ट्रेंडिंग:

>> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता

एकादेशको कथा

३० मंसिर २०८०, शनिबार
३० मंसिर २०८०, शनिबार

श्रृङ्खलाबद्ध बैठकहरू सूचीकृत भए । प्रारम्भ भए । अवरुद्ध भए । पुनः प्रारम्भ भए । फेरि स्थगित भए । सम्पन्न भए ।

मानिसको रगत पसिनाले जम्मा भएको राष्ट्रिय ढुकुटीबाट पारिश्रमिक, सुविधा र भत्ता इत्यादिका नाममा राष्ट्रिय आयको ठूलो हिस्सा निर्वाध अविरल रूपमा बगिरहे ।

अनेक छलफल भए । वादविवाद र तर्कवितर्क भए । भनाभन, बाझाबाझ र आरोपप्रत्यारोप भए । छलछाम, घुमघाम र भाषण भए । आख्यान भए । प्रवचन र गोष्ठी भए । योजना, आयोजना र प्रायोजनहरूको लामो श्रृंखला निर्माण भए ।

जे जति हुनुपर्ने थियो, सब भए । जे गर्नु पर्ने थियो, सब गरियो ।

तर जे नहुनु पर्ने थियो, त्यो पनि भयो । त्यो ‘हुनु’ भनेको ‘आउटपुट’ केही नहुनु भयो । समय सीमामा कुनै काम भएनन् । वायुमण्डलमा निर्माणााधीन सडकको धुलो मात्रै उडेन, राजनीतिको दुरभिसन्धियुक्त विषाक्त धुवाँ पनि उडिरह्यो ।

इतिहासबाटै सतीले सरापेको भनिने एकादेशमा विडम्वनाका अनेकन श्रृंखलाहरू जोडिदै गए ।

कुनै पनि काम समयमा नभएपछि ठूलो खलबल भयो । ‘भ्याकुम’ क्रिएट भयो । भ्याकुममा ‘स्पेस’ लिन दृष्य–अदृष्य तत्वहरूले शकुनि षडयन्त्र गर्न थाले । आशङ्काका कालो बादल सघन भयो । जनता जनार्दन निराशाको गर्तमा डुबे । केही गर्दागर्दै असफल भइकन निराश हुनु पर्ने एउटा कुरा हो, कुनै काम गर्नै नपाइकन निरास हुनु पर्ने अवस्था आउनु अर्को कुरा हो । काम गर्नै नपाइने दुःखद अवस्थाले आम मान्छे दुःखी हुनु पर्ने अवस्था भयावह अवस्था हो ।

आम मानिस त्यही भयावह अवस्थाबाट गुज्रिन बाध्य भए ।

छानबिन आयोगमाथि आयोग बनिरहे । आयोग बनाउने सन्दर्भमा रेकर्ड कायम गरेको एकादेशमा काम कारवाही हुन नसक्नु र सामाजिक न्यायको सम्पादन अलपत्र पर्नुको कारण पत्ता लगाउन पहिलोपल्ट जनताले पनि जनताकै सहभागितामा एक उच्चस्तरीय छानबिन आयोग गठन गरे ।

आयोगका सदस्यहरूले सुक्ष्म अनुसान्धान थाले । त्यस क्रममा ती राजनीतिको मूल ढोकाबाट भित्र छिरे । ती राजनीतिको केन्द्रमा पुग्न चाहन्थे । भित्र छिर्नेबित्तिकै ह्वास्स दुर्गन्ध आयो । त्यो एक कुहीगन्धे दुर्गन्ध थियो । जति ती भित्र पस्दै गए, त्यति नै त्यो दुर्गन्ध अरू असह्य हुँदै गयो ।

खासमा त्यो दुर्गन्ध रगत, लास, अहम्, बारुद, भ्रष्टाचार, सत्ता षडयन्त्र, अहंकार, हठ र कुण्ठा सिर्जित तत्वहरूको सम्मिश्रणको अनौठो रसायनको कुहीगन्ध थियो । जब ती सत्ता राजनीतिको केन्द्रमा पुगे, तिनले त्यहाँ एउटा अग्लो पहाड देखे ।

त्यो पहाड करोडौं मानिसहरूका सपनाको लासको पहाड थियो । तिनै जनताको इच्छाहरूको लास थियो । लासहरूको त्यो पहाडमा औंसाहरू सल्बलाइरहेका थिए । वीभत्स त्यो दृश्यमा पहाडको शिखरमा भीमकाय सत्तास्वार्थ काखी च्यापेर एकदमै डरलाग्दो र घिनलाग्दो जनावर उभिएको थियो ।

त्यो कुन जनावर थियो ?

अन्ततः आयोगले सपनाहरूको बधशाला बनेको राजनीतिको त्यो केन्द्रमा घनिभूत रूपमा व्याप्त दुर्गन्धले राजनीतिबाजहरूको मस्तिष्कलाई जनहीतका बारेमा सोच्न पूर्णतः असमर्थ बनाएकाले कुनै पनि काम समय सीमामा हुन नसकेको भन्ने निष्कर्ष निकाल्यो ।

तर नमर्ने रहेछन् सपनाहरू । कुहिएर गए पनि सपनाहरूको पुनर्जन्म भइरहँदो रहेछ । मानिसमा उज्जवल भविष्यको सपनाको पुनर्जन्म फेरि पनि तीब्र गतिमा भयो । ती उच्च आकाङ्क्षा र स्वर्णीम सपना लिएर आफै पसे राजनीतिको केन्द्रमा । तिनले मक्किएको सत्ताको जीर्ण सिंहासनलाई भाँचभुँच पारे । सफा गरे सारा दुर्गन्धको जड । तिनले बनाए युगीन संविधान, नयाँ कानुन । तिनले बसाले नयाँ थिति ।

त्यसपछि सपनाहरूको लासको पहाडको शिखरमा भीमकाय सत्तास्वार्थ काखी च्यापेर उभिने डरलाग्दो, घिनलाग्दो र अति हिंस्रक जनावर त्यो देशबाट सदाका लागि पलायन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?