ट्रेंडिंग:

>> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर

१० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने समझदारी भारतीय मन्त्रिपरिषद्‌बाट स्वीकृत

१९ भाद्र २०८०, मंगलवार
१९ भाद्र २०८०, मंगलवार

काठमाडौँ, १९ भदौ ।

१० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारीको मस्यौदालाई भारतीय सरकारले पास गरेको छ। २०१४ को उर्जा व्यापार सम्झौता अनुसार दिर्घकालीन विद्युत् निर्यातका लागि भारतले स्वीकृत दिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद बिक्री सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। उक्त सम्झौता भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको अनौपचारिक जानकारी आएको उर्जा सहसचिव मधु भेटवालले जानकारी दिए।

‘भारत सरकारबाट औपचारिक जानकारी आइसकेको छैन,’ भेटवालले भने, ‘मध्यकालीन र दिर्घकालीन विद्युत् खरिद गर्ने मस्यौदामा उल्लेख रहेको छ।’

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको तर्फबाट २५ वर्षको विद्युत् व्यापार सम्झौता गर्ने प्रस्ताव लगिएको थियो। तर, १० वर्षमा १० हजार मेगावाट विद्युत्् भारतले खरिद गर्ने समझदारी भयो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने संयुक्त पत्रकार सम्मेलनमा बताएका थिए। उनले प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा १० हजार मेगावाट बिजुली खरिद गर्ने समझदारी भएको बताएका थिए।

उर्जा मन्त्रालयका अनुसार भारतले औपचारिक रुपमा जानकारी दिएसँगै भारतीय उर्जा सचिव र नेपालका सचिवबीच सम्झौता हुने छ।

‘२०१४ मै विद्युत् व्यापार सम्झौता भएको थियो। त्यसलाई नै सहयोग पुग्नेगरी नयाँ समझदारी हुन लागेको हो,’ प्रवक्ता समेत रहेका भेटवालले भने,‘एकै पटक १० हजार मेगावाट विद्युत् जान उत्पादन छैन। उत्पादन भएपनि प्रसारणलाइन छैन।’

उनले अब विद्युत् खरिदको सुनिश्चितासँगै उत्पादन र प्रसारणलाइन लगायतका पूर्वधार निर्माणमा सहयोग पुग्ने बताए। नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी ल्याउने वातावरण बन्ने भेटवालले बताए।

‘अब नेपालले चाहेका ठूला आयोजना बनाउन सक्छ। विद्युत् खरिदको समस्या हुँदैन भन्ने सुनिश्चिता हो,’ भेटवालले भने।

नयाँ समझदारीले अल्पकालिन विद्युत् व्यापारको विषय भने समेटेको छैन।

भारतले हाल अरुण ३, तल्लो अरुण, पश्चिम सेती, एसआर६, माथिल्लो कर्णाली बनाउने जिम्मा भारतलाई दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?