सदस्य गोपाल रानाले पर्यटनलाई कृषिसंग जोडेर आर्थिक रुपमा सबल हुन सकिने सिकाई कोभिड संक्रमणको समयमा देखिएको बताए । धेरै समस्याका बिच पर्यटन नै आर्थिक विकासको पाटो भएको उनले दाबी गरे । पर्यटनलाई उद्योगको मान्यता नदिनु जस्ता कठिनाईहरु रहेको उनले बताए । सरकारले नीतिगत रुपमा नै पर्यटनको विकासमा जोड दिनुपर्ने उनले बताए । अब निराशाको कुरा छोडेर उज्जवल भविष्यतर्फ अघि बढ्नुपर्ने उनले बताए ।

पर्यटकलाई सरकारले २५ हजार रुपैयाको अंकुश हटाउनुपर्ने सुझाव दिंदै उनले पर्यटनमा क्रान्ति गर्ने समय आएको बताए । अहिले देशमा १४ लाख भन्दा बढी पर्यटक ल्याउन नसकेकोे दाबी गर्दै उनले गुणस्तरीय सेवा दिएर पर्यटक बढाउनेतर्फ पर्यटन ब्यवसायीहरु लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा सरोवर होटल एण्ड रिसोर्ट्सका प्रवन्ध निर्देशक अशोक कुमार बकायाले पर्यटनबाट विकासको ढोका खोल्न सकिने भन्दै नेपाल पर्यटकका लागि उत्कृष्ट गन्त्ब्य भएको बताए ।

सोही कार्यक्रममा बुटवलका क्रियाशिल पत्रकार बिकास पराजुलीको नवजात शिशुको उपचारका लागि सानिभा इन बुटिक होटल एण्ड स्पा का सिईयो सन्तोष कुमार केसीले १५ हजार रुपैया सहयोगको घोषणा गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?