ट्रेंडिंग:

>> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

विश्वकप क्रिकेट : भारतसँग पहिलो जितको खोजीमा पाकिस्तान

२७ आश्विन २०८०, शनिबार
२७ आश्विन २०८०, शनिबार

बर्दघाट, २७ असोज ।

विश्व क्रिकेट इतिहासमा भारत र पाकिस्तानबिचको खेल सर्वाधिक चासोका बिच हेरिने खेल हो । विश्वकप क्रिकेटमा यिनै दुइ देश आज (शनिबार) आमने सामने हुँदैछन् ।

अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा क्रिकेटका हस्ती देशहरु भिड्दैछन् । बहुप्रतिक्षित भारत–पाकिस्तान खेल नेपाली समय अनुसार सवा २ बजे सुरु हुँदैछ । विश्वकप क्रिकेटको विगतलाइ हेर्दा अहिलेसम्म भारत र पाकिस्तान कुल ७ पटक आमने सामने भएका छन् जसमा सबै खेल भारतले आफ्नो पक्षमा पारेको छ ।

विश्वकपमा भारत र पाकिस्तान पहिलो पटक १९९२ मा अष्ट्रेलियामा भिडेका थिए । जसमा भारतले ४३ रनको जित हात पारेको थियो । १९९६ मा ३९ रन, १९९९ मा ४७ रन, २००३ मा ६ विकेट, २०११ मा २९, २०१५ मा ७६ र २०१९ मा ८९ रनले भारतले पाकिस्तानलाई पराजित गरेको छ । जारी विश्वकपमा भारत र पाकिस्तान दुबै देशले २—२ खेल खेलिसकेका छन र दुबैले शत प्रतिशत जित निकालेका छन् ।

हालसम्मको अँक तालिका अनुसार दुवै देशको ४—४ अंक रहेको छ भने नेट रन रेट भारतको १.५ र पाकिस्तानको ०.९२७ रहेको छ । भारत अंक तालिकाको तेश्रो र पाकिस्तान चौथो स्थानमा रहेका छन् । एकदिवसीय क्रिकेटको शीर्षस्थानमा भारत र दोश्रो स्थानमा पाकिस्तान रहेका छन् । यस्तै ब्याटिङ शीर्षस्थानमा पाकिस्तानका बाबर आजम रहेका छन् भने दोश्रोमा भारतका शुभमन गिल रहेका छन् ।

बलिङतर्फ भारतका मोहम्मद सिराज दोश्रो स्थानमा रहिरहँदा कुनै पनि पाकिस्तानी खेलाडी शीर्ष दशमा अटाउन सकेका छैनन् । समग्रमा भारत र पाकिस्तानविच अहिलेसम्म १ सय ३४ एकदिवसीय खेल सम्पन्न भएका छन । समग्र एक दिवसीय खेलमा भारतमाथि पाकिस्तान हावी भएको छ । पाकिस्तानले ७३ जित निकालेको छ भने भारतले ५६ खेल आफ्नो पक्षमा पारेको छ । ५ खेल अनिर्णित रहेका छन् ।

घरेलु मैदानमा भएका खेलमा भारतले धेरै खेलमा जित हात पारेको छ । भारतले १४ खेल आफ्नो पक्षमा पारिरहँदा पाकिस्तानले भने ११ खेल मात्रै जित्न सकेको छ । शनिबारको खेल भारतको आफ्नो गृह मैदानमा हुँदैछ । न्युट्रल भेन्यु अर्थात अन्य देशका मैदानमा भएका कुल ७४ खेल मध्ये पाकिस्तानले ४० र भारतले ३४ खेलमा जित निकालेका छन् ।

समग्र खेलमा भारत भन्दा पाकिस्तानले धेरै खेलमा सफलता हात पारे पनि विश्वकपको यात्रा भने पाकिस्तानको लागि निकै दुखद रहेको छ, उसले हालसम्म एक खेल पनि भारत विरुद्ध जित निकाल्न सकेको छैन । जारी विश्वकपमा लयमा रहेका भारतीय खेलाडीहरुमा रोहित शर्मा, के एल राहुल, विराट कोहली रहेका छन् । पाकिस्तानका रिजवान सर्वाधिक रन बनाउने खेलाडीको तेश्रो स्थानमा रहेका छन्, शीर्ष दशमा अहिलेसम्म भारतीय खेलाडी अटाउन सकेका छैनन् ।

यस्तै सर्वाधिक विकेट लिने खेलाडीहरुमा भारतका जसप्रित बुमराह र पाकिस्तानका हसन अलिले समान ६—६ विकेट लिँदै तेश्रो र चौथो स्थानमा रहेका छन् भने पाकिस्तानका ह्यारिस रउफ ५ विकेट लिँदै सातौँ स्थानमा रहेका छन् । भारतीय ओपनर शुभमन गिलको अनुपस्थितिले भारतीय टोली केही दवावमा रहेको छ । विश्व वरियतामा लामो समय शीर्षस्थानमा रहेका बाबर आजमको फितलो प्रदर्शनले पाकिस्तानी टोलीको पनि चिन्ता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?