ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

उद्योग ब्यापार संघ बुटवलले पुस २ गते तेस्रो अधिवेशन गर्दै

२८ मंसिर २०८०, बिहीबार
२८ मंसिर २०८०, बिहीबार

बुटवल,२८ मंसिर । उद्योग ब्यापार संघ बुटवलको पांचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पुस २ गते बुटवलमा हुने अधिवेशनका लागि आवश्यक तयारीका अधिकांश कामहरु पूरा भएका संघले जनाएको छ । अधिवेशनको पुर्व सन्ध्यामा संघको २९ औं वैठक, सचिवालय र सल्लाहकारसहितको वैठक बसी अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदनबारे छलफल गरी पारित भएको महासचिव पदम जीसीले जानकारी दिए । अधिवेशन सम्पन्न गर्न कोषाध्यक्ष अन्जु पाण्डेको संयोजकत्वमा रजिष्ट्रेसन उपसमिति, सहकोषाध्यक्ष नम्रता थापाको संयोजकत्वमा किटब्याग व्यवस्थापन उपसमिति,सचिव यमलाल मरासिनीको संयोजकत्वमा खाना व्यवस्थापन उपसमिति, न्याजुद्दिन मियाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र दामोदर घिमिरेको संयोजकत्वमा निर्वाचन उपसमिति गठन गरिएको महासचिव जीसीले बताए ।
वैठकमा संघका अध्यक्ष गोबिन्दराज गैरेले साधारणसभा तथा अधिवेशनको तयारी पूरा भएको र नयां नेतृत्व सहमतिमा चयन हुने गरी नेतृत्वका आकांक्षीहरुबीच समझदारी बनेको जानकारी गराए । सहमतिबाट नेतृत्व चयन हुंदा संस्थामा एकताको सन्देश जाने उल्लेख गर्दै अधिवेशन लगत्तै आफू निवर्तमान अध्यक्षका रुपमा सचिवालय भवन निर्माण समितिको संयोजक बनेर भवनको काममा लाग्ने गैरेले बताए । संघका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले आफूहरुको संस्था बुटवलका अन्य ३ वटा व्यवसायिक संस्था भन्दा कान्छो भए पनि सामाजिक र संस्थागत काममा पुराना संस्थाकै हाराहारीमा रहेकाले उच्च मनोबलका साथ अघि बढ्न पदाधिकारी र सदस्यहरुलाई आग्रह गरे । राजनीतिक आस्था र विचार भन्दा माथि उठेर साना,मझौलादेखि ठूला उद्योगी व्यवसायीका हक हित र समस्या उठान गरी सबैको साझा संस्था बनेकाले संघप्रति आकर्षण बढ्दै गएको र केन्द्रीय तहमा हस्तक्षेपकारी भूमिका खेल्न सफल भएको बताए । वैठकमा उद्योग उपाध्यक्ष विष्णुप्रसाद पाण्डे,बाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी,कोषाध्यक्ष अन्जु पाण्डे,सचिव यमलाल मरासिनी,सहकोषाध्यक्ष नम्रता थापा,कार्यसमिति सदस्य भरत केसी,जनेश पन्थी लगायतले आआफ्ना धारणा राख्दै अधिवेशनमा धेरै भन्दा धेरै सदस्य उपस्थित गराउने र नयां सदस्यता बृद्धिलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?