ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

आइसिसी विश्वकप क्रिकेट : भारतद्वारा अफगानिस्तान आठ विकेटले पराजित

२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

बुटवल,२५ असोज । आइसिसी विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७२ रन बनायो। भारतले दुई सय ७३ रनको विजयी लक्ष्य ३५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो।

भारतका कप्तान रोहित शर्माले कीर्तिमानी ब्याटिङ गरे । उनले ८४ बलमा १६ चौका र पाँच छक्कासहित सर्वाधिक एक सय ३१ रन बनाए। विश्वकपमा शर्माको यो सातौँ शतक हो। उनी विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन्।

यसअघि विश्वकपमा भारतका पूर्वकप्तान सचिन तेन्दुलकरले ६ तथा श्रीलङकाका पूर्वकप्तान कुमार सङ्गाकारा र रिक्की पोन्टिङले पाँच पाँच शतक प्रहार गरेका थिए।

यस्तै भारतका लागि ईशान किशनले ४७ बलमा पाँच चौका र दुई छक्कासहित ४७, विराट कोहलीले ५६ बलमा ६ चौकासहित ५५ तथा श्रेयस अययरले २३ बलमा एक चौका र एक छक्काको मद्दतमा २५ रन बनाए। बलिङतर्फ अफगानिस्तानका राशिद खानले दुई विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानका लागि कप्तान हश्मातुल्लाह शाहिदीले ८८ बलमा आठ चौका र एक छक्कासहित ८०, आजमतुल्लाह ओमरजाईले ६९ बलमा दुई चौका र चार छक्कासहित ६२, रहमाउल्लाह गुरबाजले २८ बलमा तीन चौका र एक छक्कासहित २१, इब्राहिम जद्रानले २८ बलमा चार चौकासहित २२, मोहम्मद नाबीले १९ तथा रहमात शाहले १६ रन बनाए।

बलिङतर्फ भारतका जस्प्रित बुमराहले १० ओभरमा ३९ रन खर्चेर चार, हार्दिक पान्ड्याले सात ओभरमा ४३ रन खर्चेर दुई तथा शार्दुल ठाकुर र कुलदीप यादवले एक एक विकेट लिए। यसअघि पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो।

अफगानिस्तान भने बङ्गलादेशसित ६ विकेटले पराजित भएको थियो। भारतले अब आफ्नो तेस्रो खेल शनिबार पाकिस्तानसित खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?