ट्रेंडिंग:

>> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

सुठौली नाकामा अब प्लान्ट क्वारेन्टाईन चेकपोष्ट

मन्त्रिपरिषदको निर्णय अनुसार अब भने सुठौली भंसार नाकामा क्वारेन्टाईन चेक पोष्ट सञ्चालनमा आउने सुनिश्चित भएको छ । क्वारेन्टाईनको अभावमा आफूहरूले पनि समस्या भोग्नु परेको र भंसार राजश्व असुलीको लक्ष्य समेत प्रभावित हुँदै आएको व्यवसायीहरु बताउँछन् ।
२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार

कपिलवस्तु, २५ मंसिर। मुल भन्सारको रूपमा स्तरोन्नती भएको ५ बर्षपछि कपिलवस्तुको सुठौली भंसार नाकामा क्वारेन्टाईन चेक पोष्ट स्थापना हुने भएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको मंसिर २१ गते सम्पन्न बैठकले कपिलवस्तुको सुठौली भंसार नाका र कैलाली जिल्लाको त्रिनगर नाकामा क्वारेन्टाईन चेकपोष्ट स्थापना गर्ने निर्णय गरेको हो । मन्त्री परिषदको निर्णय अनुसार कृषी तथा पशुपन्छी मन्त्रालयले प्लान्ट क्वारेन्टाईन तथा बिषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुरलाई पत्राचार गरेको छ ।

मन्त्रालयले गरेको पत्राचारमा मन्त्री परिषद बैठकबाट “बिरुवा क्वारेन्टाईन तथा संरक्षण ऐन २०६४ को दफा ३३ बमोजिम कैलाली जिल्लाको त्रिनगर नाका र कपिलवस्तु जिल्लाको सुठौली नाकामा विरुवा तथा बिरुवाजन्य उपज निकासी वा पैठारी गर्दा जाँच वा उपचार गर्न क्रमश कञ्चनपुर जिल्लामा रहेको क्वारेन्टाईन कार्यालय गड्डाचौकी र कपिलवस्तु जिल्लामा रहेको क्वारेन्टाईन कार्यालय कृष्णनगरको प्राबिधिक जनशक्ति परिचालन गर्ने गरि क्वारेन्टाईन चेक पोष्ट स्थापना गर्ने” निर्णय भएकोले सो को जानकारी तथा आवश्यक कार्यान्वयनको लागि निर्णय प्रति संलग्न गरि प्रेषित गरिएको जानकारी गराईएको छ ।

मन्त्री परिषदको निर्णय अनुसार अब भने सुठौली भंसार नाकामा क्यारेन्टाईन चेक पोष्ट सञ्चालनमा आउने सुनिश्चित भएको छ । क्वारेन्टाईको अभावमा आफूहरूले पनि समस्या भोग्नु परेको र भंसार राजश्व असुलीको लक्ष्य समेत प्रभावित हँुदै आएको व्यवसायी हबिबुल्लाह भाटले बताए । “क्वारेन्टाइृन स्थापना सगैं सुठौली भंसार नाकाबाट फलफुल र तरकारीजन्य पदार्थ आयातमा सहजता आउने छ । भंसारको राजश्व असुलीको लक्ष्य पुरा गर्न सहयोग पुग्ने देखेको छु,” व्यवसायी भाटले भने ।

तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले सुठौली छोठी भंसारलाई २०७५ साल असोज ८ गते मुल भंसारका रूपमा उद्घाटन गरेका थिए । तर मुल भंसारमा स्तारोन्नती गरिएको सुठौली भंसारमा क्वारेन्टाईन नहुदाँ व्यवसायीहरू समस्यामा पर्दै आएका थिए भने तोकिएको भंसार राजश्व उठन समेत समस्या पर्दै आएको थियो । सुठौली भंसारमा खाद्य र पशु क्वारेन्टाईनको स्थापना हुन नसक्दा तौलिहवा मर्यादपुर सडकखण्डमा घण्टौ सम्म नेपाल भित्रिने मालबाहक सवारी लाम लाग्नु पर्ने बाध्यता थियो । हाल सम्म खाधान्न, पशु र तरकारी लगायतका सामग्री भारतबाट आयात गर्ने व्यवसायीले क्यारेन्टाईन गर्न कृष्णनगर र क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवा धाउनु पर्ने बाध्यता थियो ।

क्वारेन्टाईटाईन नभएकै कारण सुठौली भंसारको यस बर्षको १ अर्ब ८१ करोडको भंसार राजश्व असुलीको लक्ष्य कार्तिक मसान्त सम्मको चार महिनामा २३ प्रतिशत हाराहारीमा मात्रै पुरा भएको अवस्था छ । क्वारेन्टाईन अभावमा जाँच पासमा समय लाग्दा कतिपय फलफूल र तरकारीजन्य वस्तु बिग्रिने समस्या समाधान हुने र सदरमुकाममा छिट्टै ती सामान पुर्याउन सहयोग मिल्ने देखीएको छ । सुठौली भंसारको लक्ष्य निर्धारण फलफुल र तरकारीजन्य, खाद्य पदार्थ र टेडिङ्गलाई आधार मानेर निर्धारण गरिएको भए पनि क्वारेन्टाईन अभावले लक्ष्य प्रभावित हँुदै आएको थियो । तर क्वारेन्टाईन चेक पोष्ट स्थापना भएसँगै एकातिर व्यवसायीलाई सुठौली भंसार नाकाबाट ती पदार्थ सदरमुकाम ल्याउन छिटो र छरितो हुने तथा अर्को तिर भंसार लक्ष्य हासिल गर्नमा पनि सहज हुने सुठौली भंसार कार्यालयका प्रमुख नारायण गैरेले बताए ।
“यहाँका उद्योगी, व्यवसायीको निरन्तरको पहल र कार्यालयले आवश्कयताको आधारमा बिभागमा निरन्तर ताकेता गर्दा क्वारेन्टाईन चेक पोष्ट स्थापनाको निर्णय भएको छ । ” प्रमुख गैरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?